शव नजिकै बागमती मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेका हुनसक्ने कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए।
बुधबार राति आएको हावाहुरीले पोल ढालेको र उठाउने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले जनाएको छ। बिहीबार अपराह्नसम्म बिजुली आपूर्ति सुचारु हुने सम्भावना छ।
महानगरले छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयलाई तीन दिनभित्र उपलब्ध गराउन बिहीबार एक सूचनामार्फत पुनः अनुरोध गरेको छ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुवर्षीय आयोजनामार्फत थप १०० किलोमिटरभन्दा बढी ग्राभेल भएको छ।
मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले शुक्रबारसम्म नयाँ सरकार गठनको आह्वान गरेकी हुन्।
चुनावी परिणामसँगै भारतको धर्मको राजनीतिको प्रभाव/असर यहाँ पनि पर्ला कि भन्ने चिन्ता हाम्रो हो, किनभने भारतको राजनीतिबाट निरपेक्ष रहेर हामी बस्न सक्दैनौँ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमतीका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।
बुधबार राति न्युयोर्कमा भएको खेलमा भारतले आयरल्यान्डमाथि ८ विकेटको सहज जित दर्ता गरेको छ। ९७ रनको विजयी लक्ष्य भारतले ४६ बल बाँकी छँदा २ विकेट गुमाएर पूरा गर्यो।
कालीकोटको नरहरिनाथ गाउँपालिकाले १७ वटा विद्यालय समायोजन गरेको छ।
आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव–२०८१’ प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा बुधबारदेखि शुरू भएको छ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत पूर्वाधारको अभाव छ।
व्यापारीले हडप्न खोजेको जुद्धोदय स्कुलको जग्गा जोगाउन महानगर नै लर्खराइरहेका बेला सर्वोच्च अदालतले गरेको एउटा फैसला त्यो चलखेल निस्तेज पार्ने आधार बनेको छ।
मोदीले आफूलाई ‘परमात्माले पठाएको’ घोषणा गरिसकेका थिए, चुनावी नतिजासँगै अहंकार चकनाचुर भएको विश्लेषण गरिएको छ। राम मन्दिर रहेको अयोध्यामै भाजपा उम्मेदवार पराजित हुँदा आलोचकले स्वाद मानेका छन्।
अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गरेका हुन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका–मेक्सिको सीमामा शरण खोज्ने आप्रवासीलाई प्रतिबन्ध लगाउन मंगलबार आदेश जारी गरेका छन्।
अनलाइन, रेडियो, टेलिभिजन र छापा माध्यम विधाबाट चार जनालाई ‘वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार, २०८०’ प्रदान गरिएको हो।
समग्रमा बजार घटे पनि म्युचुअल फन्डसँगै लघुवित्त, उत्पादन तथा प्रशोधन र फाइनान्स उपसमूह बढेका छन्।
राष्ट्रपतिले प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्नसमेत आग्रह गरेकी छन्।
फन्टेखोला पुरेर सडक बनाइ प्लटिङको अनुमति दिएको ललितपुरको गोदावरी नगरपालिकाले अख्तियारको पत्रपछि सार्वजनिक जग्गाको खोजी थाल्नुको साटो जग्गा व्यवसायीलाई नै सहज बनाइदिइरहेको छ।