AnonymousUser

Logout

यस्तो रहनेछ आइतबारको मौसम

दिउँसो, गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

विरोध

रुस–युक्रेनको युद्धमा ज्यान गुमाएका नेपालीको सम्झना

रुसले युक्रेनमाथि आक्रमण थालेको शनिबार दुई वर्ष पूरा भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ फेब्रुअरी २४ को बिहानै ‘विशेष सैन्य अभियान’को घोषणा गर्दा युक्रेनमाथि आक्रमण थालेका थिए। धेरैले केही दिनभित्रै मस्कोले युक्रेनविरुद्ध जित हात पार्ने अनुमान गरे पनि यी दुई देशबीचको युद्ध अझै जारी छ। यस क्रममा केही नेपाली रुसी सेनामा सामेल भए र केहीले ज्यान पनि गुमाए। रुस–युक्रेन युद्धका क्रममा ज्यान गुमाएकाहरूको शवको पर्खाइमा रहेका छन् आफन्तहरू। रुसी सेनामा रहेका नेपालीको उद्धार, मृतकका परिवारलाई राहत तथा बेपत्ता अवस्थामा भएकाहरूको अवस्था सार्वजनिक गर्न उनीहरूका परिवारजन माग गर्दै आएका छन्। उनीहरूले शनिबार प्रधानमन्त्रीलाई भेटेर माग पत्र बुझाउने र ध्यानाकर्षण गराउने प्रयास भएको थियो। तर प्रधानमन्त्रीबाट समय उपलब्ध नभएपछि प्रतिनिधिमूलक परिवारजनको उपस्थितिमा आफूहरूले प्राप्त जानकारीका आधारमा मृतक, बेपत्ता, घाइतेहरूको नयाँ विवरण सार्वजनिक गरेका छन्। साथै उनीहरूले शनिबार साँझ रुसमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको सम्मानमा द्वीप प्रज्वलन गरे। तस्वीर : फोटो लाइब्रेरी

मनाङमा घर भत्किँदा १ जनाको मृत्यु, ७ को उद्धार

मनाङमा मर्मतका क्रममा घर भत्किँदा माटोले पुरिएर एक जनाको मृत्यु भएको छ। अन्य सात जनाको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाइ छ।

गोर्खालीले जित्यो रग्बी लिगको उपाधि

त्रिभुवन आर्मीलाई ६६–७ को स्कोरले पराजित गर्दै गोर्खाली क्लबले रग्बी लिग च्याम्पियनसिपको उपाधि जितेको छ।

मनीषा कोइरालाको राष्ट्रवाद

मनीषाको राष्ट्रवाद त्यही राजशाहीवाला हो, जहाँ राजालाई बिलकुलै जनताको समस्याको बोध हुँदैन। सर्वत्र छेलोखेलो भएका शासकलाई भोकले मर्ने जनताको दुःख के थाहा?

प्रधानमन्त्रीलाई स्थानीयको प्रश्न– झोलुंगे पुल त बन्यो, मोटरेबल पुल कहिले?

स्थानीयले नजिकैको झोलुंगे पुल समयअगावै बनेको र अर्को पुल १२ वर्षमा पनि नबनेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। ३ वर्षभित्र सक्ने गरी २०६८ मा सम्झौता भएको कमला नदीमाथिको पुल अझै बनेको छैन।

‘हजुरबुवा र बुवाले मात्र बोलेर भाषा जोगिँदैन’

कुनै भाषा इतिहासमा धेरै शताब्दीसम्म पनि परिवर्तन भएका हुँदैनन्। भोट बर्मेली भाषामध्ये लिम्बू भाषा कम परिवर्तन भएको भाषा हो। यो भाषाको जुन पुरानो व्याकरण थियो, त्यो उनीहरूको पुर्खाको जस्तै छ।

भारतमा गंगा स्नानका लागि जाँदै गरेको ट्याक्टर पल्टिँदा २२ जनाको मृत्यु

ट्याक्टर चालकले अर्को गाडीलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

कराँते खेलाडी रियाको उच्च शिक्षा पढ्ने चाहना अधुरै

रिया अहिले क्याम्पस भर्ना हुन आर्थिक जोहो कसरी गर्ने भन्ने चिन्तामा छिन्। घरको आर्थिक अवस्था कमजोर हुँदा पढाइ मात्र नभई आफ्नो खेल पनि प्रभावित हुने गरेको उनी बताउँछिन्।

सभामुख भन्छन्– स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनिरहेको छ  

सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिमा चेतना अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन्।

ठेक्का लागेको ८ वर्षमा पनि बनेन भेरी नदीमा पुल, ज्याला नपाएको कामदारको गुनासो

कामको भुक्तानी नगरेर निर्माण कम्पनीले आफूलाई पीडा दिएको मजदुरहरूले गुनासो गरेका छन्।

पर्व

सालिनदीमा स्वस्थानी व्रत समापन

हिन्दु धर्मावलम्बीले पुस शुक्ल पूर्णिमामा शुरू गरेको स्वस्थानी व्रत शनिबार समापन हुँदै छ। एक महिनाभर व्रतालुले विधिपूर्वक स्वस्थानीको व्रत गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै कथासमेत सुनेका थिए। सो अवसरमा काठमाडौँको साँखुस्थित सालिनदीमा श्रद्धालुको घुइँचो लागेको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी 

‘झटारे उपाय’ले निस्कन्न बाँदर–मानव द्वन्द्वको समाधान

हामीलाई कस्तो समाधान चाहिएको हो र समस्या बाँदरसँग के कुरामा छ? बाँदरले बाली खाएका कारण समातेर तिनलाई जंगल र कृषिभूमिबाट निमिट्यान्न पार्न खोजेका हौँ?

मधेशको विकास नभई देशको विकास हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए। 

बजेट अभावमा रोकिए ३ जिल्लाका ४ सडक

सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेका तीन जिल्लाका चार ठूला सडक कालोपत्र गर्ने योजना बजेट अभावमा रोकिएको छ।  

पूर्वी चीनमा आगलागी: कम्तीमा १५ जनाको मृत्यु

प्रारम्भिक अनुसन्धानमा उक्त भवनको पहिलो तलामा आगलागी भएको र उक्त स्थानमा विद्युतीय साइकल राखिएको पाइएको छ।

३ करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ: प्रधानमन्त्री

बैठकमा प्रधानमन्त्री दाहालले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराए। 

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना निर्वाचित

अध्यक्ष पदका उम्मेदवारहरू डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गर्दै ढुंगाना निर्वाचित भएका हुन्। उनले २८७, पाण्डेले २१८ र जोशीले ६३ मत प्राप्त गरे।

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा क्यानको २० लाख सहयोग

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले २० लाख बराबरको चेक शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन्।

जलदेवताको शरणमा

पानी नआएर पारा तातिरहेको फाफुराले जलदेवतालाई खाउँला जसरी हेरेर भन्यो, ‘संसार कहाँबाट कहाँ पुगिसक्यो। तपाईं उही दन्त्यकथाको युगमा हुनुहुन्छ। जहिले नि कुनै दाउरेले बञ्चरो हराएर मात्रै तपाईंलाई गुहार्छ?’

यो ब्लक वेबसाइटबाट हटाइएको छ।