AnonymousUser

Logout

काठमाडौँसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

कोशी, बागमती र लुम्बिनीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

व्यास नगरप्रमुखको पुनः मतगणना असार २ गते

तनहुँको व्यास नगरपालिका प्रमुखको पुनः मतगणना आगामी असार २ गते हुने भएको छ।

गाजामा भेटियो थप ३ इजरायली बन्धकको शव

 शुक्रबार उत्तरी गाजापट्टीको जबालियामा रातभरको कारबाहीपछि बन्धकहरूको शव नियन्त्रणमा लिइएको इजरायली सेनाको भनाइ छ।

सदनको गतिरोध हटाउनेबारे शीर्ष नेताबीचको छलफल सकारात्मक

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्को गतिरोध हटाउने विषयमा भएको छलफल सकारात्मक रहेको जानकारी दिए।

निमिट्यान्न भएको छैन 'नवराज'हरू मार्ने रोग (बुधबार)

उत्पीडनको यथार्थ र संवेदनशीलता बुझ्ने व्यक्तिहरू सत्ता, संसद् र न्याय प्रशासनमा विरलै पुगेका छन्। यसले समाजमा विद्यमान जातीय छुवाछुत र विभेदलाई टिकाई राख्न मद्दत पुर्‍याएको छ। 

संरक्षण गर्न भन्दै डोजर लगाइएपछि सुके बागलुङका ताल

संरक्षणका लागि भन्दै डोजर लगाइएपछि जैमिनी–३ मा रहेको गाजाको दह (ताल), ढोरपाटन–९ मा रहेको रुद्रताल, काठेखोला–४ मा रहेको खोरताल र तमानखोला–२ मुठाचौरस्थित बराहताल सुक्न थालेका छन्।

‘मैले गिरीबन्धु टी–इस्टेटको जग्गा प्रतिबिघा ७५ लाखमा ३८ बिघा किनेको हुँ’ : विष्णुकुमार राई (जग्गा व्यवस्थापक)

गिरीबन्धुका मुख्य सञ्चालक छत्र गिरीको सबैतिर पहुँच छ। केपी ओली, शेरबहादुर देउवा, कोसँग राम्रो छैन? छत्रले शेरबहादुरलाई दाजु, आरजुलाई भाउजू भन्छन्। उनले प्रचण्डसँग खिचेको फोटो मलाई पठाएका थिए।

‘पेटगाला’को रेडकार्पेटमा कुकुरको 'क्याटवाक' (तस्वीरसहित)

ती कुकुरले मेटगालाका सेलिब्रेटीको झैं पहिरन गरेका थिए। त्यसैले, यस कार्यक्रमले मेटगालाको मजाक उडाएको आलोचना पनि भएको छ।

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

भियतनामको एक अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु

भियतनामको राजधानी हनोइको साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

केन्द्र सरकारलाई पानीको समस्या सुनाउन मधेशदेखि काठमाडौँ

दिनप्रतिदिन चुरे मासिँदै जाँदा मधेशमा पानीको हाहाकार हुन थालेपछि केन्द्र सरकारको ध्यानाकर्षण गराउन काठमाडौँसम्म आउनुपरेको अभियानका सदस्य दीपक यादव बताउँछन्।

४ पटक म्याद थप्दासमेत सकिएन दैजी–जोगबुढा सडक निर्माण

कञ्चनपुरबाट डडेलधुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले छोटो पर्ने सडक निर्माण नसकिँदा स्थानीयले सास्ती खेप्नुपरेको छ।

नेपालमा ओमिक्रोनको नयाँ सबभेरियन्ट पुष्टि

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस संक्रमित ४२ जनाको जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए।

नवलपरासीमा फागुनयता मरे ३ पाटेबाघ

नवलपरासीमा फागुनदेखि जेठ ९ गतेसम्म तीन पाटेबाघ मृत फेला परेका छन्।

गगन–रवि, जिदान–माटेराजी

गाउँ–गाउँमा बाटो र बिजुली पुग्दैमा, केबल टेलिभिजन र मोबाइल फोन र इन्टरनेट पुग्दैमा आर्थिक सुधार हुने होइन। यी त पुँजी सिध्याउने साधन पनि हुन्।

डेंगी ५७ जिल्लामा फैलियो, सचेतना अपनाउन आग्रह

डा. गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको जोखिम बढेको जानकारी दिए।

सहकारी छानबिन समितिको कार्यादेशमा जुटेन सहमति, बैठक शुक्रबार पुनः बस्ने

कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन भएको एमालेको संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ।

भारतीय निर्वाचन : सीमा क्षेत्रमा यस्तो देखियो प्रभाव (तस्वीर)

भारतमा जारी लोकसभा निर्वाचनलाई लक्षित गर्दै सीमा नाका बन्द गरिँदा सवारीसाधन चल्न पाएका छैनन् भने भारत जानेहरू पैदल हिँडेर सीमा पार गर्ने गरेका छन्।

बालमन्दिर जग्गा प्रकरण: २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको दुई साता बित्यो, कोही पक्राउ परेनन्

बाल संगठनको नक्सालस्थित जग्गा हिनामिना प्रकरणमा सीआईबीले १४ दिनअघि पक्राउ पुर्जी लिए पनि कोही समातिएका छैनन्। सीआईबीस्रोत भन्छ, ‘गृहमन्त्रीकै ग्रिन सिग्नल पाएनौँ।’

बुद्ध प्रतिमाको नगर परिक्रमा (तस्वीर)

बौद्ध धर्मावलम्बीले २५६८औँ बुद्धजयन्तीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुर थिमिमा बुद्ध प्रतिमाको नगर परिक्रमा गराएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।