कोशी, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा शनिबार १० दिने चीन भ्रमणमा गएको रास्वपा नेताहरूको टोली भ्रमण छोट्याएर आकस्मिक रूपमा स्वदेश फर्किन लागेको छ।
साना र मझौला उद्यमले केन्द्रीय बैंकसँगको सहकार्यमा सबै क्षेत्रमा दिगो वृद्धि हुने किसिमले काम गर्नुपर्ने राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको भनाइ छ।
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा दोस्रो चरणको ऐतिहासिक मतगणनापछि वामपन्थी नेता दिसानायके विजयी भएका छन्।
लुम्बिनी विकास कोषले ताइवानमा दर्ता भएको चुजी फाउन्डेसनलाई प्राविधिक विद्यालय बनाउन जग्गा दिएको विषयले विवाद निम्त्याएको छ। अध्ययन समितिले उपयुक्त ठहर्याएपछि मात्र जग्गा दिइएको कोषको दाबी छ।
कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले असोजसम्म पानी पर्ने भएकाले डेंगीको जोखिम हुने बताए।
सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिबाट कारबाही सिफारिस गरिएका पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रामेछापको मन्थलीमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको छ।
दुई महिनाको अवधिमा सरकारले ९० अर्ब आन्तरिक ऋण उठाउँदा ३५ अर्ब रुपैयाँ बराबर ऋण तिरेको छ। भदौ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ छ।
बैतडीको शिवालिङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
इस्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र अपर साङ्गी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
इरानको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ भने २० जना घाइते भएका छन्।
विषालु भईकन पनि परागसेचन र पर्यावरणीय सन्तुलनमा मद्दत पुर्याइरहेको अरिंगालको अप्राकृतिक ढंगले सिकार भइरहेकोप्रति जानकारले चासो व्यक्त गरेका छन्। अरिंगाललाई संरक्षण गरिनुपर्ने उनीहरूको भनाइ छ।
समितिलाई मह किसानका समस्या अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको कृषि मन्त्रालयले जनाएको छ।
सरकारी तवरबाटै विशेष दक्ष श्रमिक निःशुल्क जापान पठाउनेगरी थालिएको प्रक्रिया अहिले भद्रगोल छ। कार्यविधिअनुसार म्यानपावर व्यवसायीले पनि कामदार पठाउन पाएका छैनन्, तर कन्सल्टेन्सीले धमाधम पठाइरहेका छन्।
श्रीलंकाका एक करोड ७१ लाख मतदातामध्ये करिब ७६ प्रतिशतले शनिबार सम्पन्न निर्वाचनमा मतदान गरेका थिए।
जुरे पहिरो, महाभूकम्प, नेपाल–भारत नाकामा भएको अवरोध, भोटेकोशी नदीमा आएको बाढी, कोभिड तथा ठेकेदारको कमजोर कार्यसम्पादनले आयोजना निर्माण प्रभावित भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा लगातार वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा महासचिव गुटेरेसले नेपालमा हिमाल पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।