मिल्नु नराम्रो नहुनु पर्ने हो, तर हामीले भोगेको राजनीतिक र राजकीय चरित्रलाई केलाएर हेर्दा धेरै चिज मिलेरै बित्यास पारेका छन्।
आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको हो।
गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँका दरले बढाएको छ।
आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बिल लिने–दिने प्रणाली प्रभावकारी बनाउनुपर्ने प्रधानमन्त्री दाहालले बताए।
कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा भएको दुर्घटनामा परी घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
पर्ती–ऐलानी जग्गा ओगटेकालाई राजस्व छुटमा सोही जग्गा दिन प्रधानमन्त्रीको निर्देशनमा भूमि व्यवस्था मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको प्रस्तावलाई मन्त्री वर्षमान पुनले ‘रेड सिग्नल’ देखाएका छन्।
अनलाइन लोटरी तथा सपिङको प्रलोभन देखाइ नेपाली तथा विदेशी नागरिकलाई ठगी गरेको आरोपमा प्रहरीले तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
क्यानडामा पठाइदिने नाममा आकर्षक तलबको प्रलोभनमा पारी पीडितबाट ४० लाख रकम लिई सम्पर्कविहीन भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पार्क घुम्न जाने पर्यटकहरूले ती भालुलाई भाग्यमानी भालु भन्ने गरेका छन्।
शिक्षासचिव सुरेश अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसईई) र विश्वविद्यालयको शिक्षामा वर्षमा दुईपटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने बताएका छन्।
अख्तियारले कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ का वडा अध्यक्ष उजेर अलिलाई घुससहित पक्राउ गरेको छ।
करको जोखिमभार हेर्न छुट्टै निकाय जरुरी रहेको तथा राजस्व न्यायाधीकरणको विद्यमान संरचनामा परिवर्तन जरुरी रहेको निष्कर्ष प्रतिवेदनको छ।
चौँरी चरनमा समस्या भएपछि लप्ची नाकाका स्थानीयले तीन दिन लगाएर सदरमुकाम चरिकोटस्थित जिल्ला प्रशासन कार्यालय आइपुगेर प्रमुख जिल्ला अधिकारीसमक्ष ‘सीमा पास’ मिलाइदिन अनुरोध गरेका छन्।
विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका सुनिल पौडेल र विकल पौडेललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ।
मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ।
एचडीयू उपकरण खरिद गर्दा अनियमितता गरेको अभियोगमा स्वास्थ्य निर्देशनालय, धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहतासहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पोखरामा बस्ती बस्न शुरू हुँदा नै चौतारो बनाइन थालेको पाइन्छ। इतिहास र संस्कृति झल्काउने यी चौतारा तीव्र शहरीकरणले मासिँदै छन्। बाँकी भएकालाई पनि पुरानो शैली मासेर सिमेन्ट प्रयोग गरी मौलिकता मेटाइँदैछ।
असिनापानीले गहुँ, मकै, जौ, सागलगायत हिउँदेबाली नष्ट गरेको गंगाजमुना गाउँपालिका–१ रिगाउँस्थित किचेतका दिनेश तामाङले बताए।
आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार अदालतको उत्प्रेषण आदेशपछि उक्त क्षेत्रमा निर्माणाधीन संरचनाको कार्य रोकिएको हो। वैकल्पिक सडकमा हिलो र धुलोका कारण सवारी आवागमनमा सकस भएको छ।