AnonymousUser

Logout

कांग्रेसको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित

कांग्रेसले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

उकालोकर्मी दाहाललाई ‘बारबरा इन्भेस्टिगेटिभ जर्नालिज्म अवार्ड’

पत्रकार दाहालले बाँसबारी जग्गा प्रकरणको उजागर गरेकी थिइन्। अवार्डअन्तर्गत १६ लाख राशिको पुरस्कार नक्कली शरणार्थीको खोज रिपोर्टका लागि देवेन्द्र भट्टराई र मातृका दाहालले संयुक्त रूपमा प्राप्त गरे।

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक शुक्रबारसम्म स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन गरिएको छ।

साढे २ केजी कोकिनसहित ३ विदेशी नागरिक पक्राउ

बरामद गरिएको लागुऔषध कोकिनको बजार मूल्य सात करोड ९६ लाख रुपैयाँ हुन आउने ब्युरोले जनाएको छ।

वीर अस्पतालको बर्न वार्ड : नौ वर्षअघि बन्द, पुनः सञ्चालनमा निरन्तर विलम्ब

२०५७ सालदेखि सञ्चालित वीर अस्पतालको बर्न युनिट बन्द भएको पनि नौ वर्ष बितिसक्यो। पुनः सञ्चालनमा आउन नसक्नुको कारण अस्पतालका चिकित्सकहरूलाई समेत थाहा छैन। 

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्का

मन्त्रिपरिषद्ले जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयन गर्न फिनल्यान्ड सरकारबाट प्राप्त हुने करिब १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ।

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि, ४ अर्ब २३ करोडको कारोबार

हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सिर्जनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

तराईको गर्मीमा पनि लटरम्म स्याउ

नेपालमा चिसो हावापानी भएको ठाउँमा स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन्। 

चितवनमा जंगली जनावरको आक्रमणबाट ७ जनाले गुमाए ज्यान

मध्यवर्ती क्षेत्रको सामुदायिक वनमा वन पैदावार संकलन गर्न जाँदा वन्यजन्तुले आक्रमण गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

विरोधकाबीच सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत 

सोडारीको पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसदले मतदान गरेका छन्।

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन

छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा थापाको मृत्यु भएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए।

कञ्चनपुरको ग्वालावारी सामुदायिक वनमा अवैध रूपमा सालका रुख कटानी

यसअघि कृष्णपुर–२ कै गडबिजुला सामुदायिक वनमा अवैध रूपमा काठ कटान गरी तस्करी गरेको आरोपमा वनका पदाधिकारी पक्राउ परेका थिए।

जसले चीनबाट फर्केपछि गौदान–प्रायश्चित गरे!

इतिहास लेखनका गल्ती सुधार्न शुरू भएको संसोधन मण्डलका एक सशक्त अभियन्ता थिए ज्ञानमणि। २००४ सालमा भोजपुरबाट काठमाडौँ आएका उनले मात्रै गुरु नयराज पन्तबाट शिक्षा पूर्णताको हस्तलिखित प्रमाणपत्र पाएका थिए।

संसद्‌को गतिरोध अन्त्यको प्रयास: बैठक ४ बजेलाई सारियो

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधिसभा बैठक अपराह्न चार बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।

तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

बुधबार प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार एक लाख ४० हजार पुगेको छ।

स्लोभाकियाका प्रधानमन्त्री खतरामुक्त, शल्यक्रिया गरेर गोली निकालियो  

प्रधानमन्त्री रोबर्टको साढे ३ घण्टा लगाएर शल्यक्रिया गरिएको र अवस्था खतरामुक्त रहेको उपप्रधानमन्त्री तथा वातावरणमन्त्री टोमस ताराबाले जनाएका छन्।

इंग्लिस प्रिमियर लिग: ब्राइटनमाथि चेल्सीको जित

चेल्सीले ब्राइटनमाथि २-१ को जित हासिल गरेको छ। यस जितसँगै चेल्सी लिगको छैटौँ स्थानमा उक्लिएको छ।

पाल्पामा जिप दुर्घटना: २ जनाको मृत्यु, १३ घाइते

बुधबार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अरुणखोलाबाट पाल्पा निस्दी गाउँपालिका–३ खादरतर्फ आउँदै गरेको लु१ज ३३२४ नम्बरको जिप दुर्घटना भएको हो।

अन्नपूर्ण क्षेत्रमा १० महिनामा पुगे एक लाख ७७ हजार पर्यटक

सन् २०२३ मा १७३ देशका एक लाख ९१ हजार ५५८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। यो हालसम्मकै बढी हो।

कठघरामा ‘वैकल्पिक शक्ति’ भनिनेहरू

आदिवासी जनजातिका नेतृत्वमा खोलिएका दलहरूमा लोकतान्त्रिक चरित्रको चरम अभाव देखिन्छ। अनेक दलमा रहेका दलित नेतृत्व नियाल्ने हो भने तिनमा पनि राजनीतिक चरित्रको अभाव छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।