छोरी पारिजातले ‘पुतली अवतार’ लिएर आफ्नै मृत्युको वर्णन गरेको कथा पाठकका लागि वर्णनातीत लाग्छ। ‘ब्लाइन्ड डेट’ संग्रहको ‘चक्लेटी’ कथा हो। एउटा अस्थिर पात्रको मनोदशा र काल्पनिकी बडो मज्जाले पोखिएको छ।
शनिबार बिहान किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको फाइनलमा क्रिस्टियानो रोनाल्डोको टोली अल नासरलाई पराजित गर्दै अल हिलाल च्याम्पियन बनेको हो।
दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र बागमतीसहित बाँकी पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसम
देशमा गर्मी बढिरहेको छ। काठमाडौँ उपत्यकाको तापक्रममा ३० डिग्री हाराहारीमा मापन गरिएको छ। यस्तोमा पशुपक्षी पनि शीतलता खोज्दै जलाशय नजिक पुग्ने गरेका छन्। यस्तै गर्मीको मौसममा स्वयम्भूमा बाँदर पोखरीमा पौडी खेल्दै शरीरलाई शीतल बनाइरहेका छन्। स्वयम्भू परिसरमा बाँदरकै लागि पोखरी बनाइएको छ। त्यही पोखरीमा बाँदर पौडी खेल्ने गरेका हुन्।
स्वास्थ्यमन्त्री प्रदीप यादवले अस्पतालमा शल्यक्रियाका लागि महिनौँ कुर्नुपर्ने, उपचारमा ढिलाइ भएको गुनासा बढ्दै गएपछि गहन अध्ययन गरेर समाधानका उपाय पहिल्याउन समिति गठन गरिएको बताए।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ मूल्य घटाएको छ।
अख्तियारले पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौँका सब–इन्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याललाई घुससहित पक्राउ गरेको छ।
आईटीयूले प्रदान गर्ने डब्ल्यूएसआईएस, २०२४ अन्तर्गत मिडिया विधामा अकोराब च्याम्पियन बनेको छ।
हुरीबतासका कारण १३ वटा ट्रान्सफर्मरमा क्षति भएको परासी विद्युत् वितरण केन्द्रका इन्जिनियर रमाशंकर शाहले बताए।
महानगरपालिकाले आन्तरिक आम्दानीका विभिन्न २५ शीर्षकमध्ये घरबहाल करलाई सबैभन्दा ठूलो आर्थिक स्रोत बनाएको छ। त्यसबाहेक सम्पत्ति कर र व्यवसाय करबाट पनि महानगरले राम्रो आम्दानी गरिरहेको छ।
यात्रा इजाजत प्राप्त गरेका हातहतियारसमेत तोकिएका स्थानमा लैजान नपाउने गरी निषेध गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
सांसदले कृषिका ८० प्रतिशत रैथानी बीउ हराइसकेकाले त्यसको खोजी गरी संरक्षण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।
समितिले त्रिविका नाममा विभिन्न ठाउँमा रहेका जग्गा, चलअचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्नेछ।
यो वर्ष सरदर दिनभन्दा एक हप्ताअघि नै मनसुन शुरू हुने देखिएको छ। बंगालको खाडीमा उत्पन्न भएर पूर्वबाट भित्रिने मनसुन देशको पश्चिमी भागसम्म पुग्न भने १५ देखि २० दिनसम्म लाग्नेछ।
ट्राफिक नियम उल्लंघन गर्ने व्यक्तिलाई स्वयंसेवक बनाउने कार्य तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।
यो हप्ता काठमाडौँमा एक साथ कला तथा संस्कृतिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू भइरहेका छन्। ती कार्यक्रमका केही झलक तस्वीरमा प्रस्तुत गरेका छौँ:
मुगुको सोरु गाउँपालिका–७ अन्तर्गत दाक्च-ख्याल्च सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित आठ जनाविरुद्ध मुद्दा दायर भएको छ।
जलवायु परिवर्तनले निम्ताएको विभिन्न असरका कारण हिमाली क्षेत्रको अस्तित्व नै संकटमा परेको भन्दै सरोकार भएकाले असर न्यूनीकरणका उपायसम्बन्धी कार्यक्रमले प्राथमिकता पाउनुपर्नेमा जोड दिएका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ सर्वसम्मत रूपमा पारित गरेको छ।
गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याब्सन सुर्खेतका अध्यक्ष वेदप्रकाश ढकालले जानकारी दिए।