रुसको राष्ट्रिय आतंकवाद विरोधी समितिले यसलाई आतंकवादी आक्रमण भएको जनाएको छ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छिन्।
यही समूहमा रहेको अर्को खेलमा हंगेरीले स्कटल्यान्डमाथि १–० को जित निकालेको छ। अतिरिक्त समयको दशौँ मिनेटमा हंगेरीका लागि केभिन सोबोथले गोल गर्दै जित दिलाएका थिए।
नेपाली राजनीति र राजनीतिज्ञ (सरकार र सरकार सञ्चालक) तथा ब्युरोक्रसी (स्थायी सरकार) ‘कंकर्ड फ्यालासी’बाट यति गहिरो रूपमा ग्रस्त भइसक्यो कि– यस्तो लाग्छ, त्यहाँ न नैतिक लगाम छ न सामाजिक।
आईसीसी टी२० विश्वकपअन्तर्गत सुपर आठको खेलमा अमेरिकालाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।
नीतिगत तथा प्रक्रियागत सुधार गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई सम्भाव्य परियोजनामा लगानीका लागि प्रोत्साहित गर्न लगानी बैठक आयोजना गरिने पोखरा महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एक जना मृत्यु भएको छ भने चार जना बिरामी भएका छन्।
धादिङबेसीमा बाल संगठनद्वारा स्थापित, संगठनकै चार रोपनी जग्गामा सञ्चालित बालमन्दिर विद्यालय संगठनलाई थाहै नदिई नगरपालिकाले किन बलपूर्वक समायोजन गरिदियो? समायोजन पछाडिको स्वार्थको चिरफार:
‘हाइप्रोफाइल’हरू मुछिएका कारण चर्चामा रहेको टेरामक्स प्रकरणको मुद्दा अदालत पुग्न बिलम्ब हुनु, त्यसमै मुछिएका मुख्यसचिवविरुद्ध अन्तःशुल्क स्टिकरमा मुद्दा दायर हुनुलाई कतिपयले संशयपूर्ण मानेका छन्।
राष्ट्रियसभा सदस्यहरूले ज्येष्ठ नागरिकलाई भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र लिनुपर्ने व्यवस्था झन्झटिलो रहेको भन्दै यसमा तत्काल सुधार गरी सहज बनाउनुपर्नेमा जोड दिएका छन्।
हिउँदयाममा पानी कम हुँदा ट्याक्टर, एक्स्काभेटर, डोजर, बोलेरोलगायतका सवारीसाधनले जोखिम मोलेर कर्णाली नदी वारपार गर्छन् भने वर्षायाममा पानीको बहाव बढ्दा बन्द हुने गरेको छ।
आइतबार वित्त समूह ५.४९ र अन्य समूह ०.२५ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।
रक्सीको शक्ति बढाउन मिसाइने पदार्थ मेथानोलले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ।
अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मुख्यसचिव अर्यालसमेत १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
प्याकुरेलले आफूलाई नसोधेरै राजदूतमा नाम सिफारिस गरिएको र राजदूत बन्ने आफ्नो चाहना नै नभएको भन्दै पद स्वीकार नगरेको बताएका छन्।
धानबालीलाई आवश्यक पर्ने कुल नाइट्रोजनको २५ प्रतिशत भाग ढैँचाखेतीबाट परिपूर्ति गर्ने हुँदा यसप्रति किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमदको भनाइ छ।
आर्थिक वर्ष २०७९/८० मा पोखरा महानगरबाट सम्पादन भएका १९ मुद्दा पुनरावेदनका लागि जिल्ला अदालत कास्कीमा पुगेका थिए। अदालतले १९ वटै मुद्दामा न्यायिक समितिकै निर्णय सदर गर्यो।
एक हप्तायता महानगरको सफाइ समूह राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा जुटेको छ। यसअघि रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुशी सफाइ गरिएको छ।
सञ्चारसचिव रहँदा अर्यालले दूरसञ्चार प्राधिकरणको सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्यकोषमा अर्बौं रुपैयाँ क्षति पुग्ने गरी निर्णय गरेको अख्तियारको निष्कर्ष छ।