बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले एमाले सत्य निरूपण तथा मेलमिलाप विधेयक पारित गर्ने पक्षमा रहेकोसमेत बताएका छन्।
नेपाल पहिलो जितको खोजीमा छ। मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बुधबार प्रधानन्यायाधीश उपत्यका बाहिर भएका कारण इजलास गठन नभएको जानकारी दिए। सुनुवाइ सरेको यो रिट अब कहिले पेसी चढ्छ भन्ने टुंगो छैन।
नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि सामाजिक सेवामा लागेका लालबहादुर पछिल्लो समय सिरफुले, यानिमया, सालैजो, ठाडो, खेली, साइलोलगायतका पुराना र मौलिक भाकाको संरक्षणमा जुटेका छन्।
लोप हुँदै गएको यो पर्व नेपाल माझी उत्थान संघले २०५५ सालमा सिन्धुलीको मरिन खोलामा पूजा गरेर मनाउन थालेको थियो।
पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा विद्यालय नै बन्द भएपछि बालबालिकालाई पढाउन अभिभावक भारत गएर बस्न बाध्य छन्।
‘निर्मितले स्वयं निर्माताकहाँ अर्को उसै/उनैको निर्माण लगेर चढाउनुको तादात्म्य नरहेको’ सो भजनको सार अत्यन्त दार्शनिकपूर्ण छ।
दिउँसो, पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
नेपालको जितमा साबित्रा भण्डारी र प्रीति राईले गोल गरे। प्रीतिले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै नेपाललाई फाइनल पुर्याइन्।
विरोध
मिटरब्याजीविरुद्ध आन्दोलनमा उत्रिएकाहरूले मंगलबार खाली खुट्टा पैदल मार्च गरेका छन्। उनीहरूले मंगलबार काठमाडौँमा खाली खुट्टा विरोध प्रदर्शन गरेका हुन्। भृकुटीमण्डपमा बसिरहेका उनीहरू भृकुटीमण्डपबाट खाली खुट्टा पैदल यात्रा शुरू गरेर भद्रकाली- शहीद गेट, सुन्धारा हुँदै शान्तिवाटीका पुगेर कोणसभा गरे।
राजनीतिक लाभ र लाेकरिझ्याइँका लागि पर्यटनमन्त्री सुदन किरातीले धरानमा विमानस्थल बनाउन जोडबल गरे पनि क्यानले नै त्यो सम्भव नभएको निष्कर्ष निकालेको छ।
परराष्ट्रमन्त्री एनपी साउदले रसियन सेनामा भर्ती भई ज्यान गुमाएका नेपालीको शव ल्याउनेदेखि परिवारलाई उचित क्षतिपूर्ति दिलाउने विषयमा सरकार गम्भीर रहको बताएका छन्।
घाँस र दानको मूल्य बढ्दै जाने तर दूधको मूल्य घट्दै जाने भएपछि यो पेसाप्रति आफ्नो आकर्षण घटेको मन्थलीकी गाई फार्म सञ्चालिका जानुका खड्का बताउँछिन्।
वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
टोनी हेगनले खिचेका पश्चिम नेपालको सन् १९५० को दशकका तस्वीरहरू प्रदर्शनीमा राखिएका छन्। हेगनकी छोरी क्याथ्रिन पिताको संकलनमा रहेका फोटोहरू दुई वर्षको समयावधिमा खोजेर प्रदर्शनीमा ल्याएको बताउँछिन्।
स्थानीय माग बढ्दै गएपछि रुसले अर्को सातादेखि ६ महिनासम्म पेट्रोल निर्यातमा रोक लगाउने भएको छ।
संसदीय समितिले गैरआर्थिक भ्रष्टाचारजन्य क्रियाकलापको प्रभावकारी अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
श्रद्धाञ्जली
भजन शिरोमणि भक्तराज आचार्यको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ। नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली दिएका हुन्। लामो समयदेखि अस्वस्थ आचार्यको सोमबार ८१ वर्षको उमेरमा निधन भएको थियो।
यो वर्षको शुरूमा पाकिस्तान र इन्डोनेसियामा भएका निर्वाचनमा एआईको भरपूर प्रयोग भयो। मार्च या अप्रिलमा भारत र नोभेम्बरमा अमेरिकामा हुने निर्वाचनमा मतदाता आकर्षित गर्न अहिलेदेखि नै कसरत शुरू भइसकेको छ।
शिक्षा समितिको बैठकमा नयाँ विश्वविद्यालय थप्दै जाने कि भएका विश्वविद्यालयलाई गुणस्तरीय र व्यवस्थित बनाउने भन्नेमा सांसदहरूबीच मतान्तर देखिएको छ।