प्रहरीले ‘एक मादक पदार्थ सेवन गरेको चालकले गलत काम गरेपछि सही काम गरेको’ जनाएको छ।
गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गर्दै मिटरब्याज पीडितलाई वार्तामा आउन आह्वान गरेको छ।
नेपाल पहिलो र तेस्रो खेलमा नामिबियासँग पराजित भयो। दोस्रो खेलमा नेदरल्यान्ड्समाथि जित हात पारेको नेपाल आइतबार सम्पन्न अन्तिम खेलमा नेदरल्यान्ड्ससँगै ८ विकेटले पराजित भयो।
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मार्चपास गरेका छन्।
गत मंसिर अन्तिम साताको कारोबारयता आइतबार पहिलोपटक नेप्से परिसूचक दुई हजारको बिन्दुभन्दा तल झरेको हो।
एन्फाका बहुमत सदस्यले सोमबार हुने नियमित साधारणसभाका लागि समावेश गरिएको विषयसूचीमा असहमति जनाएका छन्।
प्रतिनिधिसभामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गरेका छन्।
रास्वपा सांसद डा. वाग्लेले त्रिशूली नदीमा प्रस्तावित सुपर त्रिशूली हाइड्रोपावरले त्यहाँको र्याफ्टिङ गतिविधि, पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संशय पैदा गरेको बताए।
आफ्नो क्षेत्रमा विकास भएको देखाउन आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनसमेत नहुँदै नेताहरूको दबाबमा रूख काट्ने निर्णय गर्न हतार गरिँदा वन क्षेत्र मासिने जोखिम बढिरहेको छ।
इलाम–२ मा निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा ‘क’ मा निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो।
शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३ किलो गाँजा बरामद गरिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाएको छ। नेपालका कुशल भुर्तेलले ९३ बलमा ८ चौकासहित ६६ रन बनाए।
आइतबार प्रतिनिधिसभा बैठकको शुरूमै आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन्।
डा. भण्डारीले नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको टिमले मात्र गरेको दोस्रो सफल प्रत्यारोपणले अब शिक्षण अस्पतालमा प्रत्यारोपण नियमित अघि बढ्छ भन्ने आधार तयार भएको रूपमा लिनुपर्ने बताए।
अनलाइन प्रणालीले मुस्ताङ र डोल्पाको माथिल्लो भाग, गोरखाका चुम र नुव्री भ्याली, हुम्लाको सिमिकोट, चङ्खेली र नाम्खा साथै ताप्लेजुङको कञ्चनजंघा जाने पर्यटकलाई सहज भएको छ।
चानसिंह श्रीसले उत्पादन गरेको बिस्कुट खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट प्रमाणित भइसकेपछि बजारमा पुगेको छ। बजारीकरणका लागि पोखरा र काठमाडौँको सुपर मार्केटमा पनि पठाएका छन्।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको छ। सवा ९ बजे शुरू हुने खेलमा नेपालले पहिला ब्याटिङ गर्ने छ।
तुइन खोलामा पुल बनाउनका लागि गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा सडक बन्द गरेर पहाड काटिएको थियो। पहाड काट्ने काम सकिएकाले अब सडक दिउँसो पनि खुला हुने भएको छ।
मनीषाको राष्ट्रवाद त्यही राजशाहीवाला हो, जहाँ राजालाई बिलकुलै जनताको समस्याको बोध हुँदैन। सर्वत्र छेलोखेलो भएका शासकलाई भोकले मर्ने जनताको दुःख के थाहा?
शनिबार प्यालेस्टाइनलाई ४–० ले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो। नेपालको जितमा सावित्रा भण्डारीले २ गोल तथा रेखा पौडेल र गीता रानाले १–१ गोल गरे।