पञ्चायतकालदेखि नै मूर्ति चोरीका घटनाले चर्चा पाउँथे। त्यति बेला हराएका मूर्ति फिर्ता आइरहँदा अन्य मूर्ति हराउने क्रम रोकिएको छैन। गत साता मात्र धर्मस्थलीबाट धातुका आठ थान प्राचीन मुकुण्डो हराएका छन्।
कठोर भन्सार लगाउने ट्रम्पको धम्कीपछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले सीमा सुदृढीकरण र फेन्टानिल तस्करीविरुद्ध कारबाही गर्न नेसनल गार्ड पठाउने बताएका थिए।
जिल्लाका खबरा, बगरफाँट, राखु, अर्मन, पीपलबोटलगायत ठाउँका किसानले केरा खेतीबाट राम्रो आम्दानी गर्दै आएका थिए। अहिले बोट नै सुक्ने रोग देखिएपछि उनीहरू समस्यामा परेका छन्।
बिहीबार बिहान ग्यास लिक भएर भएको विस्फोटमा ११ जना घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
भारतको नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा उनीहरू युक्रेन पुगेका थिए।
सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलुखोलामा बाँध निर्माण गरी पानी संकलन गरिएको छ। उक्त पानी ६ किलोमिटर टाढा भदौरेस्थित पावर हाउसमा झारिनेछ।
विकासका गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बन्दीपुर गाउँपालिकाले जनाएको छ।
मोन्टीको विकल्प खोज्दै गरेको क्रिकेट संघले एनपीएलको भव्य आयोजनासँगै माथिल्लो स्तरको कोच लिनुपर्ने धारणा राख्नु खराब होइन, बरु ढिला पो भयो त!
राणाकाल र पञ्चायतकालदेखि नै प्रसिद्ध भोजपुरे खुकुरी जनशक्ति र सल्लाका काठ, कोइला, गोल जस्ता कच्चापदार्थको अभावका कारण उत्पादनमा कमी आउन थालेको उद्यमीहरूको गुनासो छ।
तराईका भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नभएको भन्दै गुठी पीडित मोही किसान संघर्ष समितिले काठमाडौँमा आन्दोलन गरेको हो।
सरकारले संसद्मा प्रस्तुत छ वटै अध्यादेश संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बिहीबार बस्ने बैठकबाट पारित गर्ने विश्वास लिएको छ।
बाँसबारीको जग्गा फिर्ता ल्याएर काण्ड सामसुम पार्ने थालनी २०८० माघ २२ मै भएको थियो। त्यही दिन हो– सीआईबीले अनुसन्धान नसकिँदै, पक्राउ परेकाहरू हिरासतमा छँदै मालपोतलाई जग्गा फिर्ताका लागि पत्राचार गरेको।
‘धेरैजसो भन्सारमा आवश्यक पूर्वाधार छैन। जाँचपास मेसिन नियोजित ढंगले बिगारिएका छन्। कर्मचारी, सुरक्षाकर्मी, भन्सार एजेन्ट, व्यापारीको मिलेमतो छ।’
चितवनको साहारा बचत सहकारीको रकम ठगी मुद्दामा बुधबार चलेको थुनछेक बहस नसकिएपछि भोलि फेरि उपस्थित गराउने गरी लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो।
अर्जेन्टिनाका वैज्ञानिकहरूले आनुवंशिक सम्पादन (जिन इडिटिङ) गरेर तयार पारेका यी घोडाहरूलाई पोलो खेल्नमा प्रयोग हुने विशेष घोडाको उन्नत संस्करण बताएका छन्।
बुधबार नेप्से परिसूचक ४.४५ अंकले घटेर २ हजार ७११.४५ को बिन्दुमा कायम भएको हो।
पाँच खेलमा छ अंकका साथ नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा छ भने पाँच खेलमा अंकविहीन नेपाल तालिकाको अन्तिममा छ।
अवैध आप्रवासीलाई देशनिकाला गर्न सैन्य विमान प्रयोग गरिएको देशमा भारत पनि परेको छ। यसअघि ग्वाटेमाला, पेरु र होन्डुरसका अवैध आप्रवासीलाई यसैगरी देशनिकाला गरिएको थियो।
किसानको विद्युत् महसुल तिर्ने जिम्मा लिएको नगरपालिकाले महसुल तिरेको छैन। गहुँ सिँचाइ गर्ने मुख्य समयमा कृषि मिटरको लाइन काटिएपछि किसान समस्यामा परेका छन्।