पद रिक्त हुनु महिना दिनअगावै गभर्नर नियुक्त गर्नुपर्ने भनेर कानूनले नै किटानी गरिदिएको अवस्थामा पनि रिक्त भएकै एक महिना नाघेर हप्ता दिन बित्दासमेत छनोट र नियुक्तिको ‘सस्पेन्स थ्रिलर’ सकिने छाँट छैन।
काठमाडौँस्थित सुन्धारामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० मा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रतिकूल मौसमका कारण अबको तीन/चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ। मौसमले साथ दिए मे १८ देखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ।
अमेरिका र चीनले वार्तापछि संयुक्त वक्तव्य जारी गर्दै तीन अंकको करलाई दुई अंकमा झार्ने र वार्तालाई निरन्तरता दिने सहमति गरेको जनाएका छन्।
कन्स्ट्रक्सनका सञ्चालकले वस्तु तथा सेवा हस्तान्तरण नगरी बिलबिजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैंकमार्फत नगरेको तथा बिजक सिलसिलेवार जारी नगरेको विभागको आरोप छ।
विदेशमा रहेका न्युजिल्यान्डवासीहरूका लागि यो लामो समयदेखि मजाकको विषय बन्दै आएको छ।
‘थोरै संख्याका धनाढ्य पुरुषहरूले समाचार मात्र नभई, विश्वव्यापी राजनीतिको दिशालाई पनि आकार दिएका छन्। काम गर्न झन्झन् गाह्रो हुँदैछ।’
आज सुन तोलामा ३ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हमासले अक्टोबर ७ मा पक्राउ गर्दा २१ वर्षीय अलेक्जेन्डर गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा कार्यरत थिए।
सन् २०३० सम्ममा एचआईभी/एड्सको केन्द्रीकृत महामारी अन्त्य गर्ने लक्ष्य राखेको नेपाललाई त्यसमा भरथेग गरिरहेको अमेरिकी सहायता नै रोकिएपछि ठूलो धक्का पुगेको छ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामका बारेमा छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग इस्तानबुलमा 'व्यक्तिगत रूपमा' वार्ता गर्न तयार रहेको बताएका छन्।
सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका २४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन्।
यस दिन गुम्बा, विहार, मठ, स्तूपा र चैत्यमा बुद्धको विशेष पूजा–अर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रम गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गरिन्छ।
मन्त्रालयमा जागिर खान लोकसेवा पास गर्न किताबका ठेली पढेर प्रश्नका उत्तर दिन खप्पिस कर्मचारीले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य बारे वैज्ञानिक तथ्यांक कति बुझ्लान् त्यो गौण कुरा हो।
संविधान/कानूनमा निर्वाचित सरकारको कार्यकारी अधिकार र कर्मचारी/संस्थाको स्वायत्तताको स्पष्ट सीमारेखा निर्धारण गर्नुपर्छ।
भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा आइतबार राति सम्पन्न खेलमा श्रीलंकालाई ५-० ले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो।
माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।
राष्ट्र बैंकको गभर्नर सिफारिस समिति सदस्यबाट विश्व पौडेलले राजीनामा दिएका छन्।