रोड्रीले रियल मड्रिड र ब्राजिलका विंगर भिनिसियस जुनियरलाई पछि पार्दै अवार्ड जितेका हुन्। रियलकै मिडफिल्डर बेलिंघम तेस्रो भए।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल र भारतबीचको खेल हेर्न रंगशालाको क्षमताभन्दा बढी दर्शक भएका र खेलाडी एवं दर्शकको सुरक्षार्थ तत्कालका लागि टिकट बिक्री स्थगित गरिएको एन्फाको भनाइ छ।
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंगलबारदेखि शुरू हुँदैछ।
प्रहरीले काठमाडौँबाट नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम रहेको हल्लापछि जाँच भइरहेको तर हालसम्म कुनै शंकास्पद वस्तु फेला नपरेको जनाएको छ।
बक्यौता उठाउने भन्दै पछिल्लो पटक ३४ वटा उद्योगको लाइन काटेर विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारको निर्देशन अवज्ञा गर्ने संकेत गरेका छन्। किन बढिरहेछ सरकारसँग उनको टकराव?
सर्वोच्च अदालतले एमालेले भाटभटेनी डिपार्टमेन्टका सञ्चालक मीनबहादुर गुरुङबाट दान लिएको भनिएको जग्गाको हक हस्तान्तरण लगायतका काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
एसोसिएसनका अध्यक्ष दिलीप बादेले अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमा मखमली फूलको मालाको माग भएको बताए।
राष्ट्रिय सुरक्षा परिषद् बैठकले सेनालाई हातहतियार, खरखजाना तथा अन्य सैन्य सरसामग्री खरिद गर्न नीतिगत स्वीकृतिका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।
सोमबारको कारोबारमा नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ को विन्दुमा पुगेको छ।
विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी एक मुद्दामा प्रतिवादीका कानून व्यवसायीले सोमबार अमेरिकाबाट ‘भर्चुअल’ माध्यममार्फत बहस गरेका छन्।
कृपाश्वर घले गुरुङले फलसँगै बिरुवा बिक्री गरेर पनि राम्रो आम्दानी हुने गरेका छन्। बिरुवा मात्र बेचेर वर्षमा दुई लाख रुपैयाँभन्दा बढीको आम्दानी हुने गरेको उनको भनाइ छ।
रात्रि बजारमा परम्परागत खानाका परिकार, साना तथा घरेलु उद्यमीले उत्पादन गरेका वस्तु तथा सामानसमेत प्रदर्शनीमा राखिनेछ।
एलडीपी नेतृत्वको गठबन्धनले बहुमत गुमाउने अनुमान गरिएसँगै इशिबाले ‘राजनीतिक शून्यता’ हुन नदिने बताउँदै सत्तामा रहिरहने प्रतिबद्धता जनाएका हुन्।
संखुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ।
अधिकांश सामुदायिक विद्यालय दशैँ र तिहारबीच बिदा हुने भएपछि त्यो समयलाई सदुपयोग गर्न काठमाडौँ महानगरपालिकाले कक्षा १० का विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास ‘क्याम्प’ चलाएको छ।
इजिप्टका राष्ट्रपतिले सार्वजनिक रूपमा यस्तो योजना प्रस्ताव गरेको यो पहिलो पटक हो।
आइतबार राति नै भएको अर्को खेलमा वेस्टह्यामसँग म्यानचेस्टर युनाइटेड २–१ गोल अन्तरले पराजित भएको छ।
झण्डै दुई बिघा क्षेत्रफलमा फैलिएको यस तालको वरिपरि अन्य चार वटा सानाठूला पोखरीसमेत रहेका छन्।