AnonymousUser

Logout

सुन र नीलमणिजडित विश्वकै महँगो लाइटर

राजा लुइस तेह्रौँ युगको पुनर्जागरण शैलीबाट प्रेरित, ‘लुइस तेह्रौँ फ्लेउर डे परमे’ लाइटरलाई शाही मुकुटको रूपमा डिजाइन गरिएको छ।

हवाई दुर्घटनाका सम्बन्धमा छलफल माग गर्दै संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

नेपालमा बारम्बार भइरहेको हवाई दुर्घटनाका सम्बन्धमा छलफल माग गर्दै रास्वपाका सांसदले संघीय संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्।

निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ

निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

मानव बेचबिखनको आरोपमा १ जना पक्राउ

‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मौरिसस पुर्‍याइ मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिको आह्वान

ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा मंगलबार भएको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा १० दिनभित्र सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको छ।

नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

मंगलबार ८.१८ अंकले घटेर नेप्से परिसूचक २९२३.४६ को विन्दुमा कायम भएको छ।

वन्यजन्तु आतंकले बाली जोगाउनै मुस्किल

बँदेलबाट अन्नबाली जोगाउन स्थानीय रातभरि आलोपालो कुरुवासमेत बस्ने गरेका छन्। स्थानीय दीपक बस्ताकोटीका अनुसार बँदेल आतंकले गाउँलेसमेत घरमा बस्न डराउँछन्। 

आफूमाथि आक्रमणदेखि पुटिन–किमको सम्बन्धसम्म, ट्रम्पले मस्कसँगको अन्तर्वार्तामा के भने?

मस्कले यस अनौपचारिक अन्तर्वार्ताले स्वतन्त्र मतदाताहरूलाई खुला दिमागमा मतदान गर्न सहयोग पुग्ने बताएका छन्। साथै उनले कमला ह्यारिससँग पनि एक्समा बहस गर्ने जनाएका छन्।

बांग्लादेशमा १३ वर्षयताकै उच्च मूल्यवृद्धि

खाद्य मूल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ। जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो। 

आलोचनापछि मधेशका मुख्यमन्त्रीले हटाए ८ राज्यमन्त्री 

मन्त्रिपरिषद् ठूलो बनाएको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहले सबै राज्यमन्त्रीलाई हटाएका हुन्।  

सामुदायिकमा अब्बल माछापुच्छ्रे मावि, विद्यार्थीले पनि गर्छन् शिक्षकको निगरानी

माछापुच्छ्रे माविको शिक्षण विधि मात्र होइन अतिरिक्त क्रियाकलाप गर्ने शैली पनि फरक छ। अतिरिक्त क्रियाकलापकै लागि हरेक शिक्षक आफ्नो जन्मदिन विद्यालयको ‘जन्मदिन कोष’मा हजार रुपैयाँ दान गरेर मनाउँछन्।

यूएईको रोजगारी छाडेर स्वदेशमा कृषिकर्ममा रमाएका सन्तोष

सन्तोषले उत्पादन गरेको तरकारी प्युठानका बिजुवार, बाग्दुला, क्वाडी, र खलंगाका पसलमा पुग्ने गरेको छ। व्यवसायीसँग प्रत्यक्ष कारोबार गर्ने हुँदा बजारको अभाव छैन।

मोरङको बेलबारीमा हात्ती मृत फेला

स्थानीय अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा मंगलबार बिहान मृत फेला परेको हो। मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्ग: दाउन्नेमा सडक भासियो, यातायात सञ्चालनमा रोक

भासिएको स्थानमा मर्मतका लागि मंगलबार दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

२५ मेगावाटको सेती जलविद्युत् निर्माण सम्पन्न: परीक्षण उत्पादनको तयारी

सेती नदी जलविद्युत् आयोजनामा पाँच अर्ब रुपैयाँ लागतमा निर्माण भएको हो। जसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्।

मुआब्जाको माग गर्दै भानुभक्त प्राणी उद्यानमा स्थानीयको तालाबन्दी

प्राणी उद्यानले अधिग्रहण गर्ने जग्गा, घरटहरा, खेतबारीको मुआब्जा निर्धारण गर्ने काम सकिएको छ। यसका लागि ४६ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने जनाइएको छ।

व्यावसायिक बाख्रा पालनतर्फ नवलपरासीका किसान

तुलनात्मक रूपमा बाख्रापालनमा कम मेहनत लाग्ने र छिटो नगद आम्दानी हुने भएकाले किसान यसतर्फ अग्रसर भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

दलितविरुद्ध भ्रमपूर्ण भाष्यको राजनीति

जहाँ दिनानुदिन जातका नाममा दलित मारिन्छन्, छुवाछूतको नाममा पिटिन्छन्, समाजबाटै बहिस्कार गरिन्छ, गैर दलितसँग प्रेम गरेकैले मारिन्छन्। यस्तो समाजलाई हामी मिलेर बसेको समाज भन्न सक्छौँ?

देशका विभिन्न स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बाँसबारीको सरकारी जग्गा खाली गर्न चाँदबागलाई काठमाडौँ महानगरको ७ दिने ‘अल्टिमेटम’

चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउने निर्णयविरुद्ध सर्वोच्चमा दायर दुई मुद्दा विचाराधीन रहँदा काठमाडौँ महानगरले जग्गा खाली गर्न ७ दिनको समयसीमा तोकेको छ।