AnonymousUser

Logout

आर्मीलाई हराउँदै पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि

त्रिभुवन आर्मीलाई हराउँदै पुलिसले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई अस्पतालमा राखिएको भन्दै ओलीले जनाए आपत्ति

एमाले अध्यक्ष केपी शर्मा ओलीले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी–व्यवसायी अरुण चौधरीलाई हिरासतमा नभई अस्पतालमा राखिएको भन्दै आपत्ति जनाएका छन्।

कामदार लैजाने दक्षिण कोरियाले फैलाउँदैछ सांस्कृतिक प्रभाव, नेपालमा पनि ‘कोरिया नै कोरिया’

दक्षिण कोरियाले १६ देशबाट कोरियाली भाषा परीक्षा लिएर कामदार लैजान्छ। यी कामदार कोरियाको ‘सांस्कृतिक दूत’ पनि भएका छन्। अहिले विश्वभरि नै कोरियाली खाना, संगीत, फिल्म, फेसनको प्रचलन बढिरहेको छ।

सरकारले खेलको विकासमा आवश्यक बजेट छुटाउन सकेन: शेखर कोइराला

उनले अध्ययन जत्तिकै खेलकुद पनि महत्त्वपूर्ण रहेको बताए। अनुशासित भएर खेल्ने हो भने खेलबाटै देशको नाम चम्किने उनको भनाइ थियो।

गाउँमा मोटर गुड्न थालेपछि घाँस र मल बोक्छन् खच्चड

ढोरपाटनमा गाडी आएपछि घोडा र खच्चडको काम घटेको छ। जंगलबाट घाँस दाउरा ओसार्न र बारीमा मल पुर्‍याउन खच्चड प्रयोग हुन थालेका छन्। 

मेक्सिकोको पुएब्ला राज्यबाट २ हजार ५०० आप्रवासीको उद्धार

मानव बेचबिखनमा संलग्न भएको अभियोगमा पाँच जना मेक्सिकन नागरिकलाई मुद्दासमेत चलाइएको छ।

शिक्षामा थपिएको सिर्जनाले विद्यार्थी उत्साहित

शिक्षा र सीप कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिका र नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानको संयुक्त प्रयासमा विद्यार्थीले नयाँ सीप सिकिरहेका छन्। 

विमानस्थलमा प्रियजनलाई बिदाइ गर्दा…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मान्छे रोएको देखिन्छ। मान्छेको साथमा वास्तवमा देश रोइरहेको छ। तर, देश रोएको नेतृत्वले कहिल्यै सुनेनन्।

‘हरेक महिला अल्पसंख्यक र प्रवासी हुन्’

‘यदि यो दुनियाँ महिलाले बनाएको भए महिलाको जीवन सहज हुन्थ्यो होला। यहाँ पुरुषको जीवन धेरै हदसम्म सहज हुनुको कारण पितृसत्तामा आधारित समाज हुनु हो।’

अर्घाखाँचीमा जिप दुर्घटना: २ जनाको मृत्यु, २ घाइते

ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको जिप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि, तयारी पूरा

जनताको सार्वभौमसत्ताको प्रयोग हुने सबैभन्दा माथिल्लो सभाका रूपमा रहने संघीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच ६ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ।

पर्वतमा लाटोकोसेरो तथा हुचिल उत्सव

ठूला र बूढा रुख कटानी हुँदा लाटोकोसेरोलाई वासस्थानको अभाव भएको छ। ग्रामीण क्षेत्रमा लाटोकोसेरो तथा हुचिललगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले उत्सवको आयोजना गरिएको छ।

अस्ट्रेलियालाई हराउँदै दक्षिण कोरिया एशियन कपको सेमिफाइनलमा 

खेलमा निर्धारित समयसम्म पछि परेको अवस्था उल्टाउँदै दक्षिण कोरियाले अस्ट्रेलियामाथि २–१ को जित हासिल गरेको छ। कोरियाले अब फाइनल प्रवेशका लागि जोर्डनसँग खेल्नेछ।

घरको चार घेराबाट निस्कनु नै महिलाको पहिलो क्रान्ति

राणाशासन र पञ्चायती  व्यवस्थामा राजघरानीयाँ महिला सत्तामा हालीमुहाली गर्थे, अवसर र स्रोतसाधनमा तिनकै वर्चस्व थियो। महिलाका लागि भनिने कार्यक्रम, योजना र नीतिहरू रानीका नाउँमा जारी हुन्थ्यो।

रुसी सेनामा भर्ती भएका आफन्तलाई स्वदेश फर्काइदिन माग

काठमाडौँमा पत्रकार सम्मेलन गर्दै परिवारका सदस्यले परिबन्धले रुसी सेनामा भर्ती भएका उनीहरूको उद्धार गरी सकुशल स्वदेश फिर्ताको वातावरण बनाइदिन माग गरेका छन्। 

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो, पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

यू१९ विश्वकप : नेपाल भारतसँग पराजित

जितका लागि २९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्रै बनाउन सक्यो।

बाँसबारी प्रकरणमा ३५ वर्षअघिको महालेखा प्रतिवेदन– ‘चौधरी ग्रुपलाई जग्गा दिने निर्णय गैरकानूनी, कारबाही गर्नू’

पञ्चायतदेखि बहुदलसम्मका सरकार, राज्य–संयन्त्रहरूले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०४४/४५ लाई अनदेखा नगरिदिएको भए बाँसबारीको १० रोपनी जग्गा चौधरी ग्रुपको स्वामित्वमा पुग्ने नै थिएन।

आहा रारा गोल्डकप उपाधिमा आर्मी र थ्रीस्टारको आ–आफ्नै दाबी

आर्मीका प्रशिक्षक मेघराज केसी यसपटक इतिहास दोहोर्‍याउन नभएर बनाउन आएको बताउँछन्। थ्रीस्टार पनि उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिने भएको छ।

गाउँमा सडक पुग्यो, मासिए सम्पदा

गोरेटो बाटो नासिँदै गएपछि गाउँको सुन्दरता र मानिसबीचको आत्मीयता पनि कम हुँदै गएको खबराका चन्द्रबहादुर कार्की बताउँछन्।