AnonymousUser

Logout

राष्ट्रपतिबाट संविधानको धारा ७६ को २ बमोजिम सरकार गठनका लागि आह्वान

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सांसदलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।

धमिलो पानी र उच्च प्रवाहका कारण त्रिशूलीमा बेपत्ता बस खोज्न समस्या

त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँच वटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो।

अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोकेका छन्।

राष्ट्रपति पौडेलले गरे कानूनविद्हरूसँग परामर्श

नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा राष्ट्रपति पौडेलले संविधान तथा कानूनविद्हरूसँग परामर्श गरेका छन्।

पहिरोमै बनेको मुग्लिङ–नारायणगढ सडक  : टार्न सकिन्थ्यो आजको दुर्घटना 

मुग्लिङ–नारायणगढ सडकको भौगर्भिक अध्ययन प्रतिवेदनले कुनै पनि ठाउँमा भीमकाय पहिरो देखाएको छ। त्यसअनुसार सडकको डिजाइन सही तरिकाले गर्नुपर्छ भनेर हामीले भन्न सकेनौँ। 

गुरु लालु, चेला रवि

लालुप्रसादलाई तल्लो अदालतले फरक–फरक मुद्दामा पाँच वर्ष र १४ वर्ष जेल सजाय तोकिसकेको छ। रविका शिरमाथि पनि सहकारी र पासपोर्टका दुई तरबार लट्किएकै छन्।

कास्की पहिरोमा ज्यान गुमाएका ५ जनाको सामूहिक दाहसंस्कार

पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँच जनाको सामूहिक दाहसंस्कार गरिएको छ।

लद्दाखको नेपाल साइनो

चार सय वर्षअघि लद्दाखका राजाले बौद्ध स्तुप बनाउन झिकाएका नेपाली कालिगडहरू नेपाल फर्केर आएनन्, त्यहीँ बसे।

प्रधानमन्त्री दाहाल पदमुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।

नौ वर्षपछि प्रतिपक्ष: नेतृत्वले नै झन् पछि झन् कमजोर बनाएको माओवादी

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक सत्ता गुमाएसँगै पछिल्ला १७ वर्षयता प्रायः सरकारमै रहेको यो पार्टीलाई, सत्ताका निम्ति नेतृत्वले नै झन् पछि झन् कमजोर पारेको टिप्पणी भइरहेको छ।

बढीपहिरोमा परी जेठ २८ गतेयता १०३ जनाले गुमाए ज्यान, १०९ घाइते

बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना र गण्डकी प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ६ जना बेपत्ता भएका छन्।

दुर्घटना

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी जारी\n

नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार बिहान गएको पहिरोले दुईवटा बस त्रिशूलीमा बगाएपछि खोजी जारी छ। नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बेपत्ता बस र यात्रुको खोजी गरिरहेका छन्। बसमा करिब ६५ जना यात्रु रहेको प्रहरीले जनाएको छ। तस्वीर: रासस/फोटो लाइब्रेरी। 

पहिरोले बगाएको बसमा थिए ७ भारतीय नागरिक

सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एउटामा सात जना भारतीय नागरिक रहेको प्रशासनले जनाएको छ।

कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ।

पहिरोको जोखिममा रहेका १५ परिवारलाई सुरक्षित स्थानमा सारियो

त्रियुगा नगरपालिका–१५ खाँबुस्थित रानीबासको तोरीबारीमा उच्च जोखिममा परेका १५ परिवारका सदस्यलाई स्थानीय रानीबास विद्यालयमा सारिएको छ।

भद्रकाली सत्तल पुनर्निर्माण: पुरातत्त्व र महानगरबीच शैलीमा विवाद

पुनर्निर्माण हुने सत्तलको शैलीका विषयमा पुरातत्त्व विभाग र काठमाडौँ महानगरबीच मतभिन्नता देखिएको छ। महानगरले विभागको स्वीकृतिबिनै निर्माण शुरू गरेको छ।

प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनसहित जारी बैठकमा प्रस्ताव प्रस्तुत गरेपछि दलीय आधारमा छलफल प्रारम्भ भएको हो।

पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने

सडक विभागले वैकल्पिक मार्गका रूपमा गल्छी– विदुर– छहरे– टोखा सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ।

नापी कार्यालय लगनखेलका सर्वेक्षक यादव घुससहित पक्राउ

अख्तियारले नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्वेक्षक सञ्जीवकुमार यादव र आरबी लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई नियन्त्रणमा लिएको हो। 

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्विप

रास्वपाले पार्टीका सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न पनि निर्देशन दिएको छ।