AnonymousUser

Logout

प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पोरेसन’का प्रमुखको भेट

कर्पोरेसनका प्रतिनिधिले यसअधि भौतिक पूर्वाधार मन्त्रालय र लगानी बोर्डसँग भेटेर रेलवे निर्माण र सहकार्यका लागि संयुक्त कार्य समूह बनाइ अध्ययन गर्ने विषयमा समझदारी गरेको थियो।

भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी विधेयकलाई समयानुकूल बनाउनुपर्ने भएकाले संसद्मा प्रस्तुत गरिएको बताएका छन्।

उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन

सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका नेता मुहिका आफ्नो साधारण जीवनशैलीका कारण विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’को उपनामले परिचित थिए।

कोही किन जान्छ फिटनेस क्लब र योग सेन्टर?

व्यस्त जीवनशैलीका कारण व्यायाम तथा खानपानको समय मिलाउन नसकेर शारीरिकसँगै मानसिक समस्याले गाँजेपछि पछिल्लो समय शहरी क्षेत्रका बासिन्दामा जिम, योग, जुम्बा र ध्यानको मोह बढ्दै गएको छ।

घुम्टोमा घण्टाघरः मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगन्जवासीको माग

वीरगन्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षण घण्टाघर घुम्टोमा छ। मर्मतसम्भारको नाममा यसलाई छोपिएको छ। पर्यटक यस्तो दृश्यबाट खिन्न भएका छन्।

पर्यटकीय विकासको पर्खाइमा ऐतिहासिक लोमान्थाङ

पर्यटनका लागि प्रचुर सम्भावना हुँदा पनि सरकारको विभिन्न नीतिका कारण लोमान्थाङमा अपेक्षाकृत विदेशी पर्यटक आउन नसकेको जनप्रतिनिधिको गुनासो छ। 

मखनटोलमा लागेको आगो नियन्त्रणमा

आगो निभाउन काठमाडौँ र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो। 

काठमाडौँको मखनटोलमा आगलागी, १ जनाको मृत्यु

काठमाडौँ महानगरपालिका–२४ मखनटोलस्थित दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुलेको छैन।

त्रिशूली नदीमा नुहाउने क्रममा २ बालिका बेपत्ता

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा नुहाउने क्रममा ११ वर्षीया बालिका जेनी डंगोल र सदीक्षा राई बेपत्ता भएका छन्।

सिरियामाथिको प्रतिबन्ध हटाउने अमेरिकाको घोषणा 

भ्रमणका क्रममा साउदी अरबमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाउने बताएका हुन्। 

यसकारण 'जन्मिए' बुद्ध

कृषिका लागि पशुधनको सुरक्षाको आवश्यकता थियो, त्यसैले नै यसमा बन्धन लगाइएको देखिन्छ। यसै परिप्रेक्ष्यमा नै बुद्धको विचारमा अहिंसाले महत्त्वपूर्ण स्थान प्राप्त गरेको कुरालाई बुझ्न सकिन्छ। 

देशभर बढ्यो गर्मी

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

भारतको पन्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु

पन्जाबको अमृतसरमा अवैध रक्सी सेवनका कारण २१ जनाको मृत्यु भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।

मिश्र, प्रसाईंसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, दुर्गा प्रसाईंसहित २५ जनाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ।

मिर्चैयामा टिपरको ठक्करबाट १ जनाको मृत्यु

मिर्चैया नगरपालिका–७ स्थित फूलबरिया खण्डमा मंगलबार टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

नेपाल हङकङसँग ७ विकेटले पराजित

आईसीसी महिला टी२० विश्वकप एशिया क्वालिफायर क्रिकेटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनको अभियोगमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ।

नगरपालिकाको बलमिच्याइँः सानोठिमीका पुरातात्त्विक फल्चा र हिटीमा मनपरी काम

सडक विस्तार आयोजनाले भत्काएको फल्चा र हिटी पुनर्निर्माणमा मध्यपुर थिमि नगरपालिकाले मनलाग्दी गरेपछि सर्वोच्च अदालतले मौलिक स्वरूपमै बनाउन आदेश दियो। तर नगरपालिकाले अदालतको आदेशसमेत मानेको छैन।

निर्वाचनमा सहमागी हुन नपाउने भयो हसिनाको दल अवामी लिग

बांग्लादेश निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले गृह मन्त्रालयको सिफारिसका आधारमा अवामी लिगको दर्ता निलम्बन गरेको बताए।

‘सगरमाथा संवाद’मा १७५ विदेशी पाहुना सहभागी हुने

सगरमाथा संवादमा भारत, चीन र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।