AnonymousUser

Logout

जनमत पार्टीले गर्‍यो केन्द्रीय सचिवसहित ७ नेता–कार्यकर्तामाथि कारबाही

पार्टीको नीति–निर्देशन र विधान विपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरेकाले उनीहरूलाई ३ महिनाको लागि निलम्बन गरिएको हो।

रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न पुटिन सरकार सहमत

सयौँको संख्यामा नेपाली युवा पनि रुसी सेनामा भर्ती भएका छन्। ३० भन्दा धेरैको मृत्यु नै भइसकेको छ। तर पनि सरकारले उनीहरूलाई फिर्ता ल्याउन प्रभावकारी ढंगले संवाद अगाडि बढाउन सकेको छैन।

धनुषामा ८३७ हेक्टर वनको जमिन अतिक्रमण

बस्ती तथा सडक विस्तारका कारण वन क्षेत्रको जमिन अतिक्रमण हुँदै गएको हो। 

नलिनचोक हेलिप्याड: पाइलट भन्छन्– ज्यानको जोखिम भयो, क्यान भन्छ– बानी पर्छ

हेलिकप्टरका लागि भक्तपुरमा बनाइएको हेलिप्याड प्राविधिक रूपमा उचित नभएको पाइलटहरूको गुनासो छ। तर क्यानले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टाढा जाँदा पाइलटहरूले अप्ठ्यारो मानेको बताएको छ।

नेप्से परिसूचक २३.२५ अंकले बढ्यो, ५ अर्ब ७४ करोडको कारोबार

बुधबार नेप्से परिसूचक १.०८ प्रतिशतले बढेर २ हजार १७५.४० को बिन्दुमा कायम भएको छ।

पारिश्रमिक र बिदा बढाउन माग गर्दै सामसुङका कर्मचारी हडतालमा

उचित पारिश्रमिक र बिदा नीतिको माग गर्दै दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत दशौँ हजार कर्मचारी हडतालमा उत्रेका छन्।

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप

एमालेले आफ्ना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।

दूध उत्पादन गर्ने किसानले पाए १६ लाख रुपैयाँ अनुदान

दूधमा आत्मनिर्भर गराउन महत्त्वपूर्ण भूमिका खेलेका दुग्ध उत्पादन सहकारीमा आबद्ध किसानलाई प्रोत्साहनस्वरूप अनुदान दिइएको हो।

भारतमा बस र ट्यांकर ठोक्किँदा १८ जनाको मृत्यु

भारतमा हरेक वर्ष करिब पाँच लाख सवारी दुर्घटनामा एक लाख ५० हजार  मानिसको मृत्यु हुने गरेको छ। 

भोजपुरमा भासियो मध्यपहाडी लोकमार्ग, यातायात ठप्प

भोजपुर–चखेवा सडक खण्डको मेस्पाङमा बुधबार बिहान करिब ६० मिटर सडक भासिएको हो।

जब आफ्नै सांसदले सरकारको नीति तथा कार्यक्रम असफल बनाए

नेपाली कांग्रेसले २०४८ सालको निर्वाचनमा बहुमत ल्याएपछि तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका थिए। तर आफ्नै सांसदको असहयोगले २०५१ असार २६ गते उनी राजीनामा दिन बाध्य भए।

भुटानी राजबन्दी राईलाई अमेरिकाबाट १ लाख रुपैयाँ सहयोग

शिविरमा छोरीज्वाईंका साथमा बस्न थालेका ६६ वर्षीय राईलाई अमेरिकाको ओहायोस्थित शरणार्थी शुभेच्छुकहरूले पठाएको सहयोग बुधबार बिहान हस्तान्तरण गरिएको छ।

अरनिको राजमार्गको धुलिखेल–खावाखण्ड पुनः अवरुद्ध

हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावानजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको प्रहरीले जनाएको छ।

पोखरामा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

पोखरा महानगर–२७ सहेलापाटाका मनबहादुर थापाको घर बुधबार बिहान पहिरोले पुरिँदा उनका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको छ। 

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोक केन्द्रविन्दु भएर बुधबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ।

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अर्जेन्टिनाको जितमा २२औँ मिनेटमा जुलियन अल्भारेज र ५१औँ मिनेटमा लियोनल मेस्सीले गोल गरे।

बेलायत, फ्रान्सको चुनावी नतिजा: विश्व थप अराजकतातिर!

पश्चिमा शक्ति र सभ्यता बिस्तारै पतनको दिशातिर उन्मुख छ। यी चुनावी परिणामले पनि पश्चिमा देशहरू झनै अव्यवस्था, अराजकता/लथालिंगको स्थितितिर उन्मुख छन् भन्ने देखिन्छ।

मौसम पूर्वानुमान: यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा

जर्मनीको म्युनिखमा भएको पहिलो सेमिफाइनलमा फ्रान्समाथि १-२ को पुनरागमन जित हासिल गर्दै स्पेन उपाधिनजिक पुगेको छ।

‘नक्कली शरणार्थी गिरोहको थप प्रमाण लिएर अदालत जाँदै छौँ’ (भिडियो)

डुबेको रकम फिर्ता आउने टुंगो नभएपछि नक्कली भुटानी शरणार्थी प्रकरणका जाहेरीकर्ता तथा अमेरिका जान भनी रकम बुझाएकाहरूले थप प्रमाणसहित अदालत जाने तयार गरेको बताएका छन्।