टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन मात्र बनाउन सक्यो।
बाक्लो कुहिरोका कारण बिहान सवारीसाधन चलाउन कठिन भएको चालकहरूले बताएका छन्। सवारीसाधनले दिउँसै बत्ती बालेर चलाउनुपर्ने अवस्था छ।
प्रदर्शनीस्थल प्रायः सफा र चिटिक्क हुन्छ, तर यहाँ अस्तव्यस्त सडककै रूप दिइएको छ। भुईंमा बिच्छ्याइएको त्रिपाल बागमति बनेर बगेको छ र त्यसको दाहिने काठमाडौँ तथा देब्रे ललितपुरका खाल्डाखुल्डी सडक छन्।
सम्झौता आइतबारदेखि लागू हुनेछ। १५ महिना लामो युद्धका क्रममा ४६ हजार ७८८ प्यालेस्टिनीको मृत्यु भएको थियो।
मुसहर अगुवा अघनु सदाका अनुसार गरिब र विपन्न यस बस्तीका बालबालिका जाडोकै कारण दुई महिनादेखि विद्यालय नगएका हुन्।
किताबको नाम ‘ल्हासाको खबर’ राखिएको छ। नेपाली भाषाका पाठक समक्ष पुग्न यस किताबले महत्त्वपूर्ण भूमिका खेल्ने बिष्टका सुपुत्र एवं पूर्वमन्त्री केशरबहादुर विष्टको विश्वास छ।
काभ्रेपलान्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको छ।
एक पटक शान्तिकर्मी संस्थाले दिएको तालिममा सहभागी हुन जर्मनी भ्रमण गर्ने अवसर पंक्तिकारले पाएको थियो। उक्त अवसरमा सबै शाकाहारी भोजन मात्र 'सर्भ' गरिएको थियो।
कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नुपरेको दूतावासले जनाएको छ।
तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मलेसियामा आयोजना हुने आईसीसी यू१९ महिला विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले बांग्लादेशको सामना गर्दै छ। खेल नेपाली समयअनुसार शनिबार दिउँसो १२ः१५ बजेदेखि शुरू हुनेछ।
‘इकोनोमिस्ट इन्टेलिजेन्स युनिट’का अनुसार सन् २०३५ सम्ममा चीनको कुल जनसंख्याको करिब एक तिहाइ जनसंख्या ६० वर्षमाथिको मानिसको हुनेछ।
२०४६ सालको परिवर्तनपश्चात सरकारको अस्थिरतामा दरबारको हल्का चलखेल पनि देखिन्थ्यो, दोस्रो जनआन्दोलनपछि भने शक्तिराष्ट्रको चलखेल देखिनेगरी नै छ।
सुक्खा पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।
सरकारले संघीय संसद्को नियमित अधिवेशन बोलाएर कानून निर्माण नगरी, संसदीय समितिमा छलफलको क्रममा रहेका विधेयक फिर्तासमेत नलिई अध्यादेश जारी गरेका भन्दै प्रतिपक्षी दलले आपत्ति जनाएका छन्।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार १३ मिटर गहिराइसम्म ‘ड्रिलिङ’ कार्य सकिएसँगै त्यसबाट प्राप्त ‘स्याम्पल’ लिएर प्राविधिक टोली चीन फर्किएको बताए।
नयाँ सम्झौता नहुन्जेल दुवै संस्थाको सहकार्यको दैनिकी सञ्चालनका लागि सम्बन्धित डीन र प्रशासकीय निर्देशक रहेको तीन सदस्यीय अन्तरिम सहजीकरण समिति गठन गरिएको छ।
अमेरिका, क्यानडा र युरोपका केही देशमा जुनसुकै प्रयोजनका लागि जाँदा पनि टीड्याप खोप लगाएको प्रमाण पेस गर्नुपर्छ। तर नेपालमा सरकारी तवरबाट यो खोप उपलब्ध नहुँदा निजी फार्मेसीको मनोमानी छ।
अमेरिका, क्यानडा र युरोपका केही देशमा जुनसुकै प्रयोजनका लागि जाँदा पनि टीड्याप खोप लगाएको प्रमाण पेस गर्नुपर्छ। तर नेपालमा सरकारी तवरबाट यो खोप उपलब्ध नहुँदा निजी फार्मेसीको मनोमानी छ।
अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण खान दम्पतीलाई अदालतले दोषी ठहर गरेको हो।