AnonymousUser

Logout

प्रज्ञा प्रतिष्ठान एउटा बहाना र अन्धविश्वास हो : प्रेमा शाह

‘वर्षैपिच्छे जस्तो साहित्य सेमिनार, गोष्ठि, चर्चा–परिचर्चा र फाटफुटे सांस्कृतिक प्रदर्शन जस्ता सस्ता देखावटी प्रचारलाई नै हामीले प्रज्ञा प्रतिष्ठानको उपलब्धि मान्नु परेको छ तर यति नै वास्तविकता हो त?’

तनहुँमा जंगली च्याउ खाएका १ जनाको मृत्यु, ४ बिरामी

च्याउ खाएर बिरामी परेका ८५ वर्षीय द्रोणपति गुरुङको चितवनस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

पुटिन फर्किएलगत्तै दक्षिण कोरियाको बन्दरगाह पुग्यो अमेरिकी युद्धपोत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरिया भ्रमणलगत्तै अमेरिकाले दक्षिण कोरिया र जापानसँग संयुक्त सैन्य अभ्यासका लागि युद्धपोत विमान पठाएको हो।  

झापामा मोटरसाइकल दुर्घटना: १ जनाको मृत्यु, २ गम्भीर

तीन जना सवार मोटसाइकल दुर्घटना हुँदा मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएको प्रहरीले जनाएको छ।

धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी

पाँचपोखरी हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा लिइन्छ। काठमाडौँबाट दुई दिनको यात्रा गरेर यहाँ पुग्न सकिन्छ।

युरो कप: अस्ट्रियाले पोल्यान्डलाई हरायो, फ्रान्स र नेदरल्यान्ड्सको बराबरी

जर्मनीको लाइप्जिग रंगशालामा भएको खेलमा फ्रान्स र नेदरल्यान्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

गाउँ आएको बाटो: विकाशको परिभाषा फेर्ने कि?

हिजोसम्म सन्चो बिसन्चो सोधिरहेका मान्छे आज विदेश पुगेका छन्, गाउँ/बस्ती छाडेका छन्। यस्तो लाग्छ, कसैलाई कसैको मतलब छैन। अचेल सामाजिक र भावनात्मक सम्बन्धको सुगन्ध पहिलेभन्दा कम भएको छ।

देशका विभिन्न स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकीका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

मन्त्रिपरिषद्ले गर्‍यो ८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस

सरकारले विभिन्न आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।

बाढी पहिरोले मकालुमा २४ घर विस्थापित

संखुवासभाको मकालु गाउँपालिका–६ सागसेवामा आएको बाढी पहिरोले २४ घर परिवार विस्थापित भएका छन्।

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने कार्यक्रम तामझाममै सीमित

तीनै तहले सहयोगदान गर्ने व्यवस्था भए पनि संघीय र प्रदेश सरकारले वास्ता नगर्दा अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समेट्ने योजनामा पालिकाका जनप्रतिनिधिहरूले चुनौती खेपिरहेका छन्।

चीनमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी ४७ जनाको मृत्यु

मुसलधारे वर्षा, बाढी, पहिरोका कारण दक्षिणी चीनको गुआंडोङ प्रान्तमा ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन्।

११ महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा

११ महिना अवधिमा नेपालले भारतसँग मात्र आठ खर्ब १३ अर्ब रुपैयाँ बराबर व्यापार घाटा बेहोरेको छ। चीनसँग दुई खर्ब ७० अर्ब ४० करोड रुपैयाँ व्यापार घाटा देखिएको छ।

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानूनी व्यवस्था गर्न निर्देशन

संसदीय समितिले खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को व्यवस्थामा परिमार्जन तथा संशोधन गरी समयानुकूल बनाउन निर्देशन दिएको छ।

योग दिवस

मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा सरकारले भक्तपुरको एसओएस बालग्राममा विशेष समारोह आयोजना गरेको छ। देशका अन्य विभिन्न स्थानमा पनि विभिन्न कार्यक्रम गरिएको छ। संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएको थियो। सन् २०१५ को जुन २१ देखि नेपालले पनि हरेक वर्ष योग दिवस मनाउँदै आएको छ।

उकालो साप्ताहिक ब्रिफिङ: जीबी राईको खोजी, गृह प्रशासनको अलमल

उकालोमा यो साता जीबीबारे किन बोलिरहेछन् गृहमन्त्री?, कारागारभित्रै लागुऔषध कारोबार: जेल प्रशासन, सुरक्षाकर्मी, नाइके–चौकीदार सँगसँगै, अर्ब खर्चेर किनिएका मौसमी राडार चल्दैनन् सहितका खबर चर्चामा रहे।

निर्वाचन आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ गर्न सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ। 

इलाममा हट्दै आकासे पानीमाथिको निर्भरता

सिँचाइ सुविधा विस्तारसँगै इलाममा अन्नबाली, नगदेबाली तथा तरकारीबाली उत्पादनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ।

पर्सा निकुञ्जमा सेना र तस्करबीचको भिडन्तमा १ जनाको मृत्यु 

पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गस्ती टोली र चोरी सिकारमा संलग्न समूहबीच मुठभेड हुँदा एक जनाको मृत्यु भएको छ। 

दुई वडा अध्यक्षले पाए जलेश्वरको कार्यवाहक प्रमुख र उपप्रमुखको जिम्मेदारी

प्रमुखमा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र यादव र उपप्रमुखमा वडा नं ३ का वडाध्यक्ष रतन चौधरीलाई चयन गरेपछि नगरपालिकाको अवरुद्ध ‍कामकारबाही सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले बताए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।