गोरखा–आँबुखैरनी सडकअन्तर्गत गोरखा नगरपालिका–१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोमा परेका दुवै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ।
पहिरोमा पुरिएर पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुर्दा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ।
पहिले सत्तामा रजगज हुन मात्रै एक अर्कालाई उत्तानो पार्ने खेल हुन्थ्यो, तर यस पटक सत्तामा हाबी हुने कुरामा मात्र यो सीमित छैन। विगतका काला कर्तुतहरू लुकाउन पनि नयाँ समीकरण आवश्यक भएको छ।
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शुक्रबार बिहान ३:३० बजे पहिरोले दुईवटा बस पुरेको हो।
देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा गीता सोडारीलाई दोषी ठहर गरेको छ।
सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गर्ने भएको छ।
बाँध खोलेका बेला र त्यसपश्चात्का केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छन्।
कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रियसभाको बैठक स्थगित भएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
पोखरा महानगरमा मागबमोजिम पानी वितरण हुन नसक्दा उपभोक्ता ट्यांकर, बोरिङ र स्थानीय स्रोतमा भर परेका छन्। पोखरा र लेखनाथका खानेपानी सम्बद्ध संस्था मागअनुसार पानी दिनै नसकिने बताउँछन्। किन?
मन्त्रिपरिषद् बैठकले सत्य निरूपण र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप गर्न बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने निर्णय गरेको छ।
नेपाल सरकारका मन्त्री उपस्थित नभएपछि बिहीबारको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ।
बाढीका कारण चौधर नदीले धार परिवर्तन गर्दा बेल्लाडी गाउँपालिका र बेलौरी नगरपालिकाका केही वडा प्रभावित बनेका छन्।
बाढीपहिरोका कारण डुम्रे–बेँसीशहर–चामे, विराटनगर–इटहरी धरान, तानसेन–रिडी–कोरालालगायत सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।
चौथो रणनीतिक योजना–२०८१/८२ को मस्यौदालाई उन्नत बनाउन अगामी साउन ७ गतेभित्र आयोगको सचिवालयमा प्राप्त हुने गरी सुझाव दिन आयोगले आग्रह गरेको छ।
काठमाडौँ– राष्ट्रियसभाको बैठक स्थगन भएको छ। बैठक स्थगन भएको जानकारी सूचना टाँसेर दिइएको हो। बिहीबार अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ। अर्को बैठक आइतबार अपराह्न १ः१५ बजे बस्ने संसद् …