AnonymousUser

Logout

नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति पाैडेलसमक्ष लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भर्खरै शीतल निवासमा आयोजित विशेष समारोहमा  प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

बढ्यो सुनचाँदीको मूल्य

छापावाल सुन आज  १ लाख ४६ हजार ९०० रूपैयाँमा कारोबार भैइरहेको छ।

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

७.५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको तथा सबस्टेसन र पावर हाउसमा क्षति पुर्‍याएको छ।

१६औँ पटक कोपा अमेरिका च्याम्पियन बन्यो अर्जेन्टिना

कोलम्बियालाई १–० ले हराउँदै अर्जेन्टिनाले १६औँ पटक कोपा अमेरिकाको उपाधि चुमेको हो।

सिमलताल पहिरो: थप २ शवको पहिचान खुल्यो

शुक्रवार पहिरोले बगाएको बसका यात्रुमध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुई शवको पहिचान खुलेको छ।

साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो

दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि १२६ मिटर लामो झोलुंगे पुल निर्माण गरेको हो।

चीन र रुसले प्रशान्त महासागरमा संयुक्त सैन्य गस्ती गर्ने

युक्रेनमाथि रुसी आक्रमणको कहिल्यै निन्दा नगरेको चीनले द्वन्द्वमा आफू तटस्थ पक्ष रहेको बताउँछ। यद्यपि पश्चिमी नेताहरूले रुसलाई राजनीतिक र आर्थिक समर्थन दिएको भन्दै चीनको आलोचना गरेका छन्।

जोकोविचलाई पराजित गर्दै २१ वर्षीय अल्काराजले जिते विम्बल्डनको उपाधि

उनी तीनै प्रकारका कोर्टः ग्रास, क्ले र हार्डमा ग्रान्ड स्लाम ट्रफी जित्ने सबैभन्दा कान्छो खेलाडी पनि हुन्।

गभर्नरलाई पत्र: बैंकिङ तथा वित्तीय क्षेत्र सुधारमा ध्यान दिनूस्

मुख्यसचिवको तलबलाई आधार मान्ने हो भने काठमाडौँमा चार आना जग्गा किन्न २० वर्षको कमाइ र घर बनाउन अर्को १५ वर्ष बराबरको कमाइ लाग्दो रहेछ।

मौसम पूर्वानुमान: यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

सोमबार राति कोशी, बागमती र गण्डकी  प्रदेशका एक/दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

इंग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो चौथो पटक युरोकप

जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो। 

नयाँ सडकमा फुटपाथ विस्तार रोक्ने सडक विभागको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश

महानगरपालिकाले नयाँ सडकमा पैदलमार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको हस्तक्षेपका कारण रोकिएको थियो।

डुबेर ३ जनाको मृत्यु

स्याङ्जामा कुवामा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने गोरखामा माछापोखरीमा डुबेर एक किशोरले ज्यान गुमाएका छन्।

उच्च वर्षाले जलमग्न हुँदा मानवीय क्षति रोक्न सफल कञ्चनपुरको उदाहरण

कञ्चनपुरमा गत असार २३ र २४ गते नेपालमै अहिलेसम्मको बढी वर्षा मापन भएको थियो। ‘क्लाउड बर्स्ट’ भएर बाढी र डुबान हुँदा पनि पूर्वसूचना र तयारीले सम्भावित ठूलो मानवीय क्षति जोगिएको छ।

मधेश प्रदेशमा बजेटबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

मधेश प्रदेशमा बजेटका सम्बन्धमा उठेका सवाल छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ।

बाढीपहिरोमा परी १०८ जनाले गुमाए ज्यान

जेठ २८ गतेयता देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायत विपद्मा परी १०८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

‘नेसनल पेमेन्ट स्विच’ सञ्चालनमा आउँदै, अब नेपालको आफ्नै ‘एटीएम कार्ड’

‘अनलाइन’ र ‘क्यूआर स्क्यान’जस्ता विद्युतीय भुक्तानीलाई सरल र सुरक्षित बनाई नेपालको आफ्नै भुक्तानी कार्डसमेत प्रयोगमा ल्याउन ‘नेसनल पेमेन्ट स्विच’ स्थापना गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।

बेपत्ता बस र यात्रुको खोजीका लागि विदेशबाट प्रविधि झिकाइने

गृहसचिव एकनारायण अर्यालले बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको जानकारी दिए।

ओली प्रधानमन्त्री नियुक्त, शपथ सोमबार बिहान

एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। ओलीको शपथ सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

विश्वमै नयाँ उभार ल्याइरहेको एआईबारे के छ नेपालको नीति?

विश्वका ७० भन्दा धेरै देशले एआईसम्बन्धी एक हजारभन्दा बढी नीति बनाइसक्दा नेपालले एउटै नीति पनि बनाउन सकेको छैन। विश्वमा ‘डिजिटल कोलोनाइजेसन’को चुनौतीका अगाडि नेपाल किन कमजोर पर्दैछ?