गएराति गएको पहिरोमा तीन वटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए।
बुधबार बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।
जोशीपुर –३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी– १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङ लागेर निधन भएको छ।
क्रिकेट खेल वर्षा वा अन्य कारणले छोट्याउनुपर्दा फ्र्यांक डकवर्थले टोनी लुइससँग मिलेर बनाएको नियम लागू गरिन्छ। यो नियम पहिलो पटक सन् १९९७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग भएको थियो।
काम गर्दागर्दै डेढ टन सामानको बन्डलले थिचिएर अपांगता भएका डिल्लीलाई कतारको श्रम मन्त्रालयले झन्डै ५ लाख रियाल दिनुपर्ने सिफारिस गरे पनि त्यहाँको अदालती प्रक्रिया नटुंगिदा चार वर्षसम्म रकम पाएका छैनन्।
कैद छुटको लागि सिफारिस गर्न योग्य ६२० कैदीबन्दीको निवेदनसहितको विवरण सम्बन्धित कारागार प्रशासक र प्रमुख जिल्ला अधिकारीबाट सिफारिस भई आएको विभागले जनाएको छ।
चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा बुधबार बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको छ।
कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा मंगलबार राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाट र पोखरा–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको मृत्यु भएको छ।
पहिरोमा परेर रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका छन्।
भ्यु टावर बनाएर, खोलानाला बेचेर, चुरे–निकुञ्ज र आरक्षको ढुंगागिट्टी बेचेर समाजवाद ल्याउने रे? यस्तैयस्तै ‘फन्टुस’ कार्यक्रममा देशको दुर्लभ पुँजीको सत्यानाश भइरहँदा पनि जनता किन नबोलेका होलान्?
बुढीखोलामा माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको छ।
बागमती, कोशी र गण्डकीका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
केन्यामा करवृद्धिको विरोध गर्दै प्रदर्शनकारीले संसद्मा प्रवेश गरेर आगजनी गरेका छन् भने प्रहरीले गोली चलाउँदा कैयौँको मृत्यु भएको छ।
‘मदिरा प्रयोगले व्यक्तिगत स्वास्थ्यलाई गम्भीर क्षति, दीर्घरोग, मानसिक स्वास्थ्यमा जोखिम बढाउँछ र दुखद् रूपमा हरेक वर्ष लाखौँ मानिसको मृत्यु हुन्छ जसलाई रोक्न सकिन्छ,’ डब्लूएचओका महानिर्देशक भन्छन्।
काठमाडौँ उपत्यका खानेपानीले मेलम्ची बन्द भएपछि मंगलबारबाट बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट उपत्यकामा पानी वितरण शुरू गरिएको छ।
युरोपियन युनियनले रुस–युक्रेन युद्धबाट प्रभावित युक्रेनी शरणार्थीलाई सन् २०२६ मार्चसम्म उनीहरू बसिरहेका ब्लकमा बस्ने अधिकार विस्तार गरेको छ।
पोलबाट चुँडिएर सडकमा खसेको तारले करेन्ट लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
ललितपुरको गोदावरी नगरपालिकास्थित वज्रवाराही मन्दिरनजिकको धारामा पानी थाप्न जाने कतिपय महिलामाथि यौन दुर्व्यवहार भइरहेको छ। खानेपानीको अन्य विकल्प नहुँदा उनीहरू हरेक दिन त्यहीँ जान बाध्य छन्।
खानेपानी मन्त्रालयले अपूरा आयोजना सुधार गर्न वित्तीय स्रोतका लागि अर्थमा प्रस्ताव पेश गरेकोमा अर्थले वित्तीय स्रोत उपलब्ध गराउन नसक्ने प्रतिक्रिया दिएपछि दातृ निकायसँग आग्रह गरेको छ।
कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।