गिरीबन्धु टी–इस्टेटको ५१ बिघा जग्गा साटफेर गर्न २०५२ सालमा आफूले मन्त्रीस्तरको निर्णय गरेको भन्दै तत्कालीन भूमिसुधारमन्त्री राधाकृष्ण मैनालीले त्यसको दोष मनमोहन अधिकारीलाई दिन नमिल्ने बताएका छन्।
घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका अनुसार चालु आवको वैशाखसम्ममा त्यहाँका २०७ उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन्।
नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय भन्दा धेरैमा एचआईभी एड्स संक्रमण रहेको पाइएको छ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार राति रफाहमा रहेको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको र सयौँको संख्यामा मानिसको हताहती भएको जनाएको छ।
गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा संकलन गर्न गएको समयमा लुटपाट गरिएको हो।
पक्राउ परेकी अपुलाले कोकिन मिसिएको क्याप्सुल निलेर पेटभित्र लुकाई छिपाई ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।
१७औँ शताब्दीतिर युरोपका कैयौँ राष्ट्रमा आर्थिक अवस्था जर्जर हुँदा केही त्यस्ता पात्रहरूको उदय भएको थियो, जसले त्यहाँका जनतालाई धर्म र चमत्कारको मायाजालमा पारेका थिए।
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारीसाधन एकापसमा ठोक्किएका छन्।
नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ।
प्रतियोगिताभर ठूलो रन बनाएको हैदरावादको टोली आईपीएल फाइनलको इतिहासमा सबैभन्दा कम स्कोरमा सिमित भएको छ। पूरै टोली १८.३ ओभरमा ११३ रनमा आउट भयो।
धार्चे गाउँपालिका–३, उहियाँस्थित यारुनजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।
काठमाडौँ जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ।
विरोध
काठमाडौँ– माग सुनुवाइ नभएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले आइतबार राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ गरेका छ। तीन दिनदेखि माइतीघरमा शान्तिपूर्ण धर्ना बसिरहेको अभियानमा सहभागीहरूले सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै आइतबार कार्यालय घेराउका साथै ज्ञापनपत्र बुझाएका छन्। चुरे पहाड दोहन, उत्खनन र वन जंगल फडानीले समस्यामा परेको भन्दै मधेशका विभिन्न जिल्लाबाट २३ जनाको टोली २५ दिन पैदल हिँडेर बिहीबार काठमाडौँ आइपुगेको थियो।
काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीसहित चार जनालाई एक महिना कैदको आदेश दिएको छ।
अछामको रामारोशन गाउँपालिकाका धेरै विद्यालयमा भौतिक पूर्वाधार र शिक्षक अभाव छ। तर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले फर्जी बिलबाटै राफसाफ गरेका छन्।
गत वर्ष १७१ स्थानीय तहले ऐन मिचेर स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी सरकारी ढुकुटीबाट नौ करोड १५ लाख रुपैयाँ खर्चिएका छन्।
बंगालको खाडीमा बनेको शक्तिशाली आँधी आउने चेतावनीपछि आइतबार बांग्लादेशका जोखिममा रहेका क्षेत्रबाट करिब आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
सुर्खेतको भेरीगंगा नगरपालिकामा नदीजन्य पदार्थको ठेक्का लगाउँदा आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
बस्तुभाउबाट खेतीबाली जोगाउन गाउँलेले तगारो लगाउने गरेका मादी–१ सिक्लेसका वडा अध्यक्ष देवीजंग गुरुङ बताउँछन्।
प्रतिवेदनअनुसार संघ, प्रदेश, स्थानीय तह र संस्थातर्फ लेखा परीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ। अद्यावधिक बेरुजु गत वर्षभन्दा १४.०५ प्रतिशतले बढेको छ।