AnonymousUser

Logout

बागलुङमा चिस्यान केन्द्र सञ्चालनमा समस्या

प्राविधिक ज्ञान बिना सञ्चालनमा ल्याइएका चिस्यान केन्द्रबाट राहतभन्दा बढी नोक्सानी भएको किसानले बताएका छन्। 

पहिरोले गमगढी–तारापानी–सोरुकोट सडक अवरुद्ध

सडक अवरुद्ध हुँदा सोरु गाउँपालिकामा दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्रीमा मूल्यवृद्धि भएको छ।

नेपाल भाषा अब ‘गुगल ट्रान्सलेट’ मा उपलब्ध, कसरी भयो सम्भव

नेपाली, भोजपुरी लगायतका अन्य राष्ट्रिय भाषासरह नेपाल भाषाको पनि गुगल अनुवाद हुने भएको छ। त्यसका लागि विश्वका विभिन्न भागमा बस्ने नेवार समुदायका प्रतिनिधिले तीन वर्ष मिहिनेत गरेका थिए।

बाँसबारीका संरचना यथावत् राखिदिन माग गर्दै महानगरमा चाँदबागको निवेदन

आइतबार काठमाडौँ महानगरपालिकाको प्रहरी टोली चाँदबाग स्कुलअघि पुगेर सरकारी जग्गा भएकाले त्यहाँ निर्मित संरचना दुई दिनभित्र हटाउन स्कुल सञ्चालकलाई निर्देशन दिएको थियो।

दाङमा सर्पको टोकाइबाट १ जनाको मृत्यु, १ गम्भीर

मंगलबार राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो। सर्पको टोकाइबाट नै घाइते भएकी उनकी आमाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।

अरुणमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

निरन्तरको वर्षाले मकालु गाउँपालिकाकास्थित फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर पनी बग्न थालेको छ।

पहिरोले नारायणगढ–बुटवल सडक अवरुद्ध

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा मंगलबार राति पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको हो। 

गुल्मीको रेसुंगा र मदानेमा भेटिए ८ नयाँ प्रजातिका चरा

रेसुंगा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर पाइन्छ। नेपालमा पाइने ८९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा पाइन्छन्।

नेपालको कर्मचारीतन्त्र देशभक्त छ? 

देशमा संघीयता लागू हुँदासमेत दुर्गम गाउँमा सेवा प्रवाह गर्ने कर्मचारीको अभाव छ। स्थानीय सरकारद्वारा जनताको घरदैलोमा सेवा दिने कुरा गर्छन्, तर पुराना र सिनियर कर्मचारी स्थानीय तहमा जानै चाहन्नन्।

खाँदबारीका ८ घर पहिराको उच्च जोखिममा

गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र वर्षा भइरहेकाले खाँदबारी नगरपालिका–५ रमितेका आठ घर जोखिममा परेका हुन्।

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

मधेश, बागमती र गण्डकीका केही तथा कोशी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सिंगो कार्यालय एउटै कोठामा, भवन बनाउन आएको बजेट ३ वर्षदेखि फ्रिज

प्रदेश सरकारले डीपीआर स्वीकृत नगरिदिँदा तीन वर्षयता भवन निर्माणका लागि आएको तीन करोड ८५ लाख रुपैयाँ फ्रिज भइसकेको कृषि ज्ञान केन्द्र प्रमुख देवानन्द राय यादवले बताए।

हैजा संक्रमितको संख्या ५० पुग्यो, ललितपुरमै ३८ जनालाई संक्रमण

स्वास्थ्य सेवा विभागले देशभर ५० जनामा हैजा संक्रमण देखिएकोमा ललितपुरमा मात्रै ३८ संक्रमित रहेको जनाएको छ।

एएफसी च्यालेन्जः चर्च ब्वाइजलाई पराजित गर्दै पारो समूह चरणमा

एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै पारो एफसी समूह चरणमा प्रवेश गरेको छ।

सडक भासिएर अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड एकतर्फी सञ्चालन

दाउन्नेमा सडक भासिएपछि अवरुद्ध भएको  नारायणगढ–बुटवल सडकखण्डमा यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ।

अनुत्पादक सभाहल बनाउन सिध्याइयो साढे ९ अर्ब: न चल्छन्, न आफ्नै खर्च धान्छन्

केही वर्षअघि संघ, प्रदेश र स्थानीय तहले भ्युटावर ठड्याउन ठूलो बजेट खर्चिन्थे, अहिले उनीहरू सभाहल र प्रदर्शनीस्थलतिर लागेका छन्। निर्माण भएका, भइरहेका र हुँदै गरेका यस्ता सभाहलमा १५ अर्ब खर्च हुँदैछ। 

मनसुनजन्य विपद्का घटनामा मानवीय क्षति बढ्यो

गत वर्षको तुलनामा यस वर्ष मनसुनजन्य घटनाबाट मानवीय क्षति बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

पोखराबाट काठमाडौँका लागि उडेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ।

संक्रमणकाली न्यायसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेश

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन, २०८१ प्रतिनिधिसभामा पेश भएको छ।

नागरिक उड्डयन क्षेत्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत

मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।