सगरमाथा संवादमा भारत, चीन र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
मंगलबार नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ को बिन्दुमा कायम भएको छ।
बसाइँसराइको चलनचल्तीको ट्रेन्डले सबैभन्दा नराम्रोसँग लोमन्थाङजस्ता हिमाली बस्तीलाई प्रभावित गरेको छ। त्यसमा पनि आन्तरिकभन्दा बाह्य बसाइँसराइको प्रचलनमा बढी जोडिएको छ लोमन्थाङ।
अख्तियारले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित ६ जनाविरुद्ध पाँच करोड ३५ लाख भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
यज्ञ र पशु बलीसम्बन्धी विभिन्न विधानका कारण वैदिक धार्मिक विचारधारा फलामको हलोको प्रयोगद्वारा सम्पन्न हुने कृषि अनुकूल भएन।
सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पुर्याएको थियो।
निर्देशक/पटकथा लेखकको अन्तिम दृश्य भने इन्द्रबहादुर राईले कोरेकोभन्दा फरक र सापेक्षित लाग्यो। आफ्नो जार र स्वास्नीले फरक संसार बसाउन हिँडेको दृश्य देखाइदिने सोचको निम्ति निर्देशक फुर्बालाई सलाम छ।
आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा मंगलबारदेखि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ।
बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेलले १२ वटा टनेलमा च्याउखेती गर्दै आएका छन्। ती टनेलबाट सिजनमा ६०० किलोसम्म च्याउ उत्पादन हुने गरेको छ।
भारतको निजी विमान सेवा प्रदायक एयर इन्डिया र इन्डिगोले मंगलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट हुने उडान रद्द गरेको जानकारी दिएका छन्।
कञ्चनजंघा हिमाल आरोहणमा गएका दुई जना फ्रान्सेली नागरिकमध्ये ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
अविरल वर्षापछिको बाढीमा बेपत्ता एक महिलाको खोजी पनि जारी छ। सोमबार साँझ पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा स्थानीय ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन्।
सरकार र कर्मचारीबीचको टकराबले संवैधानिक अस्पष्टता, राजनीतिक हस्तक्षेप र संस्थागत स्वायत्तताको अभावलाई प्रस्ट्याएको छ। रुक्मांगद कटवाल, लोकमानसिंह कार्की र कुलमान घिसिङका प्रकरण प्रकट उदाहरण हुन्।
जैमिनी नगरपालिका र स्थानीयको अगुवाइमा ताल संरक्षण, पूर्वाधार तथा सिद्धबराहको मन्दिर निर्माणलगायत पूर्वाधार थपिँदै गएका छन्।
कोशी, गण्डकी र कर्णालीको पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभाग हिमपातसमेत हुने सम्भावना छ।
जलविद्युत् आयोजना तेस्रोको एउटा टर्वाइनमा देखिएको ‘एलाइनमेन्ट’ समस्या मर्मतसम्भार गरी सोमबार साँझदेखि विद्युत् उत्पादन शुरू गरिएको छ।
सानीभेरी गाउँपालिका–१० मा भएको जिप दुर्घटनामा घाइते भएका थप एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ।
धनुषाको मिथिला विहारी नगरपालिका–८ मा बिहे भोजमा खाजा खाँदा जन्तीसहित १०० भन्दा बढी बिरामी परेका छन्।
पद रिक्त हुनु महिना दिनअगावै गभर्नर नियुक्त गर्नुपर्ने भनेर कानूनले नै किटानी गरिदिएको अवस्थामा पनि रिक्त भएकै एक महिना नाघेर हप्ता दिन बित्दासमेत छनोट र नियुक्तिको ‘सस्पेन्स थ्रिलर’ सकिने छाँट छैन।
काठमाडौँस्थित सुन्धारामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।