AnonymousUser

Logout

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सांसदको ध्यानाकर्षण

सांसदले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न ध्यानाकर्षण गराएका छन्।

गाजामा इजरायली आक्रमण: खाद्यान्न झार्दै गरेका ७ सहायताकर्मीको मृत्यु

इजरायली सेनाले अल–शिफा अस्पताल र त्यस वरपर दुई हप्ता लामो सैन्य अभियान समाप्त गरेपछि सोमबारको आक्रमण भएको हो। आक्रमणबाट अस्पतालको सबैभन्दा ठूलो भवन भग्नावशेषमा परिणत भएको छ। 

मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन निर्माण असारभित्र सक्न ताकेता

मार्कीचोक–नयाँ भरतपुर खण्डमा ८० वटा टावर निर्माण गर्नुपर्ने छ। त्यसमध्ये ३५ वटाको जग हालिएको छ। पाँच वटा टावर खडा गरिएको छ। 

तालिवानीबाट ज्यान बचाउन भागेर काठमाडौँ आएका अफगानीलाई छाक टार्नै समस्या

१० वर्षअघि तालिवानी विद्रोहीबाट ज्यान जोगाउन भाग्ने क्रममा काठमाडौँ आइपुगेका अफगानीहरू यता न उताको अवस्थामा हातमुख जोर्न संघर्ष गर्दैछन्। 

प्रतितोला ४०० रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार एक लाख ३१ हजार ६०० रुपैयाँ पुगेको छापावाल सुन एक लाख ३१ हजार २०० रुपैयाँमा झरेको छ। 

बागमतीमा मन्त्रिपरिषद् विस्तार, बिनाविभागीय मन्त्री रमा आलेमगरले लिइन् सपथ

बागमतीमा अझै चार वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ। एक साताभित्र मन्त्रिपरिषद् विस्तार एवं कार्यविभाजन गरिसक्ने मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए। 

कैलालीमा फस्टाउँदो च्याउखेती: घरबाट नै बिक्री, वर्षको ६ लाखसम्म आम्दानी

कैलालीका विभिन्न गाउँका किसान व्यावसायिक रूपमा च्याउखेतीमा लागेका छन्। यस खेतीबाट लगानीको तीन गुणासम्म आम्दानी लिन सकिने उनीहरूको भनाइ छ।

राष्ट्रिय सहकारी दिवस: जोखिमपूर्ण बन्दै सहकारीको कारोबार

सहकारी विभागका अनुसार नेपालमा सहकारीको संख्या ३१ हजारभन्दा धेरै छ, जसमा ७३ लाख ८१ हजार सदस्य छन्।

इलाममा विषादीरहित उत्पादनका निम्ति किसानलाई अनुदान

पालिकाले अकबरे खुर्सानी र गोलभेँडाको खेतीलाई प्राथमिकतामा राखेको छ। तालिम र उपकरण पाएपछि किसान पनि उक्त खेतीको विस्तारमा लागेका छन्। 

बालबालिकामाथि हुने यौन दुर्व्यवहार: विधिदेखि व्यवहारसम्म

स्कुल, कलेज तथा होस्टेलमा समेत यौनहिंसाका घटना हुने गरेका रिर्पोट बारम्बार आउने गरेका छन्। शिक्षक तथा होस्टेल वार्डेन नै यस्ता कुकर्ममा संलग्न भएको पाइएको छ। 

आईपीएल: मुम्बईको लगातार तेस्रो हार

राजस्थान ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ। एक मात्र जितविहीन टोली मुम्बई तालिकाको पुछारमा छ। 

कोशी र गण्डकीको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।

विद्यार्थी अभाव भएपछि चौँरीदेउरालीका २५ सामुदायिक विद्यालय बन्द

गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं भूकम्पपछि पुनर्निर्माण गरिएका विद्यालय भवन निकै राम्रा भएको तर विद्यार्थी अभावका कारण संकट उत्पन्न हुँदै गएको बताउँछिन्।

कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमति

माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो। 

डढेलोले जैविक र पर्यावरणीय क्षति बढ्दै

डढेलोले वन विनाशसँगै धुवाँले वातावरण प्रदूषित हुनुका साथै मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको डिभिजन वन कार्यालय प्रमुख चन्द्रमणि सापकोटाले बताउँछन्।

सगरमाथा आरोहण गर्न हालसम्म ६३ आरोहीले लिए अनुमति

वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन्।

इमरान खान दम्पतीको सजाय उच्च अदालतबाट निलम्बित

इस्लामावाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई ‘तोशाखाना’ मुद्दामा सुनाइएको सजाय निलम्बन गरेको छ।

पुष्प व्यवसायी र उपभोक्ताको जमघटबीच चारदिने राष्ट्रिय बागवानी मेला सकियो

पुष्प व्यवसायको बजारीकरण प्रवद्र्धनका लागि व्यवसायी र उपभोक्ताबीच अन्तर्क्रियात्मक जमघट भएको मेलामा ८५ नर्सरी सहभागी थिए। 

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले तेस्रोपटक पाए विश्वासको मत

पहिलो र दोस्रो पटक सजिलै विश्वासको मत पाएका मुख्यमन्त्री जम्कट्टेलले यसपटक विश्वासको मत लिने अन्तिम समयसम्म बहुमत सदस्य जुटाउन कसरत गर्नुपरेको थियो।

जब विद्यालय गएका बालिका आफ्नै शिक्षकबाट असुरक्षित हुन्छन्

पहिलो पटकको घटनाले जेसिकालाई शिक्षकदेखि टाढा रहने बानी पर्‍यो। उनलाई ‘साइन्स ल्याब’ नै मन पर्न छाड्यो। दोस्रो पटकको अर्को घटनापछि त संसार नै छाड्ने विचारसमेत उनको मनमा आयो।