AnonymousUser

Logout

सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

सुदूरपश्चिम र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा दैनिक ४ घण्टा विद्युत् कटौती

प्राधिकरणले साँझ ५ देखि ९ बजेसम्मको ‘पिकआवर’मा वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा विद्युत् कटौती गर्दा क्षमताअनुसार उत्पादन गर्न नसकेको उद्योगी व्यवसायीले बताएका छन्।

नेपाललाई २ खर्बभन्दा बढीको वैदेशिक सहायता प्रतिबद्धता 

पुस पहिलो सातासम्ममा दुई खर्ब दुई अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।

सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय छलफल

छलफलका क्रममा नेताहरूले आगामी जनवरीमा फिलिपिन्समा हुने एपीजीको ‘फेस टु फेस’ बैठकमा राजनीतिक प्रतिबद्धता र सुधारका पहलसहित प्रस्तुति राखेर नेपाललाई ‘ग्रे लिस्ट’मा पर्न नदिन पहल गर्न सुझाव दिएका छन्।

८ महिनामा ६ खर्बको वस्तु आयत हुँदा ६३ अर्बको निर्यात

मंसिर मसान्तसम्ममा कुल सात खर्ब ३५ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा नेपालले पाँच खर्ब ८७ अर्ब रुपैयाँ घाटा बेहोरेको छ।

बालमन्दिरको सम्पत्तिमा आँखा: अख्तियारले शुरू गर्‍यो अनुसन्धान

नेपाल बाल संगठनको स्वामित्वमा रहेको बालमन्दिर माध्यमिक विद्यालयलाई जबरजस्ती अर्को विद्यालयमा गाभ्ने नगरपालिकाको निर्णयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेको छ।

साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जंगम पक्राउ

प्रहरीले साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जंगमलाई पक्राउ गरेको छ।

धनगढीबाट आधा किलो सुनसहित २ भारतीय नागरिक पक्राउ

प्रहरीले धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट आधा किलोभन्दा बढी अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

रवि लामिछानेसँग २ मुद्दामा ३१ करोड बिगो दाबी, अन्य प्रतिवादीसँग कति?

पूर्वगृहमन्त्री रवि लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा पनि आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। 

एसएसपी भट्टराईको ‘दृश्य प्रलेख’ कथासंग्रह विमोचन

प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईको कथासंग्रह ‘दृश्य प्रलेख’को लोकार्पण भएको छ।

अर्थ समितिबाट सुरक्षित कारोबार विधेयक संशोधनसहित पारित

अचल सम्पत्तिबाहेकको जडित सम्पत्ति, उत्खननका लागि अनुमतिप्राप्त खनिजपदार्थ, बौद्धिक सम्पत्ति तथा व्यक्तिको कुनै पनि प्रकारको मूर्त वा अमूर्त सम्पत्तिलाई विधेयकमा चल सम्पत्तिको परिभाषाभित्र राखिएको छ।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

आइतबार नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ को बिन्दुमा सीमित भएको छ भने चार अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

रवि लामिछानेसहित ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर

कास्की जिल्ला अदालतमा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध २७ करोड तथा छविलाल जोशीविरुद्ध ७४ करोड रुपैयाँ बिगो दाबीसहित सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको छ।

मनाङमा चिसोले पानी जम्यो तर परेन हिउँ

मनाङवासी हिमपात हुनुपर्ने समयमा हिउँ नै नपर्दा नियमित चक्र बिथोलिने र कृषि उत्पादन घट्ने चिन्तामा छन्।

रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस

जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगीका आरोपित अन्य व्यक्तिविरुद्ध पनि अभियोगपत्र पेस भएको जानकारी दिए।

पूर्व अर्थमन्त्री र अर्थविद् सांसदलाई चासो छैन आर्थिक विधेयकमा, जाँदैनन् समिति बैठक

अर्थ समितिमा पूर्व अर्थमन्त्रीहरूसहित अर्थशास्त्रका जानकार सांसदहरू छन्। तर विभिन्न विधेयक र महत्त्वपूर्ण विषयको छलफलमा विज्ञ मानिएका सांसद नै अनुपस्थित हुने गरेका छन्।

बाजुरामा शनिबारको भूकम्पबाट ८ घरमा क्षति, १२३ परिवार जोखिममा

नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले संकलन गरेको तथ्यांकअनुसार आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको पाइएको छ। 

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार? 

शुक्रबार तोलामा १ लाख ४८ हजार ५०० रुपैयाँ रहेको छापावाला सुन आइतबार १ लाख ४९ हजार ६०० रुपैयाँमा रहेको छ।

पाँच महिनामा १३ अर्ब ४ करोडको विद्युत् निर्यात

साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको थियो। मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ।

मुग्लिन–काठमाडौँ सडक आइतबारदेखि दैनिक तीन घण्टा बन्द 

सडक विस्तारका क्रममा केही स्थानमा कटान गर्नुपर्ने भएकाले पुस १३ गतेसम्म दैनिक बिहान ११ देखि दिउँसो २ बजेसम्म बन्द गरिने नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ।