चीनको डिपसिक च्याटबटले एआई क्षेत्रमा प्रतिस्पर्धा तीव्र पारेसँगै अमेरिकी टेक दिग्गज ओपनएआईले सोमबार ‘डिप रिसर्च’ नामक च्याटजिपिटी टूल सार्वजनिक गरेको हो।
विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने भएको हो।
उद्घाटन गरिएको एउटै भवनका तीन वटा तलामा स्वास्थ्यमन्त्री पौडेल, उपकुलपति प्राडा. ज्ञानेन्द्र गिरीसहितको नाम उल्लेख गरिएका तीनवटा शिलालेख राखिएको छ।
वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ। वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ।
दक्षिण अफ्रिकाले मानवअधिकार उल्लंघन गरेको भन्दै स्थितिको अनुसन्धान पूरा नभएसम्म सबै प्रकारका सहयोग रोक्का गर्ने बताएका छन्।
वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले ६ महिनामा झण्डै ५६ अर्ब ८३ करोड रुपैयाँ बराबर खर्च गरेका छन्।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कानूनलाई अस्पष्ट राखी, अभियोजन गर्ने निकायलाई व्याख्या गर्ने ठाउँ दिई तजबिजी अधिकारलाई प्रश्रय दिँदा अनैतिक क्रियाकलाप मौलाउने सम्भावना बढ्छ। अस्पष्ट विधेयक पारित गर्दा कानूनी शासन स्थापित हुन सक्दैन।
वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्ने मन्त्रालयले जनाएको छ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ।
बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
‘बेटिङ एप्लिकेसन’मार्फत सट्टेबाजीमा तीन अर्ब रुपैयाँ बढी करोबार गरेको आरोपमा प्रहरीले सानेपाबाट १० भारतीय नागरिकसहित २४ जनालाई पक्राउ गरेको छ।
तनहुँको मालेबगरमा टिपरको ठक्करबाट स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्।
उदयपुरगढी, दनुवारबेँसीका कृषक रितबहादुर तामाङ विगतमा फापर, जुनेलो उत्पादन गरेर अन्यत्र बिक्री गर्ने गरिएकामा हिजोआज खेती हुन छाडेपछि आफैलाई खान पनि खोजेर ल्याउनुपर्ने अवस्था आएको बताउँछन्।
चार अर्ब हिनामिना गरेर सञ्चालक भरत महर्जन बेलायत भागेपछि गम्भीर संकटमा परेको सुमेरु सहकारीमा पूर्वराजाका ज्वाइँ राजबहादुर सिंहको ‘एन्ट्री’ भयो। त्यसको ६ महिनामै यो सहकारी समस्याग्रस्त घोषित भएको छ।
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट समितिमाथि प्रश्न उठाउँदै उपकुलपतिका सात जना उम्मेदवारले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई पत्र बुझाएका छन्।
बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आइतबार पाटेबाघ मृत फेला परेको छ।
बेलायतले यौन दुर्व्यवहारजन्य तस्वीर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणलक्षित नयाँ कानूनको घोषणा गरेको छ।
आइतबार नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल १५ रनले पराजित भएको छ। जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो पराजय हो।
राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदले जनताका जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि आग्रह गरेका छन्।