AnonymousUser

Logout

बीपी उद्यानमा रहेका व्यापारीलाई स्थानान्तरणका लागि वीरगन्जले दियो २ विकल्प

महानगरले गत पुस २० गते बीपी उद्यानमा अस्थायी घरटहरा बनाएर बसेका डोमबस्तीको संरचना भत्काएको थियो। यद्यपि तरकारी, फलफूल तथा कपडा व्यापारीले भने त्यहीँ व्यापार गरिरहेकै छन्।

विदेशबाट फर्किएर कृषि पेसामा जोडिँदै भोजपुरका युवा

विदेशको भोगाइपछि आफ्नो ठाउँमा उद्यमशील बन्ने सोचका साथ व्यवसायमा जोडिएको युवाहरू बताउँछन्।

सहज बन्दै छ मनाङको यात्रा

ट्र्याक खोलेको करिब २० वर्षपछि डुम्रे–बेँसीसहर–चामे सडकखण्ड कालोपत्र र स्तरोन्नती हुन थालेपछि यात्रा पनि सहज बनेको छ। 

छात्रवृत्ति नदिन जनकपुर उद्योग वाणिज्य संघ 'बिचौलिया', निजी विद्यालयलाई उपमहानगरको पनि साथ

जनकपुरधाम उपमहानगरले परीक्षा लिएरै छात्रवृत्तिका लागि छनोट गरी पठाएका विद्यार्थीसँग निजी विद्यालयले शुल्क लिन पाउने निर्णय उपमहानगरकै शिक्षा विभाग प्रमुख नेतृत्वको समितिले गरेको छ।

६ महिनामा १ खर्बभन्दा बढी थपियो सार्वजनिक ऋण

सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ३४ अर्ब ७१ करोड रुपैयाँ र बाह्य ऋण १३ खर्ब १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ।

गाजामा युद्धविराम शुरू, स्थायी शान्तिको प्रयासमा एक खुड्किलो

गाजाका लागि अत्यावश्यकीय सामान बोकेका ट्रकलाई सुरक्षा जाँचपछि प्रवेश गर्न दिइनेछ। इजिप्ट–गाजा सीमामा खाद्यान्न र अन्य अत्यावश्यक सामग्री बोकेका सयौँ ट्रक गाजा प्रवेशको पर्खाइमा लामबद्ध छन्।

मधेश आन्दोलनको १८ वर्ष: ओभाउन सकेनन् शहीद परिवारका आँसु

आन्दोलनले ल्याएको परिवर्तनले जनताको जीवनस्तर भने उस्तै रहेको शहीद परिवारको गुनासो छ। सरकारले पनि रोजगारी र जीविकोपार्जनमा आफूहरूलाई सहयोग नगरेको उनीहरू बताउँछन्।

छुदेनको ‘उरमाल’ र गजेन्द्रको ‘जंगबहादुर इन इङ्ल्याण्ड’ सार्वजनिक

शनिबार काठमाडौँमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा यी दुई पुस्तकको विमोचन भएको थियो।

चिया बेचेर मासिक १ लाख कमाइरहेका विनोद

लालबन्दी नगरपालिका–९ का ४२ वर्षीय विनोदले चिया बेचेरै नाम र दाम कमाएका छन्। उनको चिया पसल लालबन्दीमा ‘भान्जाको चिया पसल’ नामले परिचित छ।

अमेरिकी-नेपाली आप्रवासीबारे नेपाल मौन रहन मिल्दैन

आप्रवासीमा सिर्जना गरिएको भयको स्थिति जोगाइरहनु र त्यही त्रासको आडमा आप्रवासी मजदुरलाई कमभन्दा कम ज्यालामा काम गर्ने वातावरण सिर्जना गरिरहनु अमेरिकी स्वार्थ हो।

न्यूनचापीय प्रणालीको प्रभाव: कर्णाली र सुदूरपश्चिममा आंशिक बदली

तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जंगली हात्ती बस्तीमा पसेपछि हरिपुरका स्थानीय त्रसित

हात्तीको बथानले स्थानीयले लगाएको मकै, गहुँ र उखुबालीमा पनि क्षति पुर्‍याएको सब–डिभिजन वन कार्यालयका प्रमुख रोहित चौधरीको भनाइ छ।

नेपाली महिला टोली खो–खो विश्वकपको फाइनलमा

नेपाली महिला राष्ट्रिय खो–खो टोली युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ।

कलकत्तामा चिकित्सकको बलात्कार र हत्या प्रकरणमा अस्पतालका स्वयंसेवक दोषी ठहर

कलकत्तास्थित सरकारी अस्पतालमा चिकित्सकको बलात्कारपछि हत्या प्रकरणमा अदालतले अस्पतालका नागरिक स्वयंसेवक सञ्जय रोयलाई दोषी ठहर गरेको छ। न्यायाधीश अनिर्बान दासले यो मुद्दामा सोमबार सजाय सुनाइने बताए।

दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती

विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयको कौसीमा विभिन्न प्रकारका तरकारी फलाएका हुन्। यी तरकारीमध्ये केही उनीहरूले आफैँ पनि पकाउँछन् भने केही बिक्री पनि गर्छन्। 

व्यक्तिको जग्गामा नगरपालिकाको बलमिच्याइँ: अदालतको चेतावनीपछि पनि संरचना बनाउने इजाजत दिन आनाकानी

बुढानीलकण्ठ नगरपालिकाले बलपूर्वक हडपेको व्यक्तिगत सम्पत्ति अदालतको आदेशमा फिर्ता गरे पनि सोही जग्गामा संरचना निर्माणका लागि इजाजत नदिएर अर्को बलमिच्याइँ गरेको छ।

इरानको सर्वोच्च अदालतमा २ न्यायाधीशको गोली हानी हत्या

तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोलीकाण्डमा दुई न्यायाधीशको मृत्यु भएको छ।

अपांगताले छेकेन भागिरामलाई, विद्युतीय उपकरण मर्मत गरेर जुटाउँछन् घरखर्च

पक्षाघात जस्तो जटिल रोगसँग लड्दै भागिराम चौधरी यतिबेला विद्युतीय उपकरण मर्मतसम्बन्धी पसल सञ्चालन गरी परिवारको खर्च सहज रूपमा जुटाउँदै आएका छन्।

यू१९ विश्वकप क्रिकेटः नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित

आईसीसी यू१९ टी२० महिला विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित भएको छ।

पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा

इजरायलको न्याय मन्त्रालयले गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा गरिने जनाएको छ।