एक हप्तासम्म परकम्प आउन सक्ने भन्दै स्थानीयलाई सतर्क रहन सूचना जारी गरिएको छ। भूकम्पपछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ।
सडक निर्माण भएपछि खिवाङका १८० घरपरिवार लाभान्वित भएका छन्। सो सडकमा मोटरसाइकल, जिप र ट्याक्टर चल्न थालेका छन्।
प्रत्येक कांग्रेसीले सत्ता गुम्यो भन्दै रुवाबासी गर्न छाडेर संगठनलाई कसरी विश्वासिलो र बलियो बनाउने भन्नेतर्फ मन बनाउनु मुनासिब हुन्छ।
पछिल्लो एक दशकदेखि सत्तामा रहेका ६९ वर्षीय पूर्वसेना प्रमुख सिसी सन् २०३० सम्म मुलुकको प्रमुख बन्ने निश्चित भएको छ।
कोशी, बाग्मती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।
सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार कर्णाली सरकारको नेतृत्व एमालेलाई दिने निर्णय भए पनि माओवादीबाट मुख्यमन्त्री रहेका राजकुमार शर्माले बुधबार विश्वासको मत लिने भएका छन्।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म सदनमा बोल्न नदिने भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेको बताए।
नेपाल प्रहरीका तल्ला पदहरूमा रिक्त दरबन्दी परिपूर्तिका लागि आह्वान गरिने दरखास्तमा परिरहेको बाक्लो आवेदनले चुलिँदो बेरोजगारीसँगै अरू धेरै पाटा उजागर गर्छ।
पक्राउ परेकामध्ये झापाका केदार चौधरीले ३५ जनालाई बेलायत पठाइदिन्छु भन्दै ९ देखि २० लाख रुपैयाँसम्म लिएर ६ करोड रुपैयाँ ठगेको आरोप छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ न्यून राजस्व संकलनका कारण स्रोत सुनिश्चितता पर्याप्त नहुनु र सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी दायित्व बढेका कारण समस्या रहेको बताउँछन्।
बागमती प्रदेशमा नेकपा एमालेका तर्फबाट नियुक्त भएका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
एक्यापका प्रमुख डा. रबिन कडरियाले ‘एक्याप’ प्रवेश गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरिएको बताए। उनका अनुसार पोखरा आएकामध्ये झन्डै आधा पर्यटक मात्र ‘एक्याप’को भ्रमण गर्छन्।
विभिन्न अस्पताल र संस्थामा गई तालिम र थेरापी लिएपछि आफ्ना बालबालिकामा देखिएका परिवर्तनबाट अभिभावक उत्साही छन्। तर अटिजमसम्बन्धी प्रशिक्षण र उपचारको महँगो शुल्कले उनीहरूमा चिन्ता बढाएको छ।
बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी एक महिलाको मृत्यु भएको छ।
प्रतिनिधिसभाबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र अनुमोदन भएको छ।
मंगलबार नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ को विन्दुमा कायम भएको हो।
खामलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार दिउँसो ठमेलबाट पक्राउ गरेको परिसर प्रमुख, एसएसपी भूपेन्द्र खत्रीले बताए।
जसपाका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संविधान र अहिलेको व्यवस्था नै समाजवादको वाधक भएको टिप्पणी गरेका छन्।
पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पती मृतावस्थामा भेटिएका छन्।