संसद्मा विचाराधीन ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’लाई फिर्ता लिएर सरकारले दोस्रो पटक अध्यादेशमार्फत ‘बजेट क्यालेन्डर’ संशोधन गरेको छ।
नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी नेपालका लागि एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को दूत नियुक्त भएका छन्।
महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ।
माघे संक्रान्तिलाई लिम्बू समुदायले ‘कक्फेक्वा तङ्नाम’का रूपमा महत्वका साथ मनाउने गर्छन्। यस दिनदेखि लिम्बू समुदायको नयाँ वर्ष शुरू हुने गर्छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ।
उत्तरी भित्री क्षेत्रबाट प्रहार गरिएको छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र कोरियाली प्रायद्वीप र जापानको सीमा क्षेत्रस्थित समुद्रमा अवतरण गर्नुअघि लगभग २५० किलोमिटर उडेको दक्षिण कोरियाले जनाएको छ।
'नेपाल–नेपालीको गुडविललाई दोहोरो रूपमा जोगाएर राख्न सकिएको मुलुक बेलायत हो, जहाँ थोरै मात्रै प्रवर्द्धनात्मक कार्यक्रम गर्न सकियो भने पनि बेलायती पर्यटकलाई राम्रै संख्यामा नेपाल भित्र्याउन सकिन्छ।'
सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।
माघे संक्रान्ति पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुशी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
समाजमा गडिएर बसेको छुवाछूत, घृणा र अपमानको मनोविज्ञान हो। युगौँदेखि समाजमा रहेको त्यस मनोविज्ञानकै कारण लाखौँ दलितहरू उत्पीडन र गरिबीमा परेका हुन्।
थारु समुदायले पनि यो पर्व विशेष रूपमा मनाउँदै छन्। बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा छ।
१५ वर्षीय किशोरलाई भारतबाट अपहरण गरी ल्याएर बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्रेर अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान शुरू गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माइती नेपालको अक्षय कोष वृद्धि गर्न एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प, बाढी पहिरोजस्ता विपद्बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण गर्न करिब एक खर्ब एक अर्ब १२ करोड लागत लाग्ने अनुमान गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा चार वटा अध्यादेश जारी गरेका छन्।
स्वर्णलक्ष्मी सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी मुद्दामा सोमबार थुनछेक बहस नसकिएको र मंगलबार सार्वजनिक बिदा परेकाले पूर्वगृहमन्त्री रवि लामिछाने बुधबारसम्म प्रहरीकै जिम्मामा रहने भएका छन्।
लस एन्जलसमा लागेको भीषण डढेलोमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ भने करिब एक लाखको हाराहारीको संख्यामा विस्थापित भएका छन्।
नागरिक समाजका अगुवाहरूले यथाशक्य चाँडो संसद् बैठक आह्वान गर्न माग गरेका छन्।
आईसीसी यू१९ महिला टी२० विश्वकपको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको छ।