राष्ट्रपति रामचन्द्र पौडेलसँग अमेरिकी सेनाअन्तर्गत यूएस इन्डो–प्यासिफिक कमान्डका कमान्डर एडमिरल जोन सी अक्यैलिनोले शिष्टाचार भेट गरेका छन्।
पूर्वाधार निर्माण गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेसँगै चालु आवको नीति तथा कार्यक्रममा समावेश गरेर काम अघि बढाइएको हो।
लघुवित्त वित्तीय संस्थाका ऋणीहरू निषेधित क्षेत्र तोड्दै सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेको घटना छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ।
मधेश प्रदेशका आठ वटा नदीमा गरिएको अध्ययनले १९ वर्षको बीचमा २७ हजार ५९२ बिघा खेतीयोग्य जग्गा बगरमा बदलिएको देखाएको छ। यति धेरै उर्वर जग्गा मरुभूमीकरण हुनुलाई विज्ञहरुले ‘डरलाग्दो’ भनेका छन्।
भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि आचार्यको शव मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने भएको छ।
सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० गतेभित्र सुझाव सिफारिस गर्नेगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति बनाएको छ
शहीद स्मारक ‘ए’ डिभिजन लिग यो वर्ष नहुने भएको छ।
गभर्नर अधिकारीले राष्ट्र बैंकले लिएका नीति बैंकिङ क्षेत्रलाई बलियो बनाउने किसिमका रहेको भन्दै पारदर्शी रूपमा काम गरिरहेका बैंक तथा वित्तीय संस्थालाई डुब्न नदिने बताए।
अनुगमनका क्रममा अत्यावश्यक औषधि फार्मेसीमा नभएको, म्याद सकिएको औषधि फिर्ता नगरी धेरै मात्रामा राखेको, फार्मेसीको स्टोरमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पालना नगरेको पाइएको छ।
भारतीय चर्चित गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा निधन भएको छ।
निर्वाचन आयोगले आगामी वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम– २ र प्रदेशसभातर्फ बझाङ–१ मा हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ताको मिति तय गरेको छ।
अर्थमन्त्री महतले प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ गतेदेखि छलफल हुने भएको छ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्यमा भने उकालो लागेको छ।
लागुऔषध कारोबार मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएका एन्फा उपाध्यक्ष दावा लामा अहिले पनि फरार छन् तर उनलाई पदमुक्त गर्न अध्यक्ष र महासचिवले चासो नदिँदा साधारणसभामा कारबाहीको विषयले प्रवेश नै पाएन।
लघुवित्त वित्तीय संस्थाका ऋणीहरूले संसद् भवनमा प्रवेश गरेर विरोध जनाएका छन्।
क्यानले पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडीको श्रेणी विभाजन गर्दै मासिक तलब निर्धारण गरेको छ। ‘ए’ श्रेणीमा पर्ने पुरुष खेलाडीले एक लाख र महिला खेलाडीले ५० हजार रुपैयाँ पाउने क्यानले जनाएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले वर्तमान नेतृत्वले पेलेर जान खोजेको आरोप लगाएका छन्।
राष्ट्रियसभा सदस्यहरूले भूकम्पले पुर्याएको क्षतिपछिको पुनर्निर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गरेका छन्।
अमेरिकी वायुसेनाका एक सदस्यले वाशिंगटन डीसीस्थित इजराइल दूतावास बाहिर आत्मदाहको प्रयास गरेका छन्।
किसानहरुलाई दुधको मूल्य भुक्तानी गर, विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर र मिटरब्याज पीडितहरूलाई तत्काल न्याय गर भनेर नाराबाजी भएसँगै बैठक अगाडि बढ्न नसकेको हो।