AnonymousUser

Logout

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्त लिएको आरोपमा २ शिक्षकविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्त लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

शेयर बजारमा सामान्य सुधार, कारोबार रकम बढ्यो

मंगलबार शेयर बजारमा चार अर्ब आठ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

मानव तस्करीको आशंकामा १ व्यक्ति प्रहरीको नियन्त्रणमा

मुगु र हुम्लाका २८ बालबालिकालाई लिएर काठमाडौँ आउँदै गरेका एक व्यक्तिलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

पाकिस्तानको कोइला खानी दुर्घटनामा ११ जनाको मृत्यु

बलुचिस्तानको कोइला खानीमा ग्यास चुहावट भई दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।

हावाहुरीले रूख ढाल्दा मध्यविन्दुमा १ जनाको मृत्यु

मध्यविन्दु नगरपालिका– १२ मा हावाहुरीले रूख ढल्दा एक जनाको मृत्यु भएको छ।

लुम्बिनी बौद्ध विश्वविद्यालय : एउटै व्यक्तिलाई तेस्रो पटक रजिस्ट्रार बनाउन भइरहेको ‘चलखेल’

दुई कार्यकालसम्म रजिस्ट्रार रही विभिन्न विवादमा मुछिएका तिलकराम आचार्यलाई फेरि पनि दोहोर्‍याएर नियुक्ति दिन नियमावली नै संशोधन गरिएपछि विवाद बढेको छ।

प्रतिनिधिसभा : किसानलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सहकारी अपचलनमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकार चुक्न नहुने बताए। 

म्याग्दीको भारवाङमा मोटरेबल पुल, हट्यो घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता

मालिका गाउँपालिका–७ र धवलागिरि गाउँपालिका–७ को सिमाना भएर बग्ने म्याग्दी नदीमाथि ६ मिटर चौडाइ र ४० मिटर लामो सिंगल स्पाम प्रिट्रेस प्रविधिको मोटरेबल पुल निर्माण गरिएको हो।

चोर्नको लागि घरभित्र छिरे, एसीको चिसो हावा लागेपछि उतै निदाए

घरभित्र एसीको चिसो हावा लाग्ने बित्तिकै उनले चोर्नै बिर्से। एकछिन आराम गरेर चोर्छु भनेर भुइँमा पल्टेका चोर त्यहीँ निद्रामा परे।

मेसिनबाट धान रोपाइँ गर्न ‘ट्रेमा’ बीउ राख्दै कञ्चनपुरका किसान

सहकारीका अध्यक्ष लालबहादुर ऐरका अनुसार २५ बिघा जग्गामा ‘राइस ट्रान्सप्लान्ट’ मेसिनको प्रयोग गरी धान रोपाइँ गर्नका लागि बीउ राख्नसँगै खेत तयार गर्ने काम भइरहेको छ।

‘प्रदूषणले मानव स्वास्थ्य र जलवायुमा उथलपुथल ल्याएको छ’

‘हिजोआज काठमाडौँमा पानी परिसकेपछि पनि यहाँको मौसम सफा हुन सकेको छैन। किन त? पानी परेपछि वाफबाट जुन कुहिरो बन्छ, त्यो वायु प्रदूषणका कारण लामो समयसम्म बसिरहँदा यस्तो भएको हो।’ 

काठमाडौँ महानगरमा असहायको उपचारका लागि ५२ अस्पतालका ३७४ शय्या सुनिश्चित

२०८० फागुनबाट शुरू गरिएको उक्त सेवाबाट अहिलेसम्म ७० बिरामी लाभान्वित भइसकेका छन्। यसरी सेवा लिन आउनेमा काठमाडौँ उपत्यकाको भन्दा उपत्यका बाहिरका नागरिक बढी रहेका छन्।

भवन र जनशक्ति अभावमा मनाङको जिल्ला अस्पताल

२०४६ फागुनमा निर्मित जिल्ला अस्पतालको भवन जीर्ण भइसकेको छ। अस्पताल भवन जीर्ण हुँदा बिरामीलाई आरामसँग राखेर उपचार गराउने ठाउँको अभाव छ।

किन भावनामा बहन्छन् शेयरबजारका लगानीकर्ता?

अझै पनि हल्ला र भावनामा चल्ने र अरूकै लहैलहैमा लागेर शेयर खरिद विक्री गरिरहने हो भने क्षणिक समयमा केही नाफा कमाउन सकिएला, तर त्यसले दीर्घकालीन पुँजीबजार विकास हुन सक्दैन।

जनताको नजरमा ‘गोदी मिडिया’ असान्दर्भिक देखिएका हुन्?

सन् २०२४ को लोकसभा चुनावमा जसले जिते या हारे पनि, ‘हिन्दी मुख्यभूमि’का ठूला मिडिया जनताको नजरमा संकटको सामना गरिरहेका छन् र चाँडै नै ती अपरिवर्तनीय ‘अनावश्यकता’का रूपमा छेउ लाग्न सक्छन्।

सहकारीको रकम हिनमिनाको आरोपमा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा

छिपछिपे सहकारी संस्थाको रकम हिनामिनाको अभियोगमा राप्रपा सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

श्रीलंकामा बाढीका कारण १४ जनाको मृत्यु

डीएमसीले २० जिल्ला भारी वर्षाले प्रभावित भएको जनाएको छ। नदी किनारका बासिन्दालाई उच्च स्थानमा जान भनिएको छ।

हावाहुरीले चितवनमा १२ करोड बराबरको केराखेती नष्ट

चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले हावाहुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति पुगेको बताए।

जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला सुनाउने मिति तय

सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा निर्णय सुनाउने मिति तय गरेको छ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ नपरेका ‘तीन पात्र’

काठमाडौँ जिल्ला अदालतले यसै साता जिल्ला प्रहरीलाई उपलब्ध गराएको शरणार्थी प्रकरणको फरार सूची अपडेटमा १० जनाको नाम छ। तीमध्ये उच्चपदस्थसँग समन्वयकारी भूमिका खेलेको ठानिएका ‘पात्र’ तीन जना छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।