AnonymousUser

Logout

दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृह मन्त्रालय

सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको छ।

विस्तृत रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै रुस र इरान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस प्रवेश गर्नुभन्दा तीन दिनअघि रुस र इरानबीच सम्झौता हुन लागेको हो।

नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य

बिहीबार प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँ पुगेको छ। 

दुग्ध विकास संस्थानले तिर्‍यो एकैचोटि ३१ वर्षको सम्पत्ति कर

संस्थानले आर्थिक वर्ष २०४९/५० देखि २०८१/८२ सम्मको १ करोड दुई लाख ८७ हजार ९२६ रुपैयाँ सम्पत्ति कर महानगरलाई तिरेको छ।

डोटी भूकम्प: घर पुनर्निर्माण अछामबाट 

भूकम्पबाट पूर्ण रूपमा क्षति भएका घर पुनर्निर्माणका लागि ४ लाख, आंशिक क्षतिको हकमा १ लाख र सामान्य क्षति भएकाले ५० हजार रुपैयाँ अनुदान पाउनेछन्।

रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा

घरेलु मैदानमा २-० को अग्रता जोगाउन नसक्दा जितका लागि रियलले थप समयसम्म कुर्नुपर्‍यो। थपिएको ३० मिनेटमा रियलले ३ गोल गर्दै सहज जित हात पार्‍यो।

नार्पाभूमि गाउँपालिका: सडक न बिजुली, सधैँ अँध्यारो

विद्युत् अभावले पालिकाले दिने सेवा प्रभावित हुने गरेको छ। सडक सञ्जाल सहज नहुँदा खाद्यान्न तथा विकास निर्माणका सामग्री ढुवानी गर्न समस्या छ।

लैंगिकता र सोच: परम्पराको खोल

घरको काम महिला मात्रै नभएर, साना बालबच्चाबाहेक परिवारका सबैको जिम्मेवारी हो। हाम्रो पाठ्यक्रममा भने अझै पनि ‘आमाले भात पकाउनुहुन्छ’ भन्ने भाष्य र त्यसलाई प्रस्ट्याउने चित्र भेटिन्छन्।

वैदेशिक अध्ययन: ५ महिनामा ४७ अर्ब ३४ करोड खर्च

चालु आर्थिक वर्षको पाँच महिनामा भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई ८५ अर्ब १ करोड रुपैयाँ पुगेको छ। त्यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड रुपैयाँ छ।

यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो कोशी, मधेश र बागमतीमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। 

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानका लागि पूर्ण सुरक्षाको माग

वायुसेवा सञ्चालक संघले पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु क्षेत्रको हवाई उडानमा समस्या आउन सक्ने जनाएको छ। 

दाङमा ९ महिनामा १०७ वटा सवारी दुर्घटना‍मा

दुर्घटनापछि प्रहरीले गरेका अनुसन्धानले चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, सडकको दुरावस्था, यान्त्रिक गडबडी प्रमुख कारण औँल्याएको छ।

अन्तरिक्षमा २ उपग्रह ‘डक’ गरेर भारतले कायम गर्‍यो नयाँ कीर्तिमान

इसरोका अनुसार डकिङपछि दुइटा उपग्रहलाई एउटै रूपमा नियन्त्रण गर्ने कार्यमा सफलता मिलेको छ। अबका दिनमा ‘अनलकिङ’ र ‘पावर ट्रान्सफर’बारे अनुसन्धान गरिने एजेन्सीले जनाएको छ।

वैदेशिक रोजगार बचतपत्रको दुर्दशाः श्रमिकले पत्याएनन् कि सरकार चुक्यो?

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि ल्याइएको रोजगार बचतपत्रबाट आन्तरिक ऋणसमेत व्यवस्थापन गर्ने सरकारको लक्ष्य थियो। निराशाजनक तस्वीरचाहिँ डेढ दशकमा जम्माजम्मी ५ प्रतिशत बचतपत्र बिक्री भएको छ। 

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा विद्यार्थीको प्रदर्शन

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून अध्ययन गरिरहेका नेपाल ल क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्।

भेरी करिडोर स्तरोन्नति गर्न ४ अर्ब बजेट सुनिश्चित

बजेट सुनिश्चित भएसँगै नेपाली सेनाले ट्र्याक खोलेको उक्त सडकखण्डमा नयाँ ठेक्का आह्वान गरी स्तरोन्नति गरिने भेरी करिडोर आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए।

नेप्से परिसूचक ७ अंकले घट्यो, ५ अर्ब ९३ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ अंकको बिन्दुमा कायम भएको छ।

छुरा प्रहारबाट घाइते भएका बलिउड अभिनेता सैफ अली खान खतरामुक्त

खानको उपचारमा संलग्न लीलावती अस्पतालका चिकित्सकको टोलीले उनको अवस्था खतरामुक्त रहेको, स्वास्थ्य स्थितिमा पनि क्रमिक सुधार भइरहेको जनाएको छ।

सातै प्रदेशमा पुग्यो एचपीभी खोप

माघ २२ देखि फागुन ६ गतेसम्म देशभर कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेरसमूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइँदै छ।

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान

सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काविरुद्ध उजुरी आह्वान गर्ने‍ निर्णय गरेको छ।