देशको सार्वभौमसत्ता र अखण्डताविरुद्धको गतिविधिमा संलग्न भएको भन्दै मुस्लिम संगठनमाथि प्रतिबन्ध लगाइएको हो।
साना तथा घरेलु उद्योग महासंघअन्तर्गत मोरङ जिल्लामा सञ्चालित ३० हजारभन्दा बढी उद्योगमा तीन लाखले रोजगारी पाएका छन्।
हालसम्मको अनुसन्धानले खरिद प्रक्रियाको प्रारम्भदेखि एकपछि अर्को निर्णयमा तत्कालीन सञ्चारमन्त्री बस्नेतको सक्रियता देखाए पनि मुद्दा दायर हुँदासम्म के हुन्छ अहिल्यै भन्न नसकिने अख्तियारस्रोत बताउँछ।
विद्यालय स्तरबाटै बालबालिकाहरूलाई नाट्य क्षेत्रमा अग्रसर हुन प्रेरित गर्ने उद्देश्यले बाल नाटक मेला हुन लागेको हो।
मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बुधबार गृह मन्त्रालयमा भएको थियो।
अनुमति नलिई समाचार हुबहु चोरी गरी सार्ने (कपि एन्ड पेस्ट गर्ने) १८३ अनलाइन सञ्चार माध्यम तथा वेब-पोर्टललाई काउन्सिलले कारबाही गरेको छ।
घाटामा रहेका ५२ वटा राज्य स्वामित्वका उद्यम (एसओई) सन् २०२३ मा नाफा गर्न सक्षम भएका छन्।
प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरूको समस्या समाधान अदालती प्रक्रियाबाट गर्नुपर्ने भएकाले सरकारले अदालतसँग समन्वय गरिरहेको बताएका छन्।
नेकपा एमालेको गण्डकी प्रदेश संसदीय दलले प्रदेशसभा सचिवालयमा एकसाथ तीन वटा संकल्प प्रस्ताव दर्ता गरेको छ।
माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
बुधबार नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ को विन्दुमा कायम भएको हो।
ललितपुरको गोदावरी नगरपालिकाले खोला पुरेर निजी जग्गा प्लटिङलाई सघाउन बाटो निकालेपछि चर्चामा आएको प्रकरणमाथि अख्तियारले चासो देखाउँदै नगरपालिकालाई पत्र काटेको छ।
प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनाहरूमा हुने गरेको छ।
त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २ रनले पराजित भएको छ।
मकवानपुरको बकैया गाउँपालिका–७ मा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ।
पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्ने गिरोह सक्रिय रहेको पाइएको छ।
हिउँदमा महाकालीमा ढुंगा, गिट्टी र बालुवा छानेर छाक टार्दै आएका सोनाहा जाति वर्षामा ज्याला मजदुरी गर्छन्। स्थानीय सरकार बनेपछि पनि आफ्नो समुदायलाई उपेक्षा गरिएको उनीहरूको गुनासो छ।
एन्फाले बुधबार विज्ञप्ति जारी गर्दै सावित्राले जोर्डनविरुद्ध फाइनल नखेल्ने जनाएको छ। प्रतियोगिताको फाइनल बिहीबार हुनेछ।
इतिहासकार प्राडा तीर्थप्रसाद मिश्रले यो पुस्तकमा लिच्छविकाल र मल्लकालदेखि राणा शासनसम्मका रोचक घटना उल्लेख गरेका छन्।
बुधबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेताहरूको कार्यविभाजन पनि टुंग्याएको छ। नेताहरूलाई प्रदेश इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी तोकिएको हो।