हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने भीमफेदी कुलेखानी सडकअन्तर्गत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाको सडकमा मर्मतसम्भार र ह्युम पाइम बिछ्याउने कार्य सम्पन्न भएपछि सडक पुनः सञ्चालनमा आएको हो।
खप्त्याडस्थित गम्थाको श्री लोकप्रिय माविमा स्थापित सामुदायिक पुस्तकालय मुगुको पहिलो हो। यो पुस्तकालय बनाउन उमेरले भर्खरै २० वर्ष टेक्दै गरेका टेकेन्द्र उपाध्यायले नेतृत्व गरेका थिए।
जवाफ तत्काल आओस् वा नआओस्, परिणाम तत्कालै देखियोस् वा समय लागोस्, हामी प्रश्न गरिरहनेछौँ। यो प्रतिबद्धता दोहोर्याइरहँदा गैरनाफामूलक र विज्ञापनरहित पत्रकारिता गर्ने संकल्पमा पनि हामी उत्तिकै अडिग छौँ।
डुंगामा अधिकांश विद्यार्थी सवार थिए। उनीहरू दुई हप्ताको बिदापछि गाउँबाट म्येइक शहर फर्किरहेका थिए।
आइतबार तोलामा १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन १ लाख ६५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ।
अर्घाखाँचीका पीताम्बर भुसालले अर्कै सिराबाट नचिताएको देश–दुनियाँ देखे। त्योभन्दा बढी उनी संसारकै राम्रा मान्छे र दुनियाँकै मीठो खानपिनको जगत्मा रम्न–रमाउन पाए।
खेलप्रतिको मायाले मलाई कहिल्यै आफूअनुरूप हुन दिएन। खेलले मलाई विशेष मान्छे बनाउँछ वा नयाँ आकार दिन्छ भनेर खेलेकी थिइनँ, मलाई त बस् खेलसँग प्रेम थियो।
जितका लागि पाएको १५७ रनको लक्ष्य नेपालले २ विकेट गुमाउँदै ८ बल बाँकी छँदा पूरा गर्यो। पहिलो खेल १७ रन र दोस्रो खेल सुपर ओभरमा जितेको थियो।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै सञ्चालनमा आएको छ।
बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण हुने गरेको छ। सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ।
अनेकौँ छिद्रमा हुने भ्रष्टाचार नाप्नु धेरै चुनौतीपूर्ण हुन्छ। नैतिकता मापन गर्न त त्योभन्दा झनै गाह्रो हुन्छ। त्यसमाथि नैतिकताको परिभाषा संस्कृतिअनुसार फरक पर्छ।
दुबईमा आइतबार भएको फाइनलमा न्युजिल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो।
दिउँसो लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
वसन्तपुरमा पर्यटन उत्सव
काठमाडौँको वसन्तपुरमा धिमे बादन र नृत्यमा १ हजार कलाकारहरूको संयुक्त प्रस्तुति प्रदर्शन भएको छ। विश्व पर्यटन दिवस २०८१ को अवसर पारेर शनिवार आयोजना गरिएको कार्यक्रममा ३५० जना बाद्य कलाकारले माजुदेगको सिँढीबाट बादन प्रस्तुत गरेका थिए। बादनमा मा धिमे ठूलो धिमे र धुन्याबाट कार्यक्रम शुरू भएको थियो। यसपछि चिगो सानो धिमे, घौ, भुस्या, पोङ्गालगायत मौलिक बाजागाजाका बोलमा ६५० जना नृत्य कलाकारले गद्दी बैठक अगाडि र शिवपार्वती डवलीमा नृत्य गरेका थिए। बादन र नृत्यको निर्देशन सुदनमान मुनिकारले गरेका हुन्। मुनिकारका अनुसार यस प्रस्तुतिमा ६ वर्ष उमेरदेखि ६५ वर्ष उमेरसम्मका कलाकार सहभागी थिए। यसका लागि उपत्यका बाहिर धरानदेखि पनि कलाकार आएका थिए। काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ दरवार स्क्वायर पर्यटन प्रवर्धन संघले कार्यक्रम आयोजना गरेको हो। विश्व पर्यटन दिवसको अवसरमा कार्यक्रम गर्न असोज ११ र १२ गते कार्यक्रमको तयारी भए तापनि अविरल वर्षाका कारण त्यस बेला रोकिएको कार्यक्रम हिजो सम्पन्न गरिएको हो।
नेपाल एअरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीन वटै विमान सञ्चालनमा आएको जनाएको छ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ।
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइरहँदा उनका समर्थकसँगै सहकारी पीडित सडकमा थिए। समर्थकले सरकारको विरोधमा नारा लगाए भने सहकारी पीडितले रकम फिर्ताको माग गरिरहे।
सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट ६ दिनका लागि म्याद थप गरिएको छ।
अहिले खुलामञ्चमा धमाधम निर्माणको काम भइरहको छ। खुलामञ्चलाई घाँसे मैदान बनाउन लागिएको काठमाडौँ महानगरले जनाए पनि अकुपाई टुँडिखेल अभियन्ताहरूले आशंका व्यक्त गरेका छन्।
संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनका लागि सरकारले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ।