स्कटल्यान्डले प्रस्तुत गरेको १५५ रनको लक्ष्य नेपालले २९.५ ओभरमा पूरा गर्यो। नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा ६२ हजार ७६० बचतकर्ताले ३९ अर्ब ९३ करोड रुपैयाँ माग दाबी गरेका छन्। अझै ३८ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ।
एन्फाको अनुसार टिकट जावलाखेल खेल मैदान र भद्रकालीस्थित आर्मी हेडक्वाटरको गेटबाहिर गरी दुई ठाउँमा बिक्री गरिनेछ। टिकट बिहान ८ देखि वितरण हुनेछ।
नेपालमा डेंगीका सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
सरकारसँग तीनबुँदे सहमतिसँगै आन्दोलनरत रुबी खान समूहले मंगलबारदेखि आन्दोलन स्थगित गरेको छ।
ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनीले ठेक्का लिएर अलपत्र छाडेका वीरेन्द्रनगरका सडकको अस्तव्यस्त अवस्था ‘ठेकेदार नेता’ले राज्य–संयन्त्रलाई कुन हद्सम्म अटेरी गरिरहेछन् भन्ने दृष्टान्त बनेको छ।
फ्लोरिकल्चर एसोसिएसनका जिल्ला अध्यक्ष तेजेन्द्र सापकोटाका अनुसार गत वर्ष तिहारको समयलाई लक्षित गर्दै ५० बिगाहा क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको थियो। अहिले सो क्षेत्रफल घटेर ४० बिगाहामा झरेको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
हिजबुल्लाहले इजरायली आक्रमणमा मारिएका हसन नसरल्लाहको उत्तराधिकारीका रूपमा नाइम कासेमलाई छनोट गरेको छ।
फूलखेती शुरूआतमा रहरले गरे पनि हाल बाँकेका किसानहरूको आम्दानीको मुख्य स्रोत बनेको छ। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट आउने प्लास्टिकका फूल–मालालाई बन्देज गर्नुपर्ने उनीहरूको माग छ।
इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसंघीय राहत र कार्य एजेन्सीलाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानून पारित गरेको छ।
पशुपति विकास कोष र मारवाडी सेवा समितिबीच २०६० सालमा गौशाला धर्मशाला सञ्चालनसम्बन्धी भएको सम्झौता गत वर्ष एकतर्फी रूपमा भंग गरेको कोषले गत महिना काठमाडौँ महानगरसँग नयाँ सम्झौता गरेपछि विवाद बल्झिएको छ।
सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले मंगलबार बालुवाटारमा प्रदर्शन गरिरहेको छ।
छापावाल सुन मंगलबार प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै बढी मूल्य हो।
मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको संगम रहेको कागबेनी पितृतर्पणका लागि महत्वपूर्ण तीर्थस्थल मानिन्छ।
काभ्रेमा बाढीपहिरोबाट ७८ जनाको निधन भएको थियो। ६ जना अझै बेपत्ता र ७९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रामपुर नगरपालिकाले प्लास्टिकजन्य माला बिक्री तथा प्रयोगमा रोक लगाएपछि व्यवसायीलाई हौसला मिलेको छ।
झापाको भद्रपुर, हल्दिबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही स्थानमा लगाइएको धानमा डर्टी पेनिकल रोग देखिएको छ।
उनीहरूले रोजगारीका लागि कतार पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ।
महिनावारीबारे फरक समुदायमा फरक सोच कसरी निर्माण भयो? कुनै समाज कट्टर किन भयो र कुनै समाजमा यो छोइछिटोको विषय किन भएन?