AnonymousUser

Logout

ठेकेदारले काम नगर्दा राजविराज–छिन्नमस्ता सडकको बिजोग

सडकमा जताततै खाल्डाखुल्डी मात्रै छन्। पानी जमेर पोखरी बनेको छ। ठाउँ–ठाउँमा भत्किएर पैदल हिँड्नसमेत सकिने अवस्था छैन।

‘ऐतिहासिक सामग्रीलाई इतिहासकै नजरबाट हेर्नुपर्छ’

मिहिन ढंगमा हेर्ने हो भने कसैसँग चिना परिचय गर्दा पनि हामी नाम मात्रै नभई थरसमेत जान्न इच्छुक हुन्छौँ, त्यसमा कुनै खालको आफ्नोपन अथवा विभाजन छुटिने गरी।

तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

खाँदबारी–२ चेवाबेसीमा १७.४ किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो। प्रभावित स्थानीयलाई करिब १ अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ।

यस्तो रहनेछ आइतबारको मौसम

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यासको यथावत्   

आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ३७ अमेरिकी डलरका दरले घटाइएको निगमले जनाएको छ।

रुसको कामचट्कामा २२ जना सवार हेलिकप्टर सम्पर्कविहीन

रुसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकप्टर बेपत्ता भएको छ।

कलंकीमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु

कलंकीमा मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर बसमा ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

‘रेलको बाटो’का गायक सुरजको कथाः वनरक्षकको जागिर, साथमा हार्मोनियम

चार वर्षअघि काठमाडौँ–केरुङ रेलको चर्चा चलिरहेको थियो। त्यही बेला सुरज पण्डितले ‘रेलको बाटो...’ गीत निकाले र देशभर चर्चा कमाए। तर उनलाई जुम्लामा भने पहिलो गीतले नै चिनाएको थियो।

जंगली हात्तीको त्रासमा रातभर जाग्राम बस्छन् मध्यवर्ती क्षेत्रका स्थानीय

दैनिक रूपमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले क्षति पुर्‍याउने गरेका छन्। हात्तीबाट पीडित भएकालाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आए पनि त्यो पर्याप्त नभएको स्थानीय बताउँछन्। 

२ जना प्रधानाध्यापक नियुक्त भएपछि शहीद धर्मभक्त माविमा तनाव

कमल गाउँपालिका–३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयमा नियुक्ति पाएका दुवै प्रधानाध्यापकको पक्ष-विपक्षमा दिनहुँजसो प्रदर्शन हुँदा पढाइ प्रभावित भएको छ।

चोकाछे गल्लीमा मेरो बास

हुलाकी सडकले छोएको सिरहा, नरहनियामा ७७ वर्षअघि जन्मे–हुर्केका योगेन्द्र पूरापूर मैथिलभाषी परिवारका सदस्य थिए। गुरुकुल पढाइमा हिन्दीभाषी बने, विद्यालयमा पुगेर नेपालीभाषी र विश्वविद्यालयमा अंग्रेजीभाषी।

सिन्का बेचेर जीवन निर्वाह गर्दै ७९ वर्षीय धनबहादुर

आफ्नै घरनजिकै बाँसको झ्याङ रहेको र अरूसँग किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि यो पेसामा लागेको धनबहादुर सुनाउँछन्।

पर्यटकीय गन्तव्य

गर्मी छल्न मैलुङ झरना

रसुवाको उत्तरगया गाउँपालिकामा रहेको मैलुङ झरना आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। गर्मी बढेसँगै झरनामा रुझ्न आउने मानिसको संख्या उल्लेख्य रहेको स्थानीय बताउँछन्। अन्य दिनको तुलनामा बिदाको दिन भने अत्यधिक घुइँचो लाग्ने गर्छ। काठमाडौँदेखि करिब ७० किलोमिटर दूरीमा रहेको झरनामा मोटरसाइकल र बसबाट पुग्न सकिन्छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी

पहिरोले कर्णाली ४ दिनदेखि राजमार्ग अवरुद्ध, स्याउ बोकेका सवारीसाधन अलपत्र

कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध हुँदा हुम्ला, मुगुबाट सुर्खेत तथा नेपालगन्ज स्याउ बोकेर हिँडेका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन्।

कानूनी प्रतिनिधि नियुक्त नगरेपछि ब्राजिलमा एक्समाथि प्रतिबन्ध

ब्राजिलको दूरसञ्चार एजेन्सीका प्रमुखले एक्स प्लेटफर्म निलम्बन गर्न आदेश दिइएको पुष्टि गर्दै आदेश कार्यान्वयनको प्रक्रिया अघि बढेको बताएका छन्।

पर्यटक लोभ्याउँदै भोजपुरको महभिर झरना

झरना भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा छ। सडकको सहज पहुँच भएसँगै पर्यटकको आवागमन बढेको छ।

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना

हेलिकप्टर उडेलगत्तै सन्तुलन गुमाएर दुर्घटना भएको हो। दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।

ठमेलस्थित छायादेवी कम्प्लेक्स परिसरमा धर्ना दिने ६ जना प्रहरीको नियन्त्रणमा

पोखरी बचाउने अभियानमा रहेका भागवत प्रधानलाई स्थानीयले पनि साथ दिएका छन्। उनीहरूले लामो समयदेखि आन्दोलनसमेत गर्दै आएका छन्।

बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन

नेवार समुदायको साझा संस्था नेपाल भाषा मंकाः खलःअन्तर्गतको युवाहरूको समूह ल्याम्हः पुचःको नेतृत्वमा बेनी बजार र मंगलाघाट बजारमा जोगीनाच प्रदर्शन गरिएको छ।

नेपाल प्रिमियर लिग खेल्ने ८ टोलीको नाम सार्वजनिक

एनपीएलमा प्रतिस्पर्धा गर्ने टोलीहरूमा विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम छन् ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।