AnonymousUser

Logout

भक्तपुरका विभिन्न स्थानमा जात्रा हेर्नेको भीड

सिरुटार, बालकोटका बासिन्दाले त्यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी बिस्केट जात्रा मनाएका छन्।

कालीगण्डकी करिडोर: बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाकासम्मको २०२ किमी सडक स्तरोन्नति र त्यसमा पर्ने खोलामा पुल निर्माण गर्ने आयोजना २०७४ सालमा शुरू भएको हो।

मध्यतमोरको बिजुली कोशी करिडोरमा जोडियो, १५ दिनपछि व्यावसायिक उत्पादन गर्ने

सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले अबको १५ दिन परीक्षण उत्पादन र त्यसपछि व्यावसायिक उत्पादन गर्ने जनाएको छ।

विक्रम संवत्‌को नयाँ वर्ष: केही किंवदन्ती, केही परम्परा

यो साल फलानो काम सम्पन्न गरिछाड्छु या फलानो खराब आदत छाड्नेछु भन्ने वाचा या प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा पनि कतिपयले नयाँ साललाई लिन्छन्।

२०८१ साल शुरू, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

नयाँ वर्षका अवसरमा विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोस र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न प्रण गर्नेसमेत परम्परा छ। 

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ प्रशासनले माइतीघर–बानेश्वर क्षेत्रबाट हटायो निषेध आदेश

काठमाडौँ प्रशासनले माइतीघर मण्डलदेखि बानेश्वरसम्म जारी निषेधित क्षेत्र वैशाख १ गतेदेखि लागू हुने गरी हटाएको छ।

नागरिक उन्मुक्तिका सांसद धनश्याम चौधरी निलम्बित

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभा सदस्य घनश्याम चौधरीलाई निलम्बन गरेको छ।

एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरूआत

नेपालले एसीसी प्रिमियर कपअन्तर्गत शुक्रबारको खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको छ।

कुनै समय गार्डको जागिर खान ‘पुलअप’ गर्न नसकेका केन्टाले विश्व रेकर्ड नै राखे

असफलताले कसैलाई निराश बनाउँछ भने कसैलाई थप केही गर्ने प्रेरणा पनि मिल्छ। जापानका केन्टा अदाचीलाई यस्तै प्रेरणा मिल्यो।

वादे बुकि धाँ बजाउने नयाँ पुस्ता थिएनन्, पुस्तान्तरण गरेरै अस्ताए तरिबाबु

तरिबाबु देशार (९२) बाहेक चापागाउँमा वादे बुकि धाँ बजाउने कोही थिएन। नयाँ पुस्ताले यो बाजा बजाउन नजान्ला भन्ने चिन्ता थियो उनलाई। त्यो चिन्ता हर्षमा बदलिएको दुई महिनामै उनले संसार छाडेका छन्।

सीमित खर्चको प्रावधानले सीमा क्षेत्रको पर्यटन प्रभावित

भारतीय पर्यटकले साथमा भारु २५ हजारभन्दा धेरै नगद बोक्न नपाइने नेपाल राष्ट्र बैंकको नियमका कारण पर्यटकले खुलेर खर्च गर्न नपाएको व्यवसायीको गुनासो छ।

टी२० अन्तर्राष्ट्रियमा रोहित पौडेलको हजार रन पूरा

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले ओमानमा जारी एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध ५ रन बनाउँदै १ हजार रनको कोशेढुंगा पूरा गरेका छन्।

ग्रामीण विकास लघुवित्तका फिल्ड सहायकविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगले अधिकारीविरुद्ध १९ लाख दुई हजार २३७ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।

तनहुँमा  चैतेधान प्रवर्द्धन गर्न कृषकलाई अनुदान

धानको बीउमा ७५ प्रतिशत र सिँचाइअन्तर्गत कुलो निर्माण र मर्मतमा ८५ प्रतिशत अनुदानको व्यवस्था गरिएको ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले बताए। 

सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने सामग्री पोस्ट नगर्नू : साइबर ब्युरो

साइबर ब्युरोले जातजाति तथा सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री पोस्ट नगर्न अनुरोध गरेको छ।

संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को चालु अधिवेशन आगामी वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको हो।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा बालविकास सहजकर्ताविरुद्ध मुद्दा

अख्तियारले पर्साको भिखमपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता पुनमदेवी कुर्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

हुम्लामा भेडीगोठको आगलागीमा परेर १ जनाको मृत्यु

हावाहुरीका कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।