ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको तामाको तार चोरी बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ।
आइतबार राति भएको फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोली टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।
बन्दरगाहको भन्सार यार्डमा एक हजार ५७६ खाली कन्टेनर हुँदा ठाउँ व्यवस्थापनमा समस्या भएको छ।
विश्वकर्मा जात महादेवको सन्तान भएको हुँदा आफूहरूले तीनसुते जनै भिर्न पाउनुपर्ने भगत सर्वजितको माग राणाराजले पूरा गरिदिएको यतिका समय बितिसक्दा पनि जात व्यवस्थाका मुख्य आधार स्तम्भ टसमस भएका छैनन्।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् मिनकुमार अर्यालले आगामी तीन दिन काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको जानकारी दिए।
असार तेस्रो साता गएको बाढीले त्रसित पटराखल्लाका स्थानीय अझै सामान्य अवस्थामा फर्कन सकेका छैनन्। दिनभर बस्तीमा काम गर्ने गरे पनि रात बिताउन विद्यालयमा जाने गरेको स्थानीय सपना सुनार बताउँछिन्।
प्रशोधित पिउने पानीको बोतलभित्र कीरा भेटिएपछि काठमाडौँ महानगरले अनामनगरस्थित किम्ची रेस्टुरेन्ट एन्ड फास्टफुडलाई दुई लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको छ।
सिरहाका इन्जिनियरहरूको अगुवाइमा गठित संघर्ष समितिले कमला नदीमा पुल बनाउन माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ।
दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
मस्यौदामा आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखी गन्तव्य मुलुकको श्रमबजारको माग र प्रवृत्तिअनुसार श्रमिकको सीप, दक्षताको पहिचान गर्ने उल्लेख छ।
संसद्मा सांसदहरूले बाध्यताले पनि ताली ठोक्नुपर्ने अवस्था छ। जस्तो कि नीति तथा कार्यक्रम वा बजेट पारित हुँदा सत्तापक्षका सांसदले मन नपरे पनि ताली बजाउँछन्, विपक्षी सांसद मौन बस्छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले तारागाउँ विकास समितिका नाममा रहेको सम्पत्तिको विवरण तथा सञ्चालन तथा सदुपयोग हुने गरी कार्ययोजना बनाई पेश गर्न निर्देशन दिएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूले भ्रष्टाचारजन्य कसुरको कारबाहीमा पाँचवर्षे हदम्याद राख्न नहुने धारणा राखेका छन्।
भारतीय विदेशसचिव विक्रम मिस्रीको शिष्टाचार भेटवार्ताका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताएका छन्।
चुहावट नियन्त्रणबाट मात्र यस अवधिमा प्रतिवर्ष करिब १२ अर्ब रुपैयाँ थप आम्दानी भएको छ। नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिरहेको प्राधिकरणको भनाइ छ।
सिगास गाउँपालिका–९ ढोल्यामोडमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
आइतबार नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ को विन्दुमा कायम भएको छ।
महिलालाई घरेलु काममा जान सरकारले लगाएको प्रतिबन्धले मानव बेचबिखनको जोखिम बढाएको छ। एजेन्टले नेपालबाट भिजिट भिसामा लगेर घरेलु कामदार आपूर्तिकर्ता कम्पनीहरूलाई बेच्ने गरेको पनि पाइएको छ।
स्थापितले एक करोड रुपैयाँभन्दा बढी रकम सहकारीमा बचत गरेको भए तापनि उपचार गर्न पाँच लाख रुपैयाँ नहुँदा उनको मृत्यु भएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले बताए।