मनसुन भित्रिएपछि कूल १४७ विपद्का घटना भएको र ती घटना परेर २८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
पूर्वी खण्डमा डुम्रे बजार नजिकको पुल बनिसकेको छ भने आँबुखैरेनी र दमौली नजिकको अन्तिम चरणमा पुगेको छ। तनहुँको मादी नदीमा आर्क डिजाइनको पुल निर्माणाधीन छ।
परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ विद्यार्थीमध्ये दुई लाख ४२ हजार ९२ जना उत्तीर्ण भएका छन्। १८६ जनाले ४ जीपीए ल्याएका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ अप्रिलमा शुरू भएको लडाइँमा १४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।
अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा पुगेको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ५६ रनमा अलआउट भएको थियो।
निसीखोलाको रिग, खानीखोला, तमानखोलाको सोलेडाँडा, ढोरपाटनको माथिल्लो बुकी, जलजलालगायत क्षेत्र गोठालाहरूको मुख्य बासस्थान हो।
कार्बन व्यापार पनि यस्तै एउटा साधन हो, जसले विकासोन्मुख राष्ट्रहरूलाई केही डलर कनिका छर्दै तिनै पर्यावरणका दुस्मनहरूकै हित रक्षा गरेको छ र नव उदारीकरणको पृष्ठपोषण।
गण्डकी र कर्णालीका थोरै तथा कोशी, बागमती र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पहिरोबाट आठ जना, चट्याङबाट पाँच जना र बाढीबाट एक जनाको मृत्यु भएको छ।
सन् १९९५ मा पनि यस्तै घटना बाहिरिएपछि जापानमा अमेरिकी सेनालाई फिर्ता पठाउन माग गर्दै महिनौँसम्म आन्दोलन चर्केको थियो।
महामन्त्री ढकालले बुझाएको प्रतिवेदनमा पार्टी दुर्घटनाउन्मुख भएको र सत्तालिप्सामा लागिरहे रास्वपा विवेकशील पार्टीजस्तो अवस्थामा परिणत हुनसक्ने खतरा औँल्याएका छन्।
ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रसारण शुरू भएको छ।
अस्थायी पास दुरुपयोग भएका गुनासा बढेपछि ती पास खारेज गरेर क्यूआर कोडसहितको प्रवेशपास प्रयोगमा ल्याइने गृह मन्त्रालयले जनाएको छ।
सार्वजनिक शैक्षिक सुधारका लागि भनिएको कार्यक्रममा पहुँचका भरमा विद्यालय छनोट गर्ने र फर्जी बिल बनाएर बजेट सिध्याउने अछामको दृष्टान्तले राष्ट्रिय ढुकुटीमाथि भइरहेको दोहनको चित्र उतार्छ।
समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यक कदम चाल्ने तयारीसमेत गरेको छ।
अस्पतालले तोकिएको दरमा बहिरंग, अन्तरंग र आकस्मिक सेवा उपलब्ध गराउने र सोहीअनुसार बोर्डले भुक्तानी मिलाउने सम्झौतामा उल्लेख छ।
बुधबार नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ को विन्दुमा कायम भएको छ।
एड्भोकेसी फोरम–नेपालले मुलुकी अपराध संहिता लागू भएपछि विभिन्न हिरासतमा भएका यातना र मृत्युका १०९ वटा घटनाहरूको अभिलेख गरेको जनाएको छ।
बिरलाले भारतको इतिहासमा ४९ वर्षपछि पाँच वर्षको कार्यकाल पूरा गरी पुनः सभामुख बन्ने अवसर प्राप्त गरेका छन्। यस्तो अवसर प्राप्त गर्ने पहिलो सभामुख बलराम जाखड थिए।
‘भारतबाट नेपाल आएको र नेपालबाट अमेरिका गएकोले मसँग अदरिङको ठूलो अनुभव छ। मेरो मनमा बारम्बार ‘मेरो घर कहाँ हो?’ भन्ने प्रश्न आउँछ। पहिचानको संकट मलाई जहिले पनि भइरह्यो।’