AnonymousUser

Logout

जय ट्रफीको उपाधि पुलिसलाई, आर्मी २८ रनले पराजित

वीरगन्जस्थित नारायणी रंगशालामा पुलिसले दिएको १०३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी ७४ रनमा अलआउट भयो।

संखुवासभाको बाह्रबिसे बजारमा आगलागीबाट ५ घर जले

आगलागीबाट घरमा रहेका गरगहना, लत्ताकपडा र खाद्यान्नसमेत गरी २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।

मौलिक पोसाक भाडामा लगाएर आम्दानी

तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकले मगर, थकालीलगायत जातजातिको पोसाक लगाएर तस्वीर र भिडियो खिच्ने गरेका छन्।

​​​​​​​‘बजेट र दक्ष जनशक्ति भए नेपालका संग्रहालय गन्तव्यस्थल बन्न सक्छन्’

‘राष्ट्रिय संग्रहालयलाई सार्कअन्तर्गतका विभिन्न संग्रहालयसँग दाँज्ने हो भने यहाँका सामग्री संख्यात्मक हिसाबमा धेरै छन्। तर प्रदर्शन गर्ने हिसाबमा अझै पनि सुधार हुन सकेको छैन।’

आर्थिक संकटमा हेटौँडा सिमेन्ट उद्योग: ३ महिनादेखि उत्पादन ठप्प

दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको हेटौँडा सिमेन्ट उद्योग आर्थिक समस्याका कारण थलिएको छ।

कन्काई पुल: ५ पटक म्याद थप, १३ वर्षमा आधा काम

झापा गाउँपालिका–२ र गौरीगन्ज गाउँपालिका–१ जोड्ने कन्काई पुलको निर्माण १३ वर्षदेखि अलपत्र परेको छ। चार वर्षमा सक्ने सम्झौता भएको पुल नबन्दा स्थानीयले सास्ती बेहोर्नु परेको छ।

गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत

यस सम्झौताले गाजामा लडाइँ रोक्ने, प्यालेस्टिनी नागरिकलाई आवश्यक मानवीय सहयोग बढाउने र बन्धकलाई उनीहरूको परिवारसँग पुनर्मिलन गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।

रहेनन् जासुसी आख्यानकार दीर्घबाहु

९४ वर्षीय दीर्घबाहुको पार्थिव शरीरको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

निकुञ्जमा ‘हेलिकप्टर उडान’का दुई अतिवाद र समाधान

निकुञ्जले पुनः व्यावसायिक हेलिकप्टर उडान गर्न दिँदा वन, वन्यजन्तु र जैविक विविधतामा असर नपुग्ने गरी स्पष्ट मापदण्ड बनाएको देखिँदैन।

बसाइँसराइले रित्तिँदै गएका बागलुङका गाउँमा वन्यजन्तु आतंक

दशक अगाडिसम्म रमाइला गाउँबस्ती अचेल उराठलाग्दा छन्। घरमै बाँदर, ब्वाँसो र स्याल आएर दुःख दिन थालेपछि स्थानीय त्रसित छन्।

देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना

कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

निकुञ्ज तथा आरक्ष क्षेत्रमा विकास निर्माण आयोजना सञ्चालन गर्न सहजीकरण गर्ने कानूनी व्यवस्था खारेज

व्यवसायीलाई लगानीमा सहजीकरण गर्न भन्दै निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा गरिएको संशोधनलाई संवैधानिक इजलासले खारेज गरेको हो।

एचएमपी भाइरसबारे स्वास्थ्य मन्त्रालयले अध्ययन गर्ने

इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले भाइरसबारे नेपालका बिरामीमा पहिलो पटक अध्ययन गर्न लागेको जनाएको छ।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीविरुद्ध दायर रिट खारेज

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीविरुद्ध दायर रिट संवैधानिक इजलासले खारेज गरेसँगै उनको सांसद पद जोगिएको छ।

किन अनिश्चित भयो प्रिमियम मूल्यको आईपीओ निष्कासन?

कमजोर वित्तीय अवस्था भएका कम्पनीलाई पनि महँगोमा आईपीओ निष्कासन गर्न दिएको भन्दै सार्वजनिक लेखा समिति र महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएपछि रोकिएको प्रिमियममा आईपीओ निष्कासन अनिश्चित बनेको छ।

भूमिसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन्।

रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा लामिछानेलाई अदालतले धरौटीमा छोड्न आदेश दिएको हो।

कांग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता

नेता कोइरालाको निजी सचिवालयका अनुसार मार्टिनले शान्ति प्रक्रियाका कुरालाई लामो समयसम्म राख्न नहुने बताएका थिए।

सामान्य बढ्यो शेयरबजार, ५ अर्ब ८२ करोडको कारोबार

आज नेप्से परिसूचक १.८३ अंकले बढेर दुई हजार ५९५.९६ को बिन्दुमा कायम भएको छ।

संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा भएन सुनुवाइ

संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिप्रसाद फुयालले उक्त मुद्दा आफूले हेर्न नमिल्ने भनेर घोषणा गरेपछि आजका लागि तोकिएको सुनुवाइ हुन नसकेको हो।