AnonymousUser

Logout

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यालय आउन छाडे विद्यार्थी 

कैलालीमा गर्मीका कारण विद्यालयमा दिउँसो पठनपाठन सञ्चालन गर्न कठिनाइ भएको छ। तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो।

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ। 

भारतको राजस्थानमा तापक्रम ४९ डिग्री पुग्यो, ६ जनाको मृत्यु

भारतको ठूलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ। यसले मानिसको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ।

श्रीमतीसँगै आमा कुट्छ ‘भालेसत्ता’

चाखलाग्दो के छ भने भर्खरै ‘टिनेज’ कटेका ती युवकले आफ्नै आमाका अघि निर्धक्क घरमा केटी साथीहरू निम्त्याउने र ‘गुप्तवास’समेत बस्ने गरेको उनकै सहपाठीहरूले बताए।

बजेटमा कर्णालीः मार्सीधान करिडोर बनाइने, पेट्रोलियम पदार्थ अन्वेषणको विषय परेन

जाजरकोट र रुकुम पश्चिममा भूकम्पका कारण भएको क्षतिबाट ध्वस्त संरचना पुनः निर्माणका लागि २१ अर्ब ६० लाख रुपैयाँ छुट्याइएको छ।

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको समेत सम्भावना छ।

आन्तरिक ऋणको उच्च लक्ष्यका साथ १८ खर्ब ६० अर्बको बजेट

अपेक्षित रूपमा वैदेशिक ऋण र अनुदान प्राप्त हुन नसकेपछि सरकारले लगानीमा चाप पर्ने गरी आन्तरिक ऋण परिचालनको लक्ष्य चालु आर्थिक वर्षभन्दा एक खर्ब १० अर्बले बढाएको छ।

पेट्रोल र डिजेलमा प्रतिलिटर १ रुपैयाँ हरित कर

फर्नेस आयल, बेस आयलमा ०.५ प्रतिशत र लुब्रिकेन्ट आयलमा एक प्रतिशत बराबर हरित कर लाग्ने छ।

बजेटको आकारअनुसार बढेन शिक्षामा लगानी

आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ अर्थात् कुल प्रस्तावित बजेटको १०.९४ प्रतिशत विनियोजन भएको छ।

व्यक्तिको जग्गामा बुढानीलकण्ठ नगरपालिकाको बलमिच्याइँ, जबर्जस्ती बनाइयो सरकारी संरचना

नगरपालिकाले नागरिकको सम्पत्ति अतिक्रमण गरेको र यसो गर्ने अधिकार राज्यलाई नभएको ठहर अदालतले गरे पनि जग्गाधनी निश्चिन्त छैनन्। किनभने नगरपालिकाले जग्गा खाली नगरी मुद्दाको पुनरावेदन गर्ने संकेत दिएको छ। 

राष्ट्रियसभा र प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेट टेबुल

राष्ट्रियसभा र प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबुल भएको छ।

भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि २१ अर्ब बजेट 

सरकारले भूकम्पबाट क्षति पुगेका भौतिक संरचना पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड रकम विनियोजन गरेको छ। 

सहकारी समस्या छानबिन गर्न संसदीय समिति गठन

सहकारीमा देखिएका समस्या र लाखौँ बचतकर्ताको अर्बौं रकम अपचलन घटना छानबिनका लागि सरकारले सात सदस्यीय संसदीय छानबिन समिति गठन गरेको छ।

यस्ता छन् करका दरमा हेरफेर

सरकारले औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधनलगायतका उद्योगको कच्चा पदार्थमा लगाइको पैठारी महसुल र अन्तः शुल्क घटाएको छ।

बजेट : सरकारको प्राथमिकतामा सूचना प्रविधि

अर्थमन्त्री पुनले पाँच लाखलाई प्रत्यक्ष तथा १० लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित आगामी वर्षलाई सूचना प्रविधि हबको प्रस्थान वर्षका रूपमा अगाडि बढाइने घोषणा गरे।

मेलम्ची खानेपानी आयोजनालाई थपियो ५० करोड

सरकारले मेलम्ची खानेपानी आयोजनालाई थप ५० करोड बजेट विनियोजन गरेको छ।

दिवस

टुँडिखेलमा मनाइयो गणनत्त्र दिवस

देशभर बिहीबार १७औँ गणतन्त्र दिवस मनाइँदै छ। दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिले विभिन्न कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ। सो अवसरमा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ।

सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने

सरकारले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने भएको छ।

सिरोहियालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।

वैदेशिक रोजगारीबाट फर्किएका १ लाखलाई स्वरोजगार बनाइने

अर्थमन्त्री पुनले प्रत्येक प्रदेशमा कम्तीमा एक हजार जनालाई सीपमूलक तालिम प्रदान गर्न ४३ करोड रुपैयाँ छुट्याइएको बताए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।