आइतबार नेप्से परिसूचक ६९.८० अंक अर्थात् २.६२ प्रतिशतले बढेर २७२७.५८ को बिन्दुमा कायम भएको छ।
विद्यालय उमेरसमूहका बालबालिका अभिभावकको साथमा भारत जाँदा उनीहरूको शिक्षा पाउने अधिकारसमेत वञ्चित भएको भन्दै शिक्षाक्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
हमास र इजरायलका मध्यस्थकर्ता र प्रतिनिधिमण्डलबीच भएको ४२ दिने पहिलो चरण अर्को महिना समाप्त हुनेछ।
सामाजिक सम्बन्ध बढाउने सञ्जालका रूपमा स्थापित सोसल नेटवर्क करिब दुई दशकको अवधिमा कसरी मानिसका भावना र विचार नियन्त्रण गर्दै डरलाग्दो मानसिक समस्या नै निम्त्याउँने अवस्थामा पुगे?
जारी सिरिजमा घरेलु टोली नेपाल जितविहीन छ। पाहुना टोली थाइल्यान्ड दुई र नेदरल्यान्ड्स एक खेलमा विजयी भएका छन्।
बेँसीसहर नगरपालिका–३ स्थित लमजुङ दरबारको तीन वर्षअघि पुरातत्त्व विभागले पुनर्निर्माण थालेको थियो। दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य रहे पनि बजेट अभावले काम हुन नसकेको विभागले जनाएको छ।
साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा विदेश जाने सोच आएन। स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन भए। अनि गाउँमै उद्यमी बने।
टिपतालासम्मको मोटरसाइकाल यात्रा सफल भएसँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए।
अंश लिएको विधवाले विवाह गरे त्यस्तो सम्पत्ति अघिल्लो पति तर्फका छोराछोरीले तत्कालैदेखि लिन पाउने व्यवस्थाले विधवाले विवाह नगरोस् भन्ने विधायीकी मनसाय स्पष्ट पारेको छ।
जलवायु परिवर्तनका असरले मौसममा देखिएको परिवर्तन र मानवीय गतिविधिको अतिक्रमणले सिमसार क्षेत्र सीमित हुँदै गएको देखिन्छ। तिनको क्षेत्रफल र गुणस्तर दिनानुदिन घट्दै गइरहेको छ।
दिउँसो कोशीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।
इजिप्ट, जोर्डन, यूएई, साउदी र कतारका विदेशमन्त्रीको बैठकले प्यालेस्टिनी नागरिकलाई गाजापट्टिबाट स्थानान्तरण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव अस्वीकार गरेको छ।
भारतको बिहारस्थित मुजफ्फरपुरमा महाकुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना हुँदा पाँच नेपाली तीर्थयात्रीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलका संयोजक डा. शम्भु आचार्यले छरिएर रहेका सामान प्रकृतिका स्वास्थ्य बीमासम्बन्धी कार्यक्रमले खर्च र सरकारी बजेट बढाउने देखिएकाले एकीकृत गर्नुपर्ने सुझाव दिइएको बताए।
धुलिखेल, बनेपा र पनौतीले असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त आयोजना मर्मतका लागि संघीय सरकारसँग २८ करोड ६५ लाख ३१ हजार ६४८ रुपैयाँ सहयोग माग गर्ने निर्णय गरेका छन्।
नेपाल प्रहरीको ‘डीएसपी हुँ’ भन्दै ठगी गर्ने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
शनिबार दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयाघातका कारण उनको मृत्यु भएको युवा संघका केन्द्रीय सदस्य मदन गिरिले बताए।
दक्षिण एशिया ऐतिहासिक विरासत, धार्मिक विविधता र सांस्कृतिक पहिचानमा जति धनी छ, त्यसमै पिल्सिएका महिलाको जीवन कहालीलाग्दो पनि छ। तारागाउँमा त्यसमै विद्रोहका स्वर फुकिरहेका महिला के गर्दै छन्?
गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ।
दुम्कीवास जंगलमा बस र ईभी हाइस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ।