AnonymousUser

Logout

भद्रकाली सत्तल पुनर्निर्माण : सम्पदाजस्तो मात्र देखिने भवन नबनाउन आग्रह

परम्परागत नेवाः शैलीको आडमा दाची अप्पा टालेर, ज्याकेटिङ गरी सम्पदाजस्तो देखिने मिथक भवन निर्माण नगर्न अभियन्ताले गुठी संस्थान, काठमाडौँ महानगरपालिका र पुरातत्त्व विभागलाई सचेत गराएका छन्।

नेप्से परिसूचक ५२ अंकले बढ्यो, ७ अर्ब ६२ करोडको कारोबार

आइतबार नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ को विन्दुमा कायम भएको छ।

ललितपुर महानगरले हटायो अनधिकृत संरचना (तस्वीरहरू)

ललितपुर महानगरपालिकाले बालकुमारीस्थित बागमती नदीछेउमा अनधिकृत रूपमा बनाइएका संरचना हटाएको छ।

ट्रम्पमाथि गोली प्रहारको विश्व समुदायद्वारा विरोध

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको कडा शब्दमा निन्दा गरेको उनका प्रवक्ताले बताएका छन्। 

राजनीतिक परिस्थितिका कारण स्थगित भयो त्रिविसभा

सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा राजनीतिक परिस्थितिका कारण स्थगित भएको छ।

२० करोड रुपैयाँ बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ

पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियाली नागरिक बाथुमालाई भाडिभालु रहेकी छन्। प्रहरीले उनलाई ठमेलस्थित एक होटलबाट कोकिनसहित पक्राउ गरेको हो।

भोटेकोशी जलविद्युत‍्को ढलान भत्किँदा मृत्यु हुनेका परिवारलाई ३० लाख आर्थिक सहायता

भोटेकोसी–१ जलविद्युत् आयोजनाको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवर्द्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ।

उकालोकर्मी दिपा दाहालसहित २ जनालाई ‘टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’

हेम–सरिता पाठक फाउन्डेसनले 'टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार' उकालोकर्मी दिपा दाहाल र कान्तिपुरका मातृका दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ। 

स्याङ्बोचेको हिमालयन संग्रहालयः फोहोरबाट तयार डाँफेका कलाकृतिको मूल्य ९ लाख

सगरमाथा क्षेत्र घुम्न जाने पर्यटकको आकर्षणको केन्द्र बन्दै गरेको स्याङ्बोचेस्थित हिमालयन संग्रहालयमा आधारशिविर र त्यसभन्दा माथि संकलित फोहोरबाट विभिन्न कलाकृति बनाएर बिक्रीका लागि समेत राखिएको छ।

सुनको मूल्य स्थिर, चाँदी घट्यो

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँ कायम भएको छ।

सिमलताल पहिरो: तीनवटै शवको पहिचान

गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुई र भरतपुर–२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

कोपा अमेरिका: क्यानडालाई टाइब्रेकरमा हराउँदै उरुग्वे तेस्रो

तेस्रो स्थानका लागि भएको खेल निर्धारित ९० मिनेटमा २-२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुगेको थियो। 

बैतडीको जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बन्दी, व्यवस्थापनमा चुनौती

२५ जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ।  चार दशकअघि बनेको कारागार भवन मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छ।

युद्धको उन्मादले हुने कार्बन उत्सर्जन र वातावरणीय क्षति

युद्ध नभएको स्थितिमा रेगुलर सैन्य गतिविधिको मात्र हिसाब गर्ने हो भने सम्पूर्ण कार्बन उत्सर्जनको ५.५ प्रतिशत भार छ, तर युद्धको परिस्थितिमा कार्बन उत्सर्जनको मात्रा सयौँ र हजारौँ गुणा बढेर जान्छ।

पेन्सिलभेनियाको चुनावी र्‍यालीमा गोली चल्दा ट्रम्प घाइते, २ जनाको मृत्यु

ट्रम्पको र्‍याली बाहिर उच्च स्थानबाट बन्दुकधारीले गोली चलाएका थिए। घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए।

यस्तो रहनेछ आइतबारको मौसम

कोशी, मधेश, बागमती र गण्डकीका आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

त्रिशूलीमा बेपत्ता यात्रीमध्ये ३ को शव फेला

सिमलतालमा पहिरोले बगाएका बसका बेपत्ता यात्रीमध्ये तीन जनाको शव भेटिएको छ।

रोपाइँ

रोपाइँमा व्यस्त किसान

असार महिना सकिनै लाग्दा किसान रोपाइँमा व्यस्त छन्। कहीँ रोपाइँ सकिसकेको छ भने कहीँ बाँकी नै छ। विशेष गरी गाउँघरतिर पर्म लगाउने र पर्म तिर्ने जाने चलन रहेकाले रोपाइँ गर्न बाँकी नै छ। यही सिलसिलामा गोरखा जिल्ला अजिरकोट गाउँपालिकाको भीरकुन गाउँमा गर्न रोपाइँ गर्दै किसानहरू। तस्वीर : नेपाल फोटो लाइब्रेरी।

बुद्धिराज वज्राचार्य : ५४ वर्षअघिका चर्चित वडाध्यक्ष, २० वर्षअघि ‘गुमनाम’ मन्त्री

बुद्धिराजले अनेकै गरे। व्यापारी भए, राजनीति गरे, सम्पदा पुनर्निर्माणमा होमिए। जता पनि नेतृत्व नै गरे। २०२७ सालमा ललितपुरका चर्चित वडाध्यक्ष उनी २०६१ सालमा मन्त्री भएयता राजनीतिबाट टाढिए।

प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थी पक्राउ

अर्काको नाममा प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ जनाहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँ जनाएको छ।