राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस संक्रमित ४२ जनाको जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए।
नवलपरासीमा फागुनदेखि जेठ ९ गतेसम्म तीन पाटेबाघ मृत फेला परेका छन्।
गाउँ–गाउँमा बाटो र बिजुली पुग्दैमा, केबल टेलिभिजन र मोबाइल फोन र इन्टरनेट पुग्दैमा आर्थिक सुधार हुने होइन। यी त पुँजी सिध्याउने साधन पनि हुन्।
डा. गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको जोखिम बढेको जानकारी दिए।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन भएको एमालेको संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ।
भारतमा जारी लोकसभा निर्वाचनलाई लक्षित गर्दै सीमा नाका बन्द गरिँदा सवारीसाधन चल्न पाएका छैनन् भने भारत जानेहरू पैदल हिँडेर सीमा पार गर्ने गरेका छन्।
बाल संगठनको नक्सालस्थित जग्गा हिनामिना प्रकरणमा सीआईबीले १४ दिनअघि पक्राउ पुर्जी लिए पनि कोही समातिएका छैनन्। सीआईबीस्रोत भन्छ, ‘गृहमन्त्रीकै ग्रिन सिग्नल पाएनौँ।’
बौद्ध धर्मावलम्बीले २५६८औँ बुद्धजयन्तीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुर थिमिमा बुद्ध प्रतिमाको नगर परिक्रमा गराएका छन्।
पर्व
देशभर विभिन्न कार्यक्रम तथा पूजा अर्चना गरी बिहीबार २५६८औँ बुद्ध जयन्ती मनाइँदैछ। यस अवसरमा काठमाडौँको बौद्ध स्तुपामा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।\r\n\r\n
सरकारले यातायात व्यवस्था कार्यालयमा दर्ता भएको वा हुन लागेको सबै सवारीमा ‘इम्बोस्ड’ नम्बर अनिवार्य गरेको छ। तर सवारीसाधनका अधिकांश प्रयोगकर्ता यसबारे बेखबर छन्।
बालविकासको पढाइ सकिएलगत्तै अभिभावकले विद्यार्थीलाई अन्यत्रै पठाउने गरेकाले १ देखि ५ कक्षामा विद्यार्थी भर्ना नभएका प्रधानाध्यापक हरिनारायण चौधरीको भनाइ छ।
बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।
घाइते कर्मचारीलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ।
घरअगाडि नै पाइप पुगेका भए पनि नियमित पानी आउँदैन। धारामा पानी नआएपछि तीन घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने अवस्था रहेको तुलसीपुर–३ अम्बासकी शशिकला विकले बताइन्।
सडक विस्तारको काम भइरहेको अवस्थामा चामेका चार ठाउँमा काठेपुल निर्माण गरी सञ्चालन भइरहेका छन्। दीर्घकालीन हुनेगरी पक्की पुल नहुँदा वर्षा लाग्ने समयमा अझ जोखिम बढ्ने स्थानीय बताउँछन्।
सत्तारुढ दलबीचको विवाद र विपक्षी लेबर पार्टीसँग पराजय भोग्न सक्ने अनुमानका बीच प्रधानमन्त्री सुनकले संसद विघटन गरेको बताइएको छ।
श्रीलंकामा जुलाई १९-२८ सम्म आयोजना हुने महिला एशिया कपमा नेपाल समूह 'ए'मा छ। यस समूहमा नेपालसँगै पाकिस्तान, भारत र यूएई छन्।
गर्मीको समयमा अण्डा उत्पादनमा २० देखि २५ प्रतिशत ह्रास आउने गर्छ। यस वर्ष भने गर्मीसँगै एच नाइन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ।
बाली लगाउनुअघि गाउँ–गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ।
बुरुन्डी, इथियोपिया, केन्या, सोमालिया, युगान्डा र तान्जानियामा मे १७ सम्ममा ४७३ जनाको मृत्यु भएको र झन्डै चार लाख १० हजार मानिस विस्थापित भएका छन्।