गोदावरीस्थित सामुदायिक वनमा लागेको डढेलो निभाउँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एक जनाको अवस्था गम्भीर रहेको छ।
गुल्मीको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका हुन्।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ को विन्दुमा पुगेको छ।
‘ब्रेकफेल’ भएपछि बीच सडकमा नै बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
आगामी अधिवेशनअघि नै राजनीतिक दलका शीर्ष नेताहरूसँग संसद्लाई प्रभावकारी बनाउने विषयमा परामर्श गर्ने सभामुख घिमिरेको भनाइ छ।
वैदेशिक रोजगारका लागि स्लोभाकिया र अमेरिका पठाइदिन्छु भनी ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
स्वास्थ्य मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको छ।
उत्तरी कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जना सैनिकको मृत्यु भएको छ।
गाउँमा रहेका २८ घरमध्ये २३ घर आगलागीमा जलेका छन्। जसबाट ८७ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
‘फ्रन्टफुट’मा ‘स्ट्रेट ड्राइभ’ मार्न खप्पिस कप्तान अहिले ‘ब्याकफुट’मा टुकुरटुकुर छेक्न संघर्षरत छन्। पार्टी उपकप्तानसहित स्थापनाकालीन ‘प्लेइङ सेट’का खेलाडीले पनि सहकारीका ‘बाउन्सर’ सामना गर्नुपरेको छ।
आगलागीका कारण गाउँवासीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या आउने सम्भावना भएको हुँदा स्वास्थ्य उपचारसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन नागरिक समाज दाङले अपिल गरेको छ।
राईले व्यक्तिगत प्रयासमा सिक्किममा पठन संस्कृतिको विकासका लागि पुर्याएको योगदानको मूल्यांकन गर्दै कविता समूहले पुरस्कार ग्रदान गर्ने निर्णय गरेको हो।
बुर्किनाफासोमा सन् २०२२ मा भएको सैनिक विद्रोहपछि देशको अवस्था नाजुक बन्दै गएको हो। द्वन्द्वका कारण झन्डै २० लाख मानिस विस्थापित भएका छन्।
निर्वाचनमा सदर मत ६८ हजार ४७२ को १० प्रतिशत ६ हजार ८४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र ६ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको छ।
बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले हमासले इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम र हजारौँ प्यालेस्टिनी कैदीको रिहा गर्ने प्रस्ताव गरिएको बताए।
नागरिकता र राष्ट्रियताको अवधारणा स्थिर नभई समय र आवश्यकताअनुसार विकसित हुँदै गएका गतिशील विषय हुन्। नागरिकता आफ्नो राज्य र विश्व समुदायप्रति संविधानले सुनिश्चित गरेको अधिकार र कर्तव्यको स्रोत हो।
कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशीका केही स्थानमा हावाहुरीसमेत चल्ने छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेम्बाङले २७ हजार ७७२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए।
सम्मेलनका क्रममा ऊर्जा, सूचना प्रविधि, पूर्वाधार लगायतका क्षेत्रमा महत्त्वपूर्ण छलफल भएको र एक दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर भएको लगानी बोर्डले जनाएको छ।
साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार मौसमले साथ दिए रोप फिक्सिङ टोली केही दिनमै चुचुरोसम्म पुगेर डोरी टाँग्नेछन् र वैशाखको २८ देखि आरोहण शुरू हुनेछ छ।