AnonymousUser

Logout

‘अध्यादेशबारे हिजो विधि र कन्टेन्ट दुवैमा असहमति थियो, आज अवस्था फरक छ’

‘सामाजिक सञ्जालसम्बन्धी विधेयक सैद्धान्तिक सहमति दिने गरी मन्त्रिपरिषद्‍मा आएको हो। त्यसपछि बनेको ड्राफ्ट बेलैमा हेरिनुपर्ने थियो, त्यो हेरिएको रहेनछ भन्ने बोध भएको छ।’

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध पूरक मुद्दा

चितवन जिल्ला अदालतमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १५ जनाविरुद्ध सहारा सहकारी ठगीसम्बन्धी पूरक मुद्दा दायर भएको छ।

नेपालमा पहिलो पटक मौरी घारमा देखियो ‘ट्रोपिलाप्सिस माइट’

‘कृषि रूपान्तरण’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी कोरिया र ताइवानका वैज्ञानिकको टोलीले पूर्वी चितवनमा रहेको व्यावसायिक मौरी घारमा निरीक्षणका क्रममा माइट फेला पारेका हुन्। 

कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

कर्णालीका दुई हजार ९३१ सामुदायिक विद्यालयमा १७ हजार ३८४ जना शिक्षकको दरबन्दी रहेकामा ११ हजार ८६५ मात्र कार्यरत छन्। 

विश्व क्यान्सर दिवस मनाइँदै: प्रारम्भिक चरणमा पहिचान भए निर्मूल हुने

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुन्छ। नेपालमा क्यान्सरको उपचार विश्वको तुलनामा सस्तो रहेको उनको भनाइ छ।

वेस्टह्यामाथि पुनरागमन जितसहित चेल्सी चौथो स्थानमा

चेल्सीको २४ खेलबाट ४३ अंक भएको छ। उसले म्यानचेस्टर सिटीलाई उछिनेको छ। सिटी समान खेलबाट ४१ अंकसहित पाँचौँ स्थानमा छ।

‘जात’ जसले बनाए, तिनैले देखाउँछन्

दलित परिवारमा जन्मेकै कारण आफूले पढ्न नपाएकोमा बाआमा थकथकी मानिरहनुहुन्छ। मेरा बाआमालाई पढ्नबाट वञ्चित गरेर उनीहरूले जात जनाएका होइनन् र? 

पाथीभरा केबलकार विवाद: वार्ता सकारात्मक

सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षको वार्ता टोलीबीच सोमबार साँझ ललितपुरमा भएको वार्ता सकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन।

तिमाङको जंगलमा ५ दिनदेखि डढेलो, निभाउन कठिन

चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमा शुक्रबारदेखि लागेको आगो नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

१० देखि १४ वर्षका  १७ लाख किशोरीलाई निःशुल्क एचपीभी खोप दिइँदै

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मंगलबारदेखि मुलुकभर एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो।

वन पैदावारको उत्पादन र किनबेच सहज बनाउने निर्णय

वन वातावरणसम्बन्धी विषयगत समितिले वन पैदावारको उत्पादन तथा बिक्रीवितरणलाई सरल र सहज बनाउने निर्णय गरेको छ।

पाथीभरा केबलकार विवाद : आन्दोलनरत पक्षसँग सरकारले थाल्यो वार्ता

पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले सोमबार काठमाडौँ उपत्यकामा आन्दोलनरत पक्षसँग छलफल गरेको छ।

विपिनको रिहाइका लागि पहल गरिदिन इजरायलसँग राष्ट्रियसभा अध्यक्षको आग्रह

राष्ट्रियसभा अध्यक्षले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका छन्।

इन्द्र चौधरीलाई बालसाहित्य लेखन पुरस्कार

बालसाहित्यकार इन्द्र चौधरी ‘नेबासास बालपुस्तक लेखन पुरस्कार’बाट पुरस्कृत भएका छन्।

मुक्कुमलुङ अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन

मुक्कुमलुङ अतिक्रमणविरुद्ध काठमाडौँको माइतीघरमा विरोध प्रदर्शनका साथै सडक नाटक मञ्चन गरिएको छ।

काठमाडौँ महानगरमा कर्मचारी टिक्नै नदिने ‘सल्लाहकार टिम’  

प्रमुख प्रशासकीय अधिकृत टिक्नै नसक्ने काठमाडौँ महानगरमा निरन्तर चलिरहेको अवस्था पछाडि जायज–नाजायज कामका लागि दबाब दिने मेयरको सचिवालय र सल्लाहकार टिमको प्रमुख भूमिका देखिन्छ।

गण्डकीमा किसानले यस वर्ष बेचे ४ अर्बभन्दा बढीको सुन्तला

यस वर्ष ११ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको कृषि विकास निर्देशनले जनाएको छ। दुई वर्षअघि ५० हजार ८५० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यो वर्ष बढेर ६६ हजार ५७८ मेट्रिक टन उत्पादन भएको छ।

थाइल्यान्डसँग नेदरल्यान्ड्स १७ रनले पराजित

त्रिकोणात्मक महिला टी२० शृंखलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ।

शेयर बजारमा ११ अर्ब ८७ करोडको कारोबार

सोमबार नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० को विन्दुमा कायम भएको छ।

उत्तरी सिरियामा कार बम विस्फोट, १५ जनाको मृत्यु

सिरियाको उत्तरी शहर मानबिजनजिकै सोमबार भएको कार बम विस्फोटमा १४ महिला र एक पुरुष गरी १५ जनाको मृत्यु भएको छ।