फुल्न थालिसकेको फूल वर्षाले नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ।
जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ। जिपमा पाँच जना सवार थिए। अन्य तीन जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।
टस हारेर पहिला ब्याटिङमा उत्रिएको घरेलु टोली अमेरिकाले ३४.४ ओभरमा अलआउट हुँदै १४४ रन बनाएको थियो।
क्रान्तिदेखि मोहभंग भएका गोर्कीलाई सम्झाउने कोशिश गर्दै लेनिनले भनेका थिए 'तिमी टाल्सटाय पढ। तिनले जस्तै उपन्यास लेख। रुसी क्रान्ति बुझ्न ‘वार एन्ड पिस’ ऐना हो।'
नेपालमा वन चौँरी पनि भनेर चिनिने जंगली याक चीन, भारत र नेपालको मूल रैथाने प्रजाति हो। खासगरी अल्पाइन टुन्ड्रा क्षेत्रको घाँसेमैदान र चिसो मरुभूमि क्षेत्रमा पाइन्छ।
दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
प्रहरीले ४० लाख रुपैयाँभन्दा धेरै मूल्य बराबरको तामाको तार चोरीमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ।
लेबनानका सूचना मन्त्रीले इजरायलले जानाजानी आक्रमण गरेको र यसलाई युद्ध अपराध भएको बताएका छन्।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारको समीक्षासहित आगामी दिनमा सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल भएको हो।
सरकारको निर्देशनमा जर्मनीको बोनस्थित भवन र जग्गाको मूल्यांकन गराएर राजदूत रामकाजी खड्काले दुई वर्षअघि नै परराष्ट्रमा प्रतिवेदन पठाएका थिए। परराष्ट्र भने अझै पुनर्मूल्यांकन गराउनेतर्फ लागेको छ।
मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउने सम्बन्धमा लगानी बोर्डसँग छलफल गरेको छ।
गत महिनाको बाढी र डुबानले बालीमा क्षति पुर्याउनु, यो वर्ष टनेल उत्पादन कम हुनु र भारतमै गोलभेडा उत्पादन घटेपछि आयात घट्दा बजारमा गोलभेडाको मूल्य आकासिएको छ।
पारिवारिक भ्रमणमा निस्कएका यात्रु बोकेको बागमती प्रदेश ०१–०३०–च ७६५९ नम्बरको माइक्रोबस धादिङको थाक्रे गाउँपालिका–६ स्थित १० किलोमा दुर्घटनामा परेको हो।
नेपाल औषधि लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरूका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ।
भावनाको कलात्मक संगम गराउने उद्देश्यले यतिबेला नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्यचित्र सिर्जना शिविर’ स्थलगत काव्य–चित्र सिर्जना कार्यक्रम आयोजना गरिएको छ।
ट्रामीले फिलिपिन्सको मुख्य लुजन टापुका बिकोल र क्यालाबारजोन क्षेत्रमा विनाशकारी बाढी र पहिरो निम्त्याएको छ।
दुग्धपदार्थ पर्याप्त मात्रामा उत्पादन हुँदाहुँदै भारतबाट आउने सस्ता सामग्रीका कारण बिक्री प्रभावित हुँदा सरकारले गत फागुनमा आयातमा रोक लगाएको थियो। तर साढे ७ महिनापछि किन आयात खुलाउने तयारी हुँदैछ?
म्याग्दीको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत स्थानमा लगाएको धान र कोदोबालीमा असिनाले क्षति गरेको छ।
बिहीबार राति सशस्त्र प्रहरी बल एकडारा चेकपोस्टबाट खटिएको गस्ती टोलीले चार वटा पोकामा प्याक गरिएको ६०.८ किलो गाँजा बरामद गरेको छ।