AnonymousUser

Logout

बाढीले कञ्चनपुर र कैलाली डुबानमा, जनजीवन प्रभावित

कैलाली र कञ्चनपुरमा डुबान र बाढीबाट आउने खतरालाई मध्यनजर गरेर कर्णाली र महाकाली नदीको पानीको सतहको प्रहरीले निगरानी गरिरहेको छ।

दाङमा बाघको आक्रमणबाट ३ महिला घाइते

सोमबार बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरूलाई बाघले आक्रमण गरेको थियो।

मुगुमा एसएलआर हतियारसहित ३ जना लुटेरा पक्राउ

गत जेठ १४ गते मुगुम कार्मारोङ गाउँपालिका–१ मा आठ जनाको हतियारधारी समूहले ‍लुटपाट गरेको थियो।

देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि खानी तथा भूगर्भ विभागले प्रमाणपत्र प्रदान गरेको छ।

नारायणगढ–बुटवल सडकखण्ड : वर्षाका कारण विस्तारको काम रोकियो

विसं २०७५ माघमा सडक विस्तारको लागि सम्झौता भएर काम शुरू गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशत मात्रै देखिएको छ।

सचेततासाथ जनता नियालिरहेछन् नयाँ गठबन्धन

नयाँ दल र स्वतन्त्र राजनीतिज्ञहरूको उदयलाई निस्तेज पार्नकै लागि स्थापित दलहरूको लगनगाँठो जोडिएको थियो भन्ने ठहर गर्दै भोलि यिनैलाई नामेट गर्न जनता उत्रेको देख्न नपरोस्।

जिम्बाब्वेसँगको दोस्रो टी-२० खेलमा भारत १०० रनले विजयी

यो जितपछि भारतले ५ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ। यसअघि पहिलो खेल जिम्बाब्वेले जितेको थियो।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कांग्रेस र एमालेले मागे सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा

कांग्रेस र एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिएर अर्को सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

बाढीपहिरोका कारण जेठ २८ गतेयता ४८ जनाले गुमाए ज्यान

प्रहरीका अनुसार बाढीपहिरोमा परी काठमाडौँमा एक जना, कोशी प्रदेशमा ११, मधेशमा दुई, बागमतीमा दुई, गण्डकीमा १९ जना, लुम्बिनीमा १०, कर्णालीमा दुई र सुदूरपश्चिममा एकको मृत्यु भएको छ।

मुगुमा यार्सालगायत सामान लुट्ने समूहका ३ जना पक्राउ, ५ अझै फरार

घटना भएको करिब एक महिनापछि लुटपाटमा संलग्न आठमध्ये तीन जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

बेचन झा जसले मन्त्रिपरिषद्लाई नै हात लिएर नक्कली शरणार्थी गिरोहको पक्षमा निर्णय गराए

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेमार्फत् झाले बालुवाटार–सिंहदरबार ‘नेक्सस’ मिलाएको प्रहरीले फेला पारेको उनको त्यतिबेलाको टेलिफोन संवादले देखाउँछ।

डडेलधुरामा पहिरोमा परी १ जनाको मृत्यु, सडक अवरुद्ध

वर्षाका कारण तराई र पहाड जोड्ने भीमदत्त राजमार्ग, डडेलधुरा–डोटी जोड्ने सेती राजमार्ग र बुडर–जोगबुडा जोड्न सडकमा क्षति पुगेको छ।

बजेट संशोधनको माग गर्दै मधेश प्रदेशसभामा जसपा नेपालको अवरोध

बजेट संशोधनको माग गर्दै जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु

मनसुन शुरू भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन्।

फौजदारी न्याय प्रशासन सुधार अध्ययन कार्यदलले बुझायो प्रतिवेदन

फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदलले आफूले‍ तयार पारेको प्रतिवेदन आइतबार प्रधानमन्त्रीलाई बुझाएको छ।

नेप्से परिसूचकमा दोहोरो अंकले बढ्दा ६ अर्बको कारोबार

आइतबार नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ को विन्दुमा कायम भएको हो। 

प्रधानमन्त्रीको राजीनामालाई लिएर सदनमा सत्ता र प्रतिपक्षबीच तर्कवितर्क

कांग्रेस–एमालेका सांसदले नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् भने माओवादीका सांसदले संवैधानिक प्रक्रियाअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने दोहोर्‍याएका छन्।

बाफिया विधेयकमा बैंकर र व्यवसायी छुट्टयाउने प्रस्ताव : धेरै सांसद विपक्षमा 

सरकारले बैंकर र व्यवसायी छुट्टयाउन कडा प्रावधान समेटेर ‘बाफिया’ संशोधन विधेयक संसद्मा ल्याए पनि त्यसलाई पारित गर्ने भूमिकामा रहेका अधिकांश सांसदहरू मूल प्रस्तावकै विपक्षमा देखिएका छन्।

अपांगता भएका व्यक्तिलाई होच्याउने शब्द अभिलेखबाट हटाउन माग

सांसद पदमबहादुर परियारले अपांगता भएका व्यक्तिलाई होच्याउने शब्द प्रयोग गरिएकामा आपत्ति जनाएका छन्।